मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

गणतन्त्र ल्याउन नेपाली जनताको ठूलो त्याग

गणतन्त्र ल्याउन नेपाली जनताको ठूलो त्याग

राजनीति, समाचार
डा.डिआर उपाध्याय, आज गणतन्त्र ल्याएको दिन । गणतन्त्र दिवस यो ऐतिहासिक आजको दिनमा सवै गणतन्त्रवादी शक्तिहरु खुसि हुने दिन हो । संविधानसभाको पहिलो बैठकबाट राजतन्त्र फालेर गणतान्त्रिक अभ्यासमा मुलुक प्रवेश गरेको १३ वर्ष पूरा गरेर १४ बर्षमा प्रवेश भएको छ । यो गणतन्त्र २०६२, ०६३ को जनआन्दोलन २ को बलमा आएको हो । गणतन्त्र ल्याउन नेपाली जनताको ठूलो त्याग , तपस्या र बलिदानी भएको छ । यो गणतन्त्र त्यसै आएको होइन , अहिले गणतन्त्र माथि खेलवाड गर्ने तत्वहरु पनि छन । प्रतिगामी तत्वहरु पनि यो गणतन्त्र असफल बनाउने खेलमा लामो समय देखि लागिरहेका छन । तर उनीहरुको प्रयास असफल हुदै आएको छ । नेपाली जनताले यो गणतन्त्र ल्याउन ज्यानको बाँजी थापेका थिए । जनआन्दोलनको जगमा आएको गणतन्त्र यति बेला कमजोर भएको होकी जस्तो देखिएको छ । अहिले संसद बिघटन भएको अवस्थामा छ । त्यसैले मुलुकमा जे पनि हुन सक्छ भन्ने पनि छ । सं...
प्रेम गुरुङको गुरुङ भाषाको गीत ‘शैलुर्बे ङोल्स्यो’ सार्वजनिक (भिडियोसहित)

प्रेम गुरुङको गुरुङ भाषाको गीत ‘शैलुर्बे ङोल्स्यो’ सार्वजनिक (भिडियोसहित)

मनोरन्जन, समाचार
गुरुङ भाषाको गीत ‘शैलुर्बे ङोल्स्यो’ अर्थात शैलुङ्को सोल्टिनी स्रोता/दर्शकमाझ आज सार्वजनिक भएको छ । बुद्ध जयन्तीको अवसर पारेर सार्वजनिक भएको गीत ग्लोबल नेपाल इन्टरटेन्टमेन्टको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । यस गीतमा शव्द अमेरिका निवासी कलाकार प्रेम गुरुङको रहेको छ भने मनोज गुरुङको स्वर सुन्न सकिन्छ । गीतको भिडियो गुरुङ गीतकै इतिहासमा पहिलो पटक अमेरिकाका बिभिन्न शहरहरुमा र नेपालको सुन्दर गाउँ शैलुङ्ग लम्जुङ्मा छायांकन गरिएको छ। यस गीतमा तेजेन्द्र गुरुङको सङ्गीत र एरेन्ज रहेको छ । भिडियोमा चक्र पुलामी मगर र मणि कुमार राईको कोरियोग्राफी रहेको छ । ग्लोबल नेपाल इन्टरटेन्टमेन्टले नै निर्माण गरेको भिडियोमा प्रेम गुरुङ र उर्मिला गुरुङले मनमोहक अभिनय गरेका छन् । https://youtu.be/-8jocezeda8 नेपालबाट अमेरिकामा गर्नुपर्ने दृश्यहरु अनलाइन भरचुल्ली निर्देशन गरेका निर्देशक भुपेन्द्र ...
नागरिकता जस्तो बिषयलाई हल्का रुपमा लिनु हुदैन

नागरिकता जस्तो बिषयलाई हल्का रुपमा लिनु हुदैन

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकतासम्बन्धी अध्यादेश जारी भएको छ। आज यो अध्यादेशलाई लिएर पक्ष र बिपक्षमा मत बाँझिएको छ । नेकपा एमाले माधव समूहका नेता भिम रावल, राष्टिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी , नेकपाका महासचिव नेत्र बिक्रम चन्द बिप्लव लगायतका नेताहरुले नागरिकतासम्बन्धी अध्यादेशको चर्को बिरोध गरेका छन । उनीहरुले मुलुक सिक्किमी करण हुने खतरा भएको औलाएका छन । आ आफनो प्रेस बिज्ञप्ती जारी गरेर उनीहरुले अध्यादेश फिर्ता ल्याउन सरकारलाई आग्रह समेत गरेका छन । संविधानको धारा ११४(१) बमोजिम उक्त अध्यादेश जारी भएपछि यसको स्वागत गर्नेहरु पनि छन र विरोध गर्नेहरुको जमात पनि बढेको छ । बाहिरबाट जति सुकै बिरोध आए पनि सरकारले अध्यादेश फिर्ता ल्याउने कुनै छाँटकाट गरेको छैन । जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोको सक्रियतामा यो अध्यादेश आएको हो । संसद नभएको...
नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले  दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने

नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने

अन्तराष्ट्रिय, समाचार
 नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाको पहलमा उक्त स्वास्थ्य सामग्री प्राप्त हुन लागेको हो । एनआरएनए दक्षिण कोरियाले एक विज्ञप्ति जारी गर्दै सो कुरा जानकारी दिएको हो । एनआरएनए कोरियाका तर्फबाट अध्यक्ष यज्ञराज सुवेदी र महासचिव डा. विमल सुवेदीले विभिन्न मितिमा दक्षिण कोरियाका सांसद एवं नेपाल दक्षिण कोरिया संसदीय समितिका सभापति इ साङ्ग ह्युन र दक्षिण कोरिया सत्तारूढ दलको प्रवासी सरोकार तथा योजना निर्माण प्रमुख एवं सांसद खो यङ् यिनलाई भेट गरी नेपालमा देखिएको कोरोना भाइरसको दोस्रो चरणको महामारीका विषयमा जानकारी गराउनुका साथै नियन्त्रणका लागि दक्षिण कोरिया सरकारका तर्फबाट आवश्यक सहयोगको अपेक्षासहित अनुरोध समेत गरेका थिए । उक्त अ...
आज २५६५ औँ बुद्ध जयन्ती

आज २५६५ औँ बुद्ध जयन्ती

समाचार, समाज
आज २५६५ औँ बुद्ध जयन्ती । भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ जस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतमबुद्धको जयन्ती शान्तिको कामना गर्दै प्रत्येक वर्ष मनाइन्छ । विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरणस्वरुप मनाइन्छ । यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । सिद्धार्थ गौतमको जन्म इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६५ वर्षअघि लुम्बिनीमा वैशाख शुक्ल पूर्णिमाकाे दिनमा भएको थियो । नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । गत वर्ष झैँ यस वर्ष पनि कोभिड–१९ को सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा सीम...
मण्डनदेउपुर १० दिन सिल, बनेपा र पनौतीमा निषेधाज्ञा थपियो

मण्डनदेउपुर १० दिन सिल, बनेपा र पनौतीमा निषेधाज्ञा थपियो

समाचार
पछिल्ला दिन कोरोना भाइरस सङ्क्रमणदर बढ्दै गएपछि उच्च जोखिममा रहेको जनाउँदै मण्डनदेपुर नगरपालिकाले नगर क्षेत्रमा आजदेखि १० दिन सिल गरेको छ । बनेपा र पनौती नगरले पनि आजदेखि नगरक्षेत्र थप पाँच दिन सिल गरेको जनाएका छन् । दोस्रो लहरको कोभिड–१९ नगरमा तीव्ररूपमा फैलिएकाले यस जोखिमपूर्ण अवस्थामा सङ्क्रमण नियन्त्रण, न्यूनीकरण तथा सङ्क्रमण शृङ्खला तोड्न नगरले अत्यावश्यकबाहेकका सेवा १० दिनका लागि सिल गरेको जनाएको हो । “औषधि र इन्धनबाहेकका सम्पूर्ण सेवा १० दिनलाई बन्द गरेका हौँ”, नगरप्रमुख टोकबहादुर तामाङले भने । नगरमा हाल ११८ पुरुषसहित १६९ सङ्क्रिय सङ्क्रमित रहेका छन् । जिल्लामा सबैभन्दा बढी सक्रिय सङ्क्रमित रहेकाले बनेपाले यही जेठ ४ गतेबाट गरेको सिलको समयावधि आजदेखि दोस्रोपटक पाँच दिन थपेको हो । नगरपालिकाले मर्निङवाकसमेत गर्न दिएको छैन । बनेपा जिल्लाको प्रमुख शहर हो । जेठ ८ गतेबाट सिल गरेको प...
आज चन्द्रग्रहण,नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने

आज चन्द्रग्रहण,नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने

समाचार, समाज
वैशाख शुक्ल पूर्णिमा (आज) लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले सघन छायाँ (पृथ्वीको छायाँको कालो भाग) देख्न नसकिने समितिका सदस्य सचिव एवं सूर्य पञ्चाङ्गका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । ‘नदेखिने ग्रहणका विषयमा पात्रो (पञ्चाङ्ग) मा सूचना दिइँदैन, अल्पग्रास भएर लाग्ने ग्रहण पनि बार्नु पर्दैन अर्थात् सूतक लाग्दैन भन्ने शास्त्रीय वचन छ’, उनले भने । यो छायाँजनित ग्रहण भएकोले समितिले प्रकाशन अनुमति दिएका पात्रोमा उल्लेख नभएको हुन सक्ने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । ‘पौराणिक ज्योतिष शास्त्रमा यस किसिमको ग्रहणको अस्तित्व स्वीकार गरिएको देखिँदैन’, सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले भने । सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल ...
आज जेठ १२ गते बुधबारको राशिफल

आज जेठ १२ गते बुधबारको राशिफल

राशिफल, समाचार
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) खान पानमा बिशेष साबधानी अपनाउनु होला । आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । गरीरहेको कार्य परीर्वतनको सम्भाबना रहेकोछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । अरुको बिश्वासमा गरीएका कार्यहरुबाट सामान्य तनाबको सामना गर्नुपर्नेछ । नयाँ लगानीका क्षेत्रमा बिशेष साबधानि रहनु पर्नेछ । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । निर्णय गर्ने क्षामतामा बृद्यि हुनेछ । मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ । सामान्य यात्रा रहन सक्छ । प्रेमी प्रेमिकाको बिच सामान्य मनमुटाब रहन सक्छ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । अरुको सहयोग निम्ति धेरै समय ...
नेपाली काँग्रेस गाऊ एकाई समिति माकादुम लगायतको पहलमा खांडादेवीमा स्वास्थ्य सामाग्री वितरण

नेपाली काँग्रेस गाऊ एकाई समिति माकादुम लगायतको पहलमा खांडादेवीमा स्वास्थ्य सामाग्री वितरण

समाचार, समाज
कोरोना भाइरस संक्रमणबाट मुलुक आक्रान्त भएको र लाखौं संक्रमित तथा हजारौंले ज्यान गुमाउनु परेको अवस्थामा नेपाली काँग्रेस गाऊ एकाई समिति माकादुम, नेपाल तरुण दल माकादुम, रामेछाप काठमाडौं सम्पर्क समितिको पहलमा मास्क , सेनिटाईजर, नर्मलबेड दुईसेट,सिटामोल, मल्टीभिटामिन, अक्सोमिटर, थर्मोगन्, थरमोमिटर, पिपी इँसेट, फेससिल्ड, निम्स,पञ्जा, लगायतकाे स्वास्थ्य सामग्री खाँडादेवी गाउँपालिका वडा नं ६ स्थीत स्वास्थ्य चौकी माकादुम , ई प्र का खाँडादेवी र साबिक ९ वटा वडामा स्वास्थ्य सामग्री वितरण गरिएको छ । यस्तो सहयोग र अभियानले नेपाल प्रहरी र अन्य सुरक्षाकर्मीहरुमा आत्मबल बढ्ने तथा सुरक्षित पनि हुने हुँदा अभियान थालनी गरेको नेपाल तरुण दल रामेछाप प्रदेश ‘ख’ को सदस्य तथा अभियानका सदस्य कुशल खत्रीले बताए ।  रामेछाप काठमाडौं सम्पर्क समिति को पहलमा सहयोगि हातहरू :- राजनारायण श्रेष्ठ बाट मास...
देब्रे हातले दिएको दाहिने हातलाई थाहा नहोस भन्ने सोच भएकाले मात्र सहयोग गर्न आग्रह गर्दछु: डा.रेणु शर्मा

देब्रे हातले दिएको दाहिने हातलाई थाहा नहोस भन्ने सोच भएकाले मात्र सहयोग गर्न आग्रह गर्दछु: डा.रेणु शर्मा

अन्र्तवार्ता, समाचार
देशमा कोरोनाको नयां भेरियन्टको महामारीले देश थलिएको अवस्था छ । दैनिक मृत्यदर र संक्रमितको संख्या बढिरहेको छ । महामारीमा नागरिकको जीउ ज्यान जोगाउन र संक्रमितको उपचारका लागि अहोरात्र खटिने स्वास्थ्यकर्मीहरु कुनै कसर बांकी नराखी उपचारमा तल्लिन छन । मान्छेको असली रुप भनेको संकटको बेला परिक्षण गरिन्छ भने झै स्वास्थ्य संकटमा स्वास्थ्यकर्मीको असली रुप छर्लङ्ग भएको छ । महामारीको बेलामा फ्रन्टलाईनमा खटिने चिकित्सकले गरेको योगदानको जति नै प्रशंसा गरे पनि कम हुन्छ । अझ त्यसमा पनि आफुले पाउने सम्पूर्ण पारिश्रमीक समेत कोरोना बिरामीहरुलाई सहयोगको घोषणा गरिएको भन्दा हामीलाई पत्याउनै गाह्रो हुन सक्छ, तर यो सत्य हो । नेपालगंज मेडिकल कलेजमा कार्यरत डा. रेणु शर्माले यस किसिमका सहयोग गर्ने घोषणा गरेकी हुन । सुर्खेत वडा नं. ६ निवासी पिता प्रेम शर्मा र माता मिना शर्माकी सुपुत्री डा.रेणु शर्मा संग यसै...