बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु

नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु

समाचार, समाज
नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको आज मृत्यु भएको छ। घोडाघोडी नगरपालिका– ५ सरैयाकी आठ वर्षीया अर्चना विष्ट र नौ वर्षीया अस्मिता ढुंग्यालको कान्द्रा नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुवै बालिका मृतावस्थामा भेटिएको जानकारी दिए। रासस ...
पछिल्लो २४ घण्टामा देशभर २ हजार ८५६ संक्रमित,मृत्यु हुनेको कूल संख्या ८५७

पछिल्लो २४ घण्टामा देशभर २ हजार ८५६ संक्रमित,मृत्यु हुनेको कूल संख्या ८५७

समाचार, स्वास्थ्य
पछिल्लो २४ घण्टामा देशभर २ हजार ८५६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १ हजार ७८९ जना पुरुष र १हजार ६७ जना महिला रहेका छन्। पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको परीक्षण गरिएको थियो । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । सक्रिय संक्रमित ४५ हजार ५७२ जना रहेका छन् । ३ हजार ३३६ जना निको भएका छन् भने ५ जनाले ज्यान गुमाएका छन् ।  मृत्यु हुनेको कूल संख्या ८५७ पुगेको छ । प्रदेश नं १ मा ५३९, प्रदेश नं २ मा ५९, वाग्मतीमा एक हजार ८४९, गण्डकीमा १७८, लुम्बिनीमा १४६, कर्णालीमा नौ र सुदूपश्चिम प्रदेशमा ७६ जनामा सङ्क्रमण पुष्टि भएको छ । पैँतालीस हजार ५७२ सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २७७ को सघन उपचार कक्ष र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।  हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्...
अहिले मुलुकको अर्थतन्त्र समस्याग्रस्त छ:डा.डिआर उपाध्याय

अहिले मुलुकको अर्थतन्त्र समस्याग्रस्त छ:डा.डिआर उपाध्याय

आर्थिक, समाचार
अहिले मुलुकको अर्थतन्त्र समस्याग्रस्त छ । कारण कोरोना महामारी नै हो । देशको आर्थिक विकास हुन सकेको छैन । देशको बिकास र समृद्धि सरकारको मुख्य लक्ष्य हो । तर यति बेला कोरोना भाइरसका कारण सवै क्षेत्र अस्त ब्यस्त छन । सवै तिर रोजगारीका अवसर गुमेका छन् । सर्वसाधरण नागरिको बिहान बेलुका हात मुख जोर्ने समस्या छ । कोरोना महामारीका कारण रोजगारी र पेसा व्यवसाय गुमाएका सर्वसाधारण नागरिकले दैनिक जीवन निर्वाह गर्न सकिरहेका छैनन् अवस्था यस्तो जटिल बन्दै गएको छ । सरकार विपत्को समयमा सर्वसाधारण जनताको दुःखमा सामेल हुने प्रयास समेत गरेन । दुःख लाग्दो कुरा यो हो । जनताको समस्यामा साथ दिन नसक्ने सरकारबाट अरु के सुधार हुन्छ भनेर हामीले बिश्वास गर्ने ? कोरोना महामारी अझै कति समय चल्ने हो यसै भन्न सकिने अवस्था छैन । सर्वसाधरण जनता संग बचत पैसा छैन, तत्काल रोजगारीको अवसरसमेत छैन, तिनीहरुले जीवन कसरी गुजारा गर...
नेकपाका नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण

नेकपाका नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण

राजनीति, समाचार
 नेकपाका नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ। शर्माले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत् आफूलाई कोरोना भाइरस संक्रमण भएको जानकारी दिएका हुन्। ‘कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जानकारी गराउँद छु,’ फेसबुकमा उनले लेखेका छन्, ‘केहि दिनयता मसँग सम्पर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु।’ ...
सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन हि को ७८ वर्षको उमेरमा निधन

सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन हि को ७८ वर्षको उमेरमा निधन

अन्तराष्ट्रिय, समाचार
सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन हिको ७८ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि बिरामी रहँदै आएका उनको आइतबार घरपरिवारका सदस्यहरुमाझ निधन भएको समाचार एजेन्सी एपीले जनाएको छ । बिरामी भएपछि उनी एक वर्ष अगाडिदेखि अस्पतालमा भर्ना भएका थिए । उनको अनुपस्थितिमा उनका छोराले कम्पनी सम्हाल्दै आएका थिए । सामसुङले शोक विज्ञप्ति जारी गर्दै दिवंगत अध्यक्ष ली कुन हिलाई सम्झिरहने जनाएको छ । एक स्थानीय व्यवसायबाट लीले सामसुङलाई विश्वको अग्रणी कम्पनीमा पुर्याएको बताइन्छ । ...
विश्वभरमा गत २४ घण्टामा साढे ४ लाख बढि कोरोनाका संक्रमित थपिए

विश्वभरमा गत २४ घण्टामा साढे ४ लाख बढि कोरोनाका संक्रमित थपिए

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
विश्वभरमा गत २४ घण्टामा साढे ४ लाख बढि कोरोनाका संक्रमित थपिएका छन्। वल्र्डोमिटरको तथ्यांक अनुसार गत २४ घण्टामा ४ लाख ५१ हजर ६ सय बढि कोरोनाका संक्रमितहरु थपिएका हुन्। यो सँगै विश्वमा हालसम्म कोरोनाका संक्रमितको संख्या ४ करोड २९ लाख १७ हजार बढि रहेको छ। तथ्यांक अनुसार २४ घण्टामा मात्र कोरोनाका कारण ५ हजार ५ सय बढिले ज्यान गुमाएका छन्। गत वर्षको डिसेम्बरमा चीनबाट देखिएको कोरोना भाइरसले हालसम्म ११ लाख ५४ हजार ३ सय बढिको ज्यान लिइसकेको छ। विश्वमै सबैभन्दा बढि अमेरिकामा २ लाख ३० हजार बढिको कोरोनाका काराण ज्यान गएको छ। गत २४ घण्टामा सबैभन्दा बढि अमेरिकामा ७८ हजार ६ सय ७१ कोरोनाका संक्रमितहरु थपिएका छन्। योसँगै अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या ८८ लाख २७ हजार १ सय बढि रहेको छ। गत २४ घण्टामा कोरोनाकै कारण अमेरिकामा करिव ८ सयले ज्यान गुमाउनु परेको छ। अमेरिकापछि विश्वका कोरोना प्...
स्पेनिस ला लिगा फुटबलमा  रियल मड्रिडले बार्सिलोनालाई ३-१ गोल अन्तरले पराजित

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले बार्सिलोनालाई ३-१ गोल अन्तरले पराजित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
स्पेनिस ला लिगा फुटबलको बहुचर्चित एल क्लासिको भिडन्तमा रियल मड्रिडले जित निकालेको छ । क्याम्प नाउमा शनिबार भएको सिजनको पहिलो एल क्लासिकोमा रियलले बार्सिलोनालाई ३-१ गोल अन्तरले पराजित गरेको हो । रियललाई जित दिलाउन फेड्रिको भालभर्डे, सर्जियो रामोस र लुका मोड्रिचले एक एक गोल गरे । बार्सिलोनाका अन्सु फातीले एक गोल फर्काए । खेलको पाँचौ मिनेटमा फेड्रिकोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर, नवौं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा ल्याए । यस गोलसँगै फाती एल क्लासिकोमा गोल गर्ने सर्वाधिक कम उमेरका खेलाडी बनेका छन् । फातीले १७ वर्षको उमेरमा गोल गरेका हुन् । खेलको ६३ औं मिनेटमा कप्तान रामोसले पेनाल्टी गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए । बार्सिलोनाका लेग्लेटले पेनाल्टी क्षेत्रमा रामोसलाई फउल गरेपछि रियलले पेनाल्टीको अवसर पाएको थियो । जसमा ...
नवरात्रको नवौँ दिन सिद्धिदात्री भवानीको पूजा,आराधना

नवरात्रको नवौँ दिन सिद्धिदात्री भवानीको पूजा,आराधना

समाचार, समाज
आज नवरात्रको नवौँ दिन । आजकै दिन सिद्धिदात्री स्वरुप नवदुर्गा भवानीको पूजा तथा आराधना गरेर मनाईन्छ । देवी दुर्गाको नवौँ रुवरुपमा सिद्धिदात्रीको नामले चिनिनुहुन्छ । यस दिन शास्त्रीय बिधि बिधान वा पूर्ण निष्ठापूर्वक साधना गर्ने साधकको सबै प्रकारका सिद्धि प्राप्त हुने र पुरै संसार विजय गर्र्ने सामर्थ्य प्राप्त हुने कुरा शास्त्रमा उल्लेख गरिएकोछ । सिद्धिदात्रीले दाहिने भुजामा देवी जप माला र गदा तथा बायाँ भुजामा कमल पुष्प र शंख धारण गर्नुभएको छ । देवी सिद्धिदात्रीको वाहन सिंह हो । सिद्धिदात्री कमलको फूलमा बिराजमान हुनुहुन्छ । नवौँ दिनमा यस देवीको पूजा तथा आराधाना गर्नाले सिद्धि प्राप्त हुन्छ । उनी अन्तिम देवी हुन् र उहाँको ध्यान गर्नाले सबै प्रकारको व्रह्माण्डिक र अन्य विश्वव्यापी इच्छाहरू पूरा हुन्छन् । भगवान शिवले सिद्धिदात्री देवीको अनुग्रहबाट धेरै उपलब्धिहरू पनि प्राप्त गर्नुभएकोछ । ...
आज कार्तिक ९ गते आइतवारको राशिफल

आज कार्तिक ९ गते आइतवारको राशिफल

राशिफल, समाचार
मेष – भाग्यवर्द्धक काम बन्नेछ । सुख सम्पति मान महत्त्वमा बढोत्तरी होला । आमोदप्रमोदमा रमिरहनु हुनेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । मिठो भोजन प्राप्त होला । उन्नति पदोन्नति हुनेछ । परिवारिक जनसित मिलेर पिकनिक पार्टी आदि जाने दिन छ । यात्रामा सफलता प्राप्त होला । आरोग्यता बढ्ला । यश ख्याति फैलिनेछ । मांगलिक कार्यमा पनि सफलता मिल्नेछ । बृष – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । आरोग्यता बढ्नेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्ला । शारीरिक र आर्थिक कार्यमा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । सुख आनन्द प्राप्त हुनेछ । मिथुन – यात्रामा सफलता मिल्नेछ । आयस्रोत बढ्नेछ । लगानी बढ्ला । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । हांसविलासमा रुचि बढ्ला । कार्यव्यापारमा प्रगति होला । प्रेमपात्रसित मिलन हुनेछ । बौद्धिक र रचनात्मक काम...
कोरोना सङ्क्रमणका कारण नवरात्रका अवसरमा पनि मन्दिर नखुलेपछि अधिकांश शक्तिपीठमा बाहिरबाटै भक्तजनले दर्शन गरिरहेका छन्

कोरोना सङ्क्रमणका कारण नवरात्रका अवसरमा पनि मन्दिर नखुलेपछि अधिकांश शक्तिपीठमा बाहिरबाटै भक्तजनले दर्शन गरिरहेका छन्

समाचार, समाज
नवरात्रका अवसरमा राजधानीका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेकामा यो वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण धेरै मन्दिर बन्द छन् । प्रसिद्ध शक्तिपीठका रुपमा रहेको पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिर चैतदेखि नै बन्द छ । नवरात्रका अवसरमा पनि मन्दिर नखुलेपछि यस वर्ष केही भक्तजनले बाहिरबाटै दर्शन गरेको काठमाडौँ महानगरपालिका–८ का वडाध्यक्ष दीनेशकुमार डङ्गोलले जानकारी दिए । यसैगरी पशुपति क्षेत्रकै जयवागेश्वरीलगायत शक्तिपीठमा पनि बाहिरबाटै भक्तजनले दर्शन गरिरहेका छन् । भौतिक दूरी कायम गरेर शनिबार बिहानसम्म मैतीदेवी मन्दिर प्रबन्ध समितिले निर्णय गरी खुला गरिएको थियो । शनिबार बिहान सात बजेपछि भने प्रहरीले माथिको आदेश छ भन्दै मन्दिर बन्द गरेको महानगरपालिका–३० का वडाध्यक्ष समेत रहेका मन्दिर प्रबन्ध समितिका अध्यक्ष दलबहादुर कार्कीले बताए । मन्दिरमा साङ्लो लगाएर एक/एक जना मात्र दर्शन गर्ने...