वैदेशिक रोजगारीमा जानु रहर नभई बाध्यता
डा.डिआर उपाध्याय
वैदेशिक रोजगारीमा जाने नेपालीहरुको कथा व्यथा आफ्नै किसिमको छ । विदेशमा पैसा कमाउन त्यति सजिलो छैन्् । कसैले प्रशस्त पैसा कमाउन सक्छन् कतिको हालत खराब देखिन्छ । अरुको देशमा गएर श्रम बेच्नु भनेको निकै कठिन कार्य हो । जे जति नेपालीहरु वैदेशिक रोजगारीमा गएका छन् ती सबै खुसी छैनन् । वैदेशिक रोजगारीमा जानु भनेको रहर नभई बाध्यता हो । धेरै नेपालीहरु बाध्यताले विदेशमा छन् ।
हाम्रो देश नेपालमा रोजगारीको अवसर भएको भए नेपालीहरु वैदेशिक रोजगारीमा जाने थिएनन् । देशमा राजनीतिक परिवर्तन पछि पटक पटक विभिन्न दलका सरकार बने तर कसैले पनि स्वदेशमा रोजगारीको वातावरण निर्माण गर्न सकेनन् । राजनीतिक दलहरुले जब देशमा चुनाव आउँछ त्यसबेला युवालाई आ आफ्नो पक्षमा पार्न चुनाव जितेपछि रोजगारी सृजना गछौँ भन्ने झुटा आश्वासन दिन्छन् । तर तिनै दलले् चुनाव सकिएपछि सबै कुरा बिर्सन्छन् । समस्या यहाँ निर ...









