विश्वभरमा सात करोड ९२ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भए
विश्वभरमा सात करोड ९२ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । बुधबार बिहानसम्ममा सात करोड ९२ लाख ७६ हजार पाँच सय ४५ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।
हालसम्म विश्वमा १० करोड ७३ लाख ७६ हजार चार सय ५६ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २३ लाख ४८ हजार ६ सय ८४ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड ५६ लाख तीन हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म दुई करोड ७७ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।
संक्रमितमध्ये एक करोड ७६ लाख २४ हजारभन्दा बढी निको भएका छन् भने चार लाख ७९ हजार तीन सय ८७ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
भारतमा हालसम्म एक करोड आठ लाख ५८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड पाँच लाख ५९ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट...









