बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

कार्तिक १७ गते सोमवारको राशिफल

कार्तिक १७ गते सोमवारको राशिफल

राशिफल, समाचार
 वि.सं. २०७७ साल कार्तिक १७ गते । सोमवार । इ.स.२०२० नोभेम्बर ०२ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । नेपाल संवत् ११४० । कार्तिक कृष्णपक्ष । तिथी–द्वितीया,२३ बजेर ३२ मिनेट उप्रान्त तृतीया । नक्षत्र–कृतिका,२३ बजेर २१ मिनेट उप्रान्त रोहिणी । योग–अहोरात्र । करण–तैतिल,१० बजेर ३७ मिनेट उप्रान्त गर,२३ बजेर ३२ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–वृष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १५ मिनेटमा, सूर्यास्त १७ बजेर १७ मिनेटमा । दिनमान २७ घडी ३३ पला । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने वौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथीभाईबाट सनिने सुखद समाचारले उत्साहित होईनेछ । व्यापार व्यवसायबाट मनग्गे धन आर्जन हुनुको साथै नयाँ काम आरम्भ गर्न सकिनेछ । प्रेमिल जोडीहरुका लागि समय उत्तम रहेको छ । बोलिको प्रभाव...
शुक्रराज ट्रपिकलले तोक्यो कोरोनाको उपचार खर्च

शुक्रराज ट्रपिकलले तोक्यो कोरोनाको उपचार खर्च

समाचार
कात्तिक १६ काठमाडौं । सरकारले कोभिड-१९ को लक्षित वर्गबाहेक अरूको उपचार खर्च लाग्ने भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले उपचार खर्च तोकेको छ । पहिले निःशुल्क गर्दै आएको अस्पतालले कोभिड-१९ का सङ्क्रमितलाई उपचार गर्नका लागि उपचार खर्च तोकेको हो । अस्पतालका निर्देशक डा सागरराज भण्डारीले सरकारले नै उपचार खर्च नदिएपछि संस्था चलाउनका लागि सङ्क्रमितको लागि उपचार खर्च तोकिएको बताउनुभयो । “पहिले सरकारले नै उपचार खर्च दिने गरेको थियो र हामीले पनि निःशुल्क उपचार गराउँदै आएका थियौँ”, उहाँले भन्नुभयो, “हाल लक्षित समूहबाट अरू सवैबाट उपचार खर्च नदिने भएपछि हामीले पनि संस्था चलाउनका लागि उपचार खर्च लिने निर्णय गरेका हौँ ।” सरकारले विपन्न, अशक्त, असहाय, असहाय एकल महिला, अति अपाङ्गता, ज्येष्ठ नागरिक, अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत...
भारतीय सेनाध्यक्षको भ्रमण परम्पराको निरन्तता हो : नेपाली सेना

भारतीय सेनाध्यक्षको भ्रमण परम्पराको निरन्तता हो : नेपाली सेना

समाचार
कात्तिक १६ काठमाडौं । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे आगामी बुधबारदेखि नेपाल भ्रमणमा आउँदै छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी नेपालको तीन दिवसीय भ्रमणमा आउन लागेका हुन् । भारतीय स्थलसेनाध्यक्ष नरावणेको भ्रमण परम्पराको निरन्तरता भएको नेपाली सेनाले स्पष्ट पारेको छ । भारतीय सेनाध्यक्षको भ्रमणका सन्दर्भमा नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेल भने, “भ्रमण मुख्यरुपमा परम्पराको निरन्तरता नै हो । यसको दुई देशका सेनाबीचको सम्बन्धलाई थप सुदृढीकरण गर्ने मुख्य उद्देश्य रहेको छ ।” नेपाल भ्रमणको पहिलो दिन कुनै औपचारिक कार्यक्रम नभए पनि दोस्रो दिन उनले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण गर्नुहुनेछ । त्यसलगतै सैनिक मुख्यालय जङ्गी अड्डामा उनले सैनिक गारत निरीक्षण गर्ने कार्यक्रम तय भएको छ । सोही दिन प्रधानसेनापति थापाले आफ्ना समकक...
धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न सरकारी अस्पताललाई निर्देशन

धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न सरकारी अस्पताललाई निर्देशन

समाचार
कात्तिक १६ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न सरकारी अस्पताललाई निर्देशन दिएको छ।आइतबारको नियमित प्रेस  ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले धरौटी नलिई संक्रमितको उपचार गर्न सबै सरकारी अस्पताललाई निर्देशन दिएको जानकारी दिएका हुन् । कोरोना संक्रमितसँग धरौटी रकम माग गर्ने सबै सरकारी अस्पतालसँग स्पष्टीकरण मागिएको समेत उनले जनाए । ‘सरकारी अस्पतालहरु सबैलाई धरौटी नलिइ कोभिड १९ का बिरामीको उपचार गर्न निर्देशन दिइएकोमा धरौटी सम्बन्धी सूचना निकाल्ने सबैलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्पष्टीकरण सोधिएको जानकारी गराउन चाहन्छु,’ प्रवक्ता डा गौतमले भने, ‘सक्नेलाई शुल्क लिने र नसक्नेलाई निशुल्क उपचार गर्ने हाम्रो पूर्ववत निर्णय यथावत रहेको कुरा पनि जानकारी गराउन चाहन्छु ।’ सरकारले कोरोना संक्रमितको उपचार संक्रमित आफैले खर...
गोकर्ण निकुञ्जको पर्खाल भत्कियो, जनावरबाट अन्नबाली नष्ट

गोकर्ण निकुञ्जको पर्खाल भत्कियो, जनावरबाट अन्नबाली नष्ट

समाचार
कात्तिक १६ काठमाडौं । नेपाल ट्रष्टको कार्यालयअन्तर्गत रहेको गोकर्ण राज निकुञ्जको उत्तरपूर्वी भेगस्थित उत्तरवाहिनी क्षेत्रको पर्खाल भत्कँदा जङ्गली जनावरले अन्नबाली नाश गर्न थालेको छ । पर्खाल भत्किएको वर्षौं बितिसक्दा पनि पुनःनिर्माण नगरिँदा गोकर्णेश्वर नगरपालिका–४ र कागेश्वरी मनोहरा नगरपालिका–५ को वाग्मती फाँटमा लगाइएको अन्नबाली निकुञ्जबाट निस्कने जङ्गली जनावरले खाने गरेको हो । कागेश्वरी मनोहरा नगरपालिका–५ कोलमतेश्वरका भगवान् सिम्खडा निकुञ्जबाट रातिको समयमा निस्कने जनावरले अन्नबाली नष्ट गर्ने गरेको गुनासो गर्छन् । निकुञ्जको करीब चार हजार रोपनी जग्गा घेरिएको आठ किमी पर्खालमध्ये उत्तरवाहिनी क्षेत्रको धेरै भाग भत्किएको छ । गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ पर्खाल भत्किएर किसानले खेतबारीमा लगाएको अन्नबाली नष्ट भएको विषयमा कार्यालयमा पटकपटक जानकारी गराइएको बताउँछन् । दश...
पछिल्लो २४ घन्टामा थप २ हजार ८ सय २४ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घन्टामा थप २ हजार ८ सय २४ जनामा कोरोना पुष्टि

समाचार
कात्तिक १६ काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ८ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणका क्रममा तप २ हजार ८ सय २४ जनामा संक्रमण देखिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ । ...
उपत्यकामा थपिए १६२२ कोरोना संक्रमित

उपत्यकामा थपिए १६२२ कोरोना संक्रमित

समाचार
कात्तिक १६ काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३६२, भक्तपुरमा ९६ र ललितपुरमा१६४  गरी जम्मा १६२२  जना संक्रमित थपिएका छन् ।
नेपाली सेनाले भारतीय सेनाका प्रमुखलाई दिइने मानार्थ महारथीको परम्परा सच्याउनुपर्छ’

नेपाली सेनाले भारतीय सेनाका प्रमुखलाई दिइने मानार्थ महारथीको परम्परा सच्याउनुपर्छ’

समाचार
कात्तिक १६ काठमाडौं । नेपाली सेनाले भारतीय सेनाका प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी लगाईदिने परम्परामा सच्याउनुपर्ने सैन्य मामलाका एक अध्येताल बताएका छन् । भारतीय स्थल सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाली सेनाको मनार्थ महारथी दज्र्यानी लिनका लागि यहि कात्तिक १९ गते नेपाल आउँदै छन् ।  नेपाल र भारतले दुबै देशका सेनापतिलाई एक अर्काले मानार्थ महारथीको दज्र्यानी दिने प्रचलन रहदै आएको छ । विभिन्न सञ्चार माध्यम र छापाहरुमा सन १९५० देखि दुबै मुलुकले एक अर्का देशका सैन्य प्रमुखलाई मानार्थ महारथीको पद्बी दिदै आएको उल्लेख गरिएको पाइन्छ । तर सैन्य मामला इतिहासका अध्येता मोहन थापाले भने विक्रम सम्बत २०२० जेठ २५ गते राजा महेन्द्रवीर विक्रम शाहले भारतीय स्थल सेनाका सेनाध्यक्ष एस मानेकसा (मानेक साह) लाई नेपाली सेनाको मानार्थ महारथी पद्बी प्रदान गरेपछि एक देशले अर्को देशका सेनाप्रमुखलाई मानार...
कोरोनाबाट सबैभन्दा धेरै प्रभावित १० देश

कोरोनाबाट सबैभन्दा धेरै प्रभावित १० देश

अन्तराष्ट्रिय, समाचार
कात्तिक १६ काठमाडौं ।विश्भवर कोरोनाभाइरस संक्रमितको संख्या ४ करोड ६० लाख नाघेको छ । हालसम्म कोरोना संक्रमितका हिसावले अमेरिका पहिलो नम्बरमा रहेको छ ।अमेरिकामा हालसम्म संक्रमितको संख्या ९३ लाख २३ हजारको हाराहारीमा रहेको छ । यसैगरी अमेरिकामा पछि भारतमा सबैभन्दा धेरै संक्रमित रहेका छन् । भारतमा हालसम्म संक्रमितको संख्या ८१ लाख ४३ हजारको हाराहारीमा हुँदा तेस्रो स्थानमा रहेको ब्राजिलमा ५५ लाख १९ हजारको हाराहारीमा संक्रमित रहेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । यसैगरी रसियामा १६ लाख १८ हजार, फ्रान्समा १३ लाख ३१ हजार, स्पेनमा १२ लाख ६४ हजार, अर्जेन्टीनामा ११ लाख ५७ हजार, कोलोम्बियामा १० लाख ६३ हजार, युकेमा ९ लाख ९ हजार, मेक्सिकोमा ९ लाख १ हजारको हाराहारीमा संक्रमित रहेको पनि समाचारमा जनाइएको छ । ...
तीन हजार तीन सय सरसफाइकर्मी कोरोना संक्रमणको उच्च जोखिममा

तीन हजार तीन सय सरसफाइकर्मी कोरोना संक्रमणको उच्च जोखिममा

समाचार
कात्तिक १६ काठमाडौं । राजधानीका विकुप्रसाद पुजारी फोहोर सङ्कलन गर्न दिनहुँजसो बागबजार, मैतीदेवी, डिल्लीबजार, बानेश्वर र सिनामङ्गल क्षेत्रका टोल टोल पुग्छन् । ‘फोहोरमा खुला मास्क, पञ्जा देखेपछि भाइरस पो छ कि भनेर हरेकपल्ट मन चसक्क हुन्छ तर काम हो, उठाउनै पर्‍यो, उठाइन्छ’, उनले भने । बन्दाबन्दीपछि उनी पीपीई, बुट र पञ्जा अनिवार्य लगाएर फोहोर उठाउँछन् । यतिबेला कोरोना भाइरस (कोभिड–१९) को महामारी व्यापक रूपमा देशभर फैलिएको छ । उनीजस्तै झण्डै तीन हजार तीन सय सरसफाइकर्मी यसैगरी जोखिम मोलेर काठमाडौँ उपत्यकामा सङ्क्रमित र आम मानिसले उब्जाएका फोहोर बटुलिरहेका छन् । भाइरसबाट बच्न सबै निकायमा कतिपयले आलोपालो र कतिपयले घरबाटै काम गर्ने चलन चलाएको छ । तर अत्यावश्यक सेवाभित्र पर्ने सरसफाइ र फोहोर उठाउनेको काम निरन्तर जारी छ । तीन महिनाको बन्दाबन्दी होस् वा अहिलेको उच्च महामारीमा समेत उच्च जोखिम...