संसद विघटन पछिको अन्योलता
डा.डिआर उपाध्याय
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि राजनीतिक अन्योलता बढेको छ । संसद विघटन सँगै मध्यावधि निर्वाचन घोषणा गरेका ओलीले चुनाबी वातावरण निर्माण गर्न सक्छन् वा सक्दैनन् भन्ने कुरा यतिखेर तेर्सिएको छ । प्रचण्ड–नेपाल समूह र काङ्ग्रेस लगायतका दलले संसद पुनस्थापनाको माग अघि सारेका छन् । उनीहरु अब सडक आन्दोलनमा जाने तयारीमा लागेका छन् । केपी ओलीले सडक आन्दोलनलाई प्रतिकार गर्ने मनस्थितिमा छन् । यसरी हेर्दा मुलुक दोहोरो भिडन्तमा जाने परिस्थिति निर्माण हुँदैछ । मुडभेडको राजनीतिले मुलुकको हित गर्ने छैन । मुलुकमा फेरि अशान्ति मच्चिने होकी भन्ने जनतामा चिन्ता बढेको छ । राजनीतिक दलहरुले मुलुकको भाग्य र भविष्य सोच्न सकेनन् । अरु देश कहाँ देखि कहाँ पुगिसके तर हाम्रो देशमा हान्तरिक कलह,झै झगडा,सत्ता स्वार्थ,नेताको अहंकार लगायत विविध कुराले गर्दा देश यथास्थानमा रहेको छ । देश बन...









