बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

त्रिविले पाँच सय उपप्राध्यापक माग्दै

त्रिविले पाँच सय उपप्राध्यापक माग्दै

समाचार
त्रिभुवन विश्वविद्यालयले चाँडै खुला प्रतिस्पर्धाबाट उपप्राध्यापक तहमा पदपूर्ति गर्ने भएको छ ।विश्वविद्यालयमा दक्ष र सक्षम जनशक्तिका लागि ढोका खोल्ने गरी एक महिनाभित्रै खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया सुरु गर्ने भएको हो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले भने, “पाँच सयभन्दा बढी उपप्राध्यापक पदका लागि प्रक्रिया अगाडि बढाइएको छ । एक महिनाभित्रै यसको सबै टुङ्गो लगाइनेछ । ” उनले उपप्राध्यापकको खुला प्रतियोगिताको सुरुवातसँगै सहप्राध्यापक तथा प्राध्यापकको बढुवाको बाटोसमेत खुल्ने जानकारी दिए । गोरखापत्रमा खबर छ । ...
ग्राण्डी अस्पतालले आठ वर्षमा आठ लाख बिरामीको गर्‍यो उपचार

ग्राण्डी अस्पतालले आठ वर्षमा आठ लाख बिरामीको गर्‍यो उपचार

समाचार
काठमाडौँको टोखा नगरपालिकामा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आठ वर्षमा सात लाख ८५ हजार बिरामीलाई सेवा प्रदान गरेको छ । निजी क्षेत्रको लगानीमा विसं २०६९ पुस १९ मा स्थापना भएको उक्त अस्पतालले विभिन्न २६ विधामा सात लाख ८५ हजार बिरामीको सेवा गरेको हो । स्थापनाकालदेखि हालसम्म ग्राण्डी अस्पतालले ३१ हजार ९०० बिरामीको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको अस्पतालका सहनिर्देशक डा विनोद बिजुक्छेले जानकारी दिनुभयो । सो अस्पतालले कोभिड सङ्क्रमणको समयमा ६० हजार बिरामीको उपचार गरेको छ भने एक हजार १८२ बिरामीको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको छ । अस्पतालको आठौँ वार्षिकोत्सवका अवसरमा आइतबार यहाँ आयोजित कार्यक्रममा अस्पताल सञ्चालक समितिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवरले सबैको साथ, सहयोग र समर्थनका कारण ग्राण्डी अस्पतालले नेपालको स्वास्थ्य सेवाको क्षेत्रमा ठूलो फड्को मारेको बताउनुभयो । “...
वरिपरि हिमाल देखिने नमोबुद्धमा बढ्दै आन्तरिक पर्यटकको भीड

वरिपरि हिमाल देखिने नमोबुद्धमा बढ्दै आन्तरिक पर्यटकको भीड

समाचार
वरिपरि हिमाल देखिने अग्लो भागमा रहेको आकर्षक धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक स्थल नमोबुद्धमा यतिबेला धार्मिक पर्यटकको भीड लाग्न थालेको छ । गत वर्ष चैतमा कोरोना भाइरसको सङ्क्रमण देखिन थालेपछि बन्द रहेको नमोबुद्धको मुख्य चैत्य क्षेत्र भने अझै नखुलेको कारण दैनिक सयौँ पर्यटक मुख्य सांस्कृतिक स्थलको अवलोकन नगरी फर्कन बाध्य भएका छन् । काठमाडौँको कालिमाटीबाट शनिबार नमोबुद्धको दर्शन गर्न पुग्नुभएका सुरेश मोक्तान मुख्य चैत्य क्षेत्र बन्द भएका कारण बाहिरैबाट वरिपरि परिक्रमा गरेर मात्र फर्कन बाध्य भएको बताउनुहुन्छ । “राजधानीमा स्वयम्भूनाथ, पशुपतिनाथ र बौद्धनाथजस्ता महत्वपूर्ण पर्यटकीयस्थल खुल्न थालेकाले नमोबुद्ध पनि खुल्यो होला भनी शनिबार दर्शन पनि गरौँ, एक दिन भए पनि शहरी क्षेत्रबाट बाहिरको प्राकृतिक सौन्दर्यमा रमाउन आएको थिएँ, नमोबुद्धको मुख्य चैत्य क्षेत्रमा घुम्ने धोको भने पूरा हुन सकेन”, उह...
नेपालको राजनीतिमा छिमेकीको चासो

नेपालको राजनीतिमा छिमेकीको चासो

राजनीति, समाचार
डा.डिआर उपाध्याय अहिले मुलुकको राजनीति त्यति सहज ढंगले अघि बढन सकेको अवस्था छैन । मुलुक पुरै अन्योलमा छ । अव के हुन्छ कुनै टुंगो छैन । जनता निराश छन । यो घटनाक्रमले छिमेकीको चासो बढेर गएको छ । प्रतिनिधिसभा विघटनको घटनालाई स्वदेशीले मात्रै नभएर दक्षिणी र उत्तरी छिमेकीले समेत बडो चासोको रुपमा हेरे्का छन । आन्तरिक विवादमा विदेशीको अस्वाभाविक चासोले मुलुक भने प्रयोगशालाजस्तै बनेको छ। यो नै समस्या हो ।नेपालका राजनीतिक दल र तिनका नेताहरु ठिक ढगले अघि बढन सकेनन् । नेताहरु ढाँटने , छल्ने प्रबृतिका धेरै भए । जसले गर्दा समस्या बढेर गएको छ । राजनीतिक दल र तिनका नेताहरु नसुध्रिएसम्म विदेशीको चलखेल अन्त्य गर्न कठिन छ । मुलुकको हरेक राजनीतिक परिवर्तनमा भारतको प्रत्यक्ष भूमिका रहेको थियो । नेपालको विकास तथा परिवर्तनसँग सम्बन्धित विषयमा निर्णय लिन नेपालका राजनीतिज्ञ आफैं सक्षम भइसक्दा पनि विदेशी...
स्पर्श म्यूजिक अवार्डमा बरिष्ठ सौन्दर्य व्यबसायी सुष्मा महरालाई ‘प्रख्यात ब्यूटी उद्यमीको अवार्ड’  प्रदान

स्पर्श म्यूजिक अवार्डमा बरिष्ठ सौन्दर्य व्यबसायी सुष्मा महरालाई ‘प्रख्यात ब्यूटी उद्यमीको अवार्ड’ प्रदान

मनोरन्जन, समाचार
काठमाडौं, १९ पौष , स्पर्श म्यूजिक अवार्डमा बरिष्ठ सौन्दर्य व्यबसायी सुष्मा महरालाई प्रख्यात ब्यूटी उद्यमीको अवार्ड प्रदान गरिएको छ । ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हलमा सम्पन्न एक विशेष समारोहमा महरा सहित नेपाली सांगीतिक क्षेत्रका सर्जक र सो क्षेत्रसँग सम्बन्धित बिषयगत विभिन्न विधाका व्यक्तित्वहरुलाई पुरस्कृत तथा सम्मान गरिएको छ । उक्त समारोहमा विभिन्न ५० विधामार्फत उत्कृष्ट सर्जकहरुलाई पुरस्कृत गरिएको हो । सोहि कार्यक्रममा दर्जनौं चलचित्रमा अभिनय गरिसकेकी अभिनेत्री मौसमी मल्ल लगायत व्यक्तित्वहरुलाई सम्मान प्रदान गरेको थियो । मल्ल एक स्थापीत कलाकार हुन् भने महरा नेपालकै उत्कृष्ट ब्यूटि पार्लर फेसियल हाउसकी सञ्चालक तथा प्रवन्ध निर्देशक हुन् । ...
हुम्लामा हिमपात हुँदा जनजीवन कष्टकर

हुम्लामा हिमपात हुँदा जनजीवन कष्टकर

समाचार
हुम्लामा आज अपराह्न साढे १ः०० बजेदेखि निरन्तर हिमपात भइरहेको छ ।शनिबार बिहानबाट जिल्लाको मौसममा फेरबदल आएसँगै सदरमुकाम सिमकोटसहित उत्तरी क्षेत्रमा हिमपात हुँदा चिसो अत्यधिक बढेको छ । जिल्लामा पहिलो पटक मङ्सिरमा हिमपात भएको थियो भने त्यसयता हिमपात नहुँदा चिसो ह्वात्तै बढेको छ । जिल्लामा हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ भने तापक्रम माइनसमा झरेको छ । हिमपातपछि तापक्रम माइनसममा झरेसँगै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो बढेको छ । उत्तरी नाम्खा गाउँपालिकामा आज बिहानदेखि हिमपात भइरहेको हिल्सा सीमा सुरक्षामा खटिएका हिल्सा विपओपीका इन्चार्ज सुरज केसीले जानकारी दिए । बिहानदेखि नारा तथा लेखसहित उच्च क्षेत्रमा हिमपात हुँदा चिसो अत्यधिक बढेर घरबाहिर निस्कनसमेत समस्या बनाएको केसीले जानकारी दिए । हिमपात हुँदा किसान खुशी भएका छन् । जौ, गहुँ र उवा छर्ने समयमा हिमपात...
विद्यालय खुल्ला गर्ने सीसीएमसीको निर्णय

विद्यालय खुल्ला गर्ने सीसीएमसीको निर्णय

शिक्षा, समाचार
कोभिडका १९ कारण बन्द भएका विद्यालयहरु खुल्ने भएका छन् ।आज (आइतवार) बसेको कोभिड रोकथाम सम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (सीसीएमसी निर्देशक समिति)को बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखाना लगायतलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्ने निर्णय गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले नेपाल सरकारको पूर्व निर्णय अनुसार रोक लगाइएको सबै क्षेत्रहरुमा वर्तमान स्थितिको विश्लेषण गरी रोक लगाउन सक्ने गरी अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय भएको बताए । यस्तै कोभिडको संक्रमण कम भएको, बजारमा भिडभाड बढेको र आवागमन बढेको अवस्थामा नयाँ कोरोना भाइरसको संक्रमणको प्रवेश भएमा बढ्न सक्ने जोखिम र दोस...
‘लोडसेडिङ हुने अवस्था छैन’

‘लोडसेडिङ हुने अवस्था छैन’

समाचार
नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले गत सोमबार र मंगलबार प्राविधिक समस्या सिर्जना हुँदा विद्युत् कटौती गर्नुपरेको स्पष्ट पारेका छन्। उक्त विषयलाई लिएर प्राधिकरणले विद्युत् कटौती गर्न थालेको भन्दै चौतर्फी रूपमा विरोध भएपछि शाक्यले शुक्रबार ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गरेर केही समय प्राविधिक समस्या देखिए पनि अहिले त्यसलाई सल्टाइसकेको दाबी गरे। ‘मंसिर १३ र १४ गते राष्ट्रिय विद्युत् प्रणालीमा केही समय आएको समस्याले वितरणमा अवरोध सिर्जना भयो,’ उनले भने, ‘गत सोमबार एकीकृत राष्ट्रिय प्रणालीमा साँझ ६ः२५ बजे १ हजार ४ सय ३१ मेगावाटको लोड थियो। सो समयमा खिम्ती–लामोसाँघु–भक्तपुर, मातातीर्थ–हेटौंडा–ढल्केवर प्रसारण लाइन एउटै लुपमा सञ्चालित थियो। सोही समयमा मर्स्याङदी जलविद्युत् केन्द्रको पिकिङ जलाशयमा पानीको सतह न्यूनतम भएपछि प्रणाली सुचारु राख्न त्यहाँको उत...
नेप्से परिसूचक कारोबारको पहिलो दिन अहिलेसम्मकै उच्च विन्दुमा

नेप्से परिसूचक कारोबारको पहिलो दिन अहिलेसम्मकै उच्च विन्दुमा

समाचार
धितोपत्र बजारको शेयर कारोबार मापक नेप्से परिसूचक कारोबारको पहिलो दिन अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । कारोबार शुरुदेखि नै बढेको नेप्सेले आफ्नो बेगलाई रोकेन । आज भएको कारोबारमा ८८ दशमलव १२ अंकले बढेको छ । ४ दशमलव २२ प्रतिशतले बढेको नेप्से २,१७५ दशमलव ४० विन्दुमा रोकिएको छ । नेप्से कारोबारको पहिलो २ घण्टामा ५३ दशमलव ७५ अंकले वृद्धि भएको थियो । आज भएको १४ करोड २६ लाख ८८६ कित्ताको कारोबारमा ६ अर्ब ३४ करोड ४० लाख १७ हजार ८८९ रुपैयाँ बराबरको कारोबार भएको छ । आज भएको कारोबारमा हिमालयन डिष्टिलरी, साल्ट ट्रेडिङ, नेपाल पुर्नबीमा कम्पनीले सर्वाधिक बढी रकम कमाएका छन् । हिमालयन डिष्ट्रिलरीले आज भएको कारोबारमा १० प्रतिशतले शेयर मूल्य बढको छ । त्यसैगरी साल्ट ट्रेडिङको शेयर मूल्य पनि ९ दशमलव ९९ प्रतिशतले बढेको छ । यस्तै नेपाल पुर्नबीमा कम्पनीको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशतले ...
अस्वभाविक भिडभाड बढ्न थालेपछि १० दिनभित्रै बन्द गर्नुै पर्ने अवस्थामा ‘अम्रेला स्ट्रिट’

अस्वभाविक भिडभाड बढ्न थालेपछि १० दिनभित्रै बन्द गर्नुै पर्ने अवस्थामा ‘अम्रेला स्ट्रिट’

समाचार, समाज
काठमाडौंको न्यूरोडमा रहेको ‘अम्रेला स्ट्रिट’ हटाइने भएको छ । कोरोना कहरका कारण व्यापार व्यवसाय ठप्प भएका कारण मानिसको चहलपहल बढाउने र खस्किएको व्यापार उकास्ने उदेश्यले रंगीचङ्गी छाताहरु राखेर संकटा मन्दिर जाने गल्ली सिँगारिएको थियो । तर मान्छेको अस्वभाविक भिडभाड बढ्न थालेपछि व्यवस्थापन गर्न अफ्ठेरो भएकोले छाताहरु सबै बन्द गर्न लागिएको संकटा क्लबका सचिव आशिषमान सिंहले जानकारी दिए । गएको मंसिर अन्तिममा चिया गफमा बनेको योजनाले १० दिनमै पूर्णता पाएको थियो । पुस ९ गतेदेखि पुरा भएको ‘अम्रेला स्ट्रिट’ अस्वभाविक भिडभाड बढ्न थालेपछि १० दिनभित्रै बन्द गर्नुै पर्ने अवस्थामा पुगेको छ । करिव १ सय ५० मिटरमा फैलिएको ‘अम्रेला स्ट्रिट’मा ४ सय ३० वटा छाता राखिएका थिए । ‘अम्रेला स्ट्रिट’मा दैनिक १५ हजार आसपासमा मानिसहरु आउने गरेका थिए । छाता राखेसँगै न्यूरोडको टेबहाल गल्लि एकाएक भाइरल बनेको थियो...