सोम, मंसिर ८, २०८३
Mon, November 23, 2026
Shadow

समाचार

सिन्धुलीगढीमा युद्ध संग्राहलयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने

सिन्धुलीगढीमा युद्ध संग्राहलयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने

समाचार, समाज
सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध संग्राहलयको निर्माण कार्य सकिएको छ। युद्ध संग्राहलयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ। नेपाली सेनाले करिब सात करोड लगानीमा युद्ध संग्राहलय बनाएको हो। संग्राहलयमा युद्धकालीन अवस्थाका पात्रहरु, सिन्धुलीगढी युद्धको टाइम लाइन, सेनाको नजरमा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्रहरु राखिएको छ। यस्तै, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अंग्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, ब्रिटिस योद्धा, नेपाली योद्धाका कलाचित्र, मिथिला कला, बेलायतीहरुको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज तथा इतिहासका पुस्तकालय राखिएको छ। नेपाल एकीकरणका क्रममा विसं १८२४ असोजमा सिन्धुलीगढीको युद्धमा काठमाडौँ कब्जा गर्न इष्टइन्डिया कम्पनीका कप्तान किन...
आजको बैठकमा मन्त्रालयको भागबन्डा टुंगो लाग्ने

आजको बैठकमा मन्त्रालयको भागबन्डा टुंगो लाग्ने

राजनीति, समाचार
भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक आज बस्दैछ। आजको बैठकमा मन्त्रालयको भागबन्डा टुंगो लाग्ने सम्भावना छ। सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले तयार पारेको प्रारम्भिक खाकाबारे आजको बैठकमा छलफल हुने नेताहरूले बताएका छन्। सांसद् संख्याका आधारमा कार्यदलले कांग्रेसलाई प्रधानमन्त्रीसहित नौ, माओवादीलाई सात, जनता समाजवादी पार्टी र नेकपा (एमाले)को माधवकुमार नेपाल समूहलाई तीन/तीन मन्त्रालय दिने कार्यदलले प्रस्ताव तयार पारेको छ। तर, यसमा जसपाले असन्तुष्टि जनाएको छ। जसपाले कम्तिमा पाँच वटा मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ। संविधान अनुसार २५ सदस्यीय भन्दा ठूलो मन्त्रिपरिषद् बनाउन मिल्दैन। जसमा प्रधानमन्त्रीसहित २२ मन्त्री र तीन राज्यमन्त्री रहन सक्छन्। कार्यदलका सदस्यहरुका अनुसार कांग्रेस र माओवादी सात/सात तथा जसपा र नेपाल समूहला...
आज साउन १३ गते बुधबारको  राशिफल

आज साउन १३ गते बुधबारको राशिफल

राशिफल, समाचार
मेष – दिन शुभ र भाग्योदयकारी सिद्ध होला । आरोग्यता र प्रशन्नता बढ्नेछ । सुख शान्तिमा वृद्धि हुनेछ । वार्तामा सफलता प्राप्त होला ।विलासमा पनि आकर्षण बढ्ला । मान पुरस्कार मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । यश वर्चश्व बढ्ला । विजयश्री प्राप्त होला । मिठो भोजन मिल्नेछ । प्रेममा रूचि बढ्ला । भ्रमणको सम्भावना रहेको छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख सन्तति धन यश इष्टमित्र बढ्ला । ख्याति फैलिनेछ । सुख शान्ति ऐश्वर्य बढ्ला । बृष – दौडधुप बढ्नेछ । शारीरिक र आर्थिक कार्यमा प्रगति होला । विवाद आदिदेखि सचेत भइ अरुको भर नपरेर स्वविवेकले काम गर्नु हितकर रहला । खर्चमा नियन्त्रण आउनेछ । व्यापारमा सफलता मिल्नेछ । सुख र भाग्यवर्द्धक काम बन्नेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा आँट उत्साह बढ्नेछ । साथीभाइको सहयोग मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । मिथुन – भागदौड व्यस्त...
मिस्टर एण्ड मिस एसईई नेपाल-२०२१ को उपाधी प्रिस्टिना र आश्रयलाई

मिस्टर एण्ड मिस एसईई नेपाल-२०२१ को उपाधी प्रिस्टिना र आश्रयलाई

मनोरन्जन, समाचार
काठमाडौ, ‘मिस्टर एण्ड मिस एसईई नेपाल–२०२१’को उपाधि प्रिस्टिना तामाङ र आश्रय कार्कीले जितेका छन् । मिस्टर एण्ड मिस एसईईको ताजसंगै तामाङले मिस ट्यालेन्ट, पिपुल्स चोइस अवार्ड र कार्यक्रमको भोटिङ पार्टनर रहेको ग्लोबल अनलाइन पे मार्फत थाईल्यान्ड भ्रमणको टिकेट जितेकी हुन् । त्यसैगरी कार्कीले ताजसंगै मिस्टर भर्सटाएल र मिस्टर ट्यालेन्टको उपाधी हात पारे । २०२१ सालको एलएससी परीक्षा दिने विधार्थीहरु बीच कृयटिभ नेरो नेपालले सो प्रतियोगिता आयोजना गरेको थियो । राजधानीस्थित सम्पदा गार्डेन रिसोर्टमा सम्पन्न सो प्रतियोगितामा ‘फस्ट रनरअप’को उपाधि सुप्रीया भण्डारी र बिकेश श्रेष्ठले प्राप्त गरे । भण्डारीले मिस फोटोजेनिक र स्पोर्ट्स अवार्ड हात पारिन भने श्रेष्ठले मिस्टर पपुलरको अवार्ड हात पारे । सोस्तिका सोरेन र सम्मान वाग्लेले ‘सेकेन्ड रनर अप’, अंकिता नेपालले मिस एक्टिव र मिस पपुलरको अवार्डसंगै ग्लोवल अनल...
‘आंखा आंखा जुधी’ सार्वजनिक (भिडियो)

‘आंखा आंखा जुधी’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
आंखा आंखा जुधी गीतको भिडियो सार्वजनिक भएको छ ।गीत भ्वाइस अफ नेपाल सिजन–३ का प्रतियोगी गायक किरण गजमेर र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ भने शब्द ध्रुवप्रसाद अम्गाई, संगीत लेखु सहयात्रीको रहेको छ ।मोडल सन्तोष बानिया तथा श्रेया सिटौलको अभिनय रहेको भिडियो एम 3 मिडिया नेपालको युट्यूब च्यानलबाट सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=NUAe1OG4OEU बुद्ध थापाको छायाँकन र विकास दाहालको सम्पादन रहेको भिडियो चर्चित भिडियो निर्देशक सोनाम पाख्रिनले निर्देशन गरेका हुन् । ...
‘मिस एण्ड मिसेस् हेरिटेज इन्डिया २०२१’ का लागि कोरियोग्राफर रोजिन शाक्यबाट अनलाइन ग्रुमिङ

‘मिस एण्ड मिसेस् हेरिटेज इन्डिया २०२१’ का लागि कोरियोग्राफर रोजिन शाक्यबाट अनलाइन ग्रुमिङ

मनोरन्जन, समाचार
नेपालको फेसन र मोडलिङ क्षेत्रले विभिन्न स्वरुप र तरिकाले अन्तर्राष्ट्रिय मंचमा आफ्नो उपस्थिति र पहिचान बढाउने क्रम बढ्दो छ । यसै सन्दर्भ नेपालका फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले भारतमा संचालन हुँदै गरेको एउटा सौन्दर्य प्रतियोगिताका लागि अनलाइन माध्यमबाट ग्रुमिङ कक्षा सम्पन्न गरेका छन् । म्रुनाल इन्टरटेन्मेन्ट एण्ड ग्रुमिङको आयोजनामा भारतमा राष्ट्रिय स्तरमा आयोजना हुँदै गरेको ‘मिस एण्ड मिसेस् हेरिटेज इन्डिया २०२१’ का प्रतिस्पर्धीहरुलाई नेपाली फेसन कोरियोग्राफर रोजिन शाक्यले हालै मात्र गुगलमीटको माध्यमबाट अनलाइन मार्फत् गु्रमिङ सेसन सम्पन्न गरेका हुन् । विशेषतः गरी स्टेज प्रस्तुतिकरण, प्रतियोगितामा सहभागिले गर्नुपर्ने तयारी, उसको उद्देश्य र प्रतियोगिताको उपयोगिता तथा अवसरलाई कसरी सदुपयोग गर्ने भन्ने कुरा उक्त ग्रुमिङ सेसन केन्दि«त रहेको थियो ।उक्त ग्रुमिङ सेसनपछि प्राप्त प्रति...
विद्युत् महसुल समायोजन गर्ने:ऊर्जा मन्त्री

विद्युत् महसुल समायोजन गर्ने:ऊर्जा मन्त्री

समाचार, समाज
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरीबीको रेखामुनि रहेका जनतालाई विशेष सहुलियत दिने गरी नीति ल्याउने तयारी गरेको बताएकी छन् । मन्त्रालयमा सोमवार आयोजित पत्रकार भेटघाटमा उनले आधारभूत तहका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने बताएकी हुन् । सामाजिक न्यायमा आधारित आर्थिक विकासमा आगाडि बढ्न ऊर्जाक्षेत्र आधारभूत पूर्वाधार रहेको उनको भनाइ छ । ‘ऊर्जा आर्थिक तथा औद्योगिक विकासका निम्ति कच्चा पदार्थ हो । त्यसको खपत स्वदेशमै हुनुपर्छ,’ उनले बताइन् । नेपालमा उत्पादन भएको विद्युत् नेपालमै प्रयोग गर्न सक्ने गरी विकासका योजनाहरू बनाउर्ने विषयलाई केन्द्रविन्दुमा राख्नुपर्नेमा उनको जोड थियो । मन्त्री भुसालले विद्युत्को दरमा पुनर्विचार गर्ने पनि बताइन् । ‘हाम्रोमा विद्युत्को दर महँगो छ । सामान्य अर्थशास्त्रअनुसार जति धेरै उत्पादन हुन्छ, लागत मूल्य कम हुन्छ । उपभोक्ताका रूपमा मेलै गरेक...
सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ साउन २० गतेदेखि

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ साउन २० गतेदेखि

आर्थिक, समाचार
सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले साउन २० गतेदेखि सर्वसाधारणमा आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले रू. ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ विक्री गर्ने भएको हो ।   कम्पनीले सर्वसाधारणमा विक्री गर्ने कुल ६० लाख कित्ता आईपीओमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गर्न लागेको हो ।  सार्वजनिक निष्कासनमा आउने ५४ लाख कित्ता शेयर खरिदको लागि मात्र सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो । यो आइपीआ साउन २४ गतेसम्म विक्रीमा रहनेछ । कम्पनीले आईपीओ विक्रीको छिटो अवधि साउन २४ र ढिलो अवधि भदौ २ गतेसम्मको मिति तय गरेको छ । आईपीओ खरिदका लागि छिटो अवधिभित्रै मागभन्दा बढी आवेदन पर्दै आएको अवस्थामा...
नेपाल राष्ट्र बैंकको नयाँ निर्देशनले बैंक तथा वित्तीय सस्थाहरुको बोनस शेयर बढ्ने

नेपाल राष्ट्र बैंकको नयाँ निर्देशनले बैंक तथा वित्तीय सस्थाहरुको बोनस शेयर बढ्ने

आर्थिक, समाचार
नेपाल राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशनले बैंक तथा वित्तीय सस्थाहरुको बोनस शेयर बढ्ने भएको छ । राष्ट्र बैंकले सोमबार जारी गरेको नयाँ निर्देशनमा २०७८ असार मसान्तभित्रमा असुल हुने पर्ने ब्याज उठान भदौ १५ गतेसम्म पुर्याएकाले बैंकको वितरण योग्य नाफामा वृद्धि हुने देखिएको हो ।  भदौ १५ गतेसम्म म्याद थप भएकाले बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण प्रकाशित गर्ने समय थप हुने र खराब कर्जा व्यवस्थापन सहज हुदा वितरण योग्य नाफा बढ्ने नलिब बैंकका डेपुटी जनरल म्यानेजर मनोज ज्ञावलीले बताएका छन् ।  राष्ट्र बैंकले ऋणमा पनि प्रोभिजनिङ बढाएको छ । राष्ट्र बैंकले असल ऋणमा प्रोभिजनिङ १.३ प्रतिशत पुर्याएको छ । यसअघि असल ऋणमा १ प्रतिशत मात्र प्रोभिजनिङ गरे पुग्ने थियो । यसले गर्दा हाल ४१.५ खर्ब कर्जामध्ये खराब कर्जा र पुनरतालिकीकरण गर्दा ३९ खर्बमा थप ०.३० प्रतिशत खराब कर्जा थप हुने ज्ञावा...
नेकपा एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत

नेकपा एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत

राजनीति, समाचार
नेकपा एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत देखिएको छ। लामो समय आन्तरिक विवादमा रुमलिएपछि माधव नेपाल पक्षले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने र एकताविरोधी अभिव्यक्ति नदिने निर्णय गरेसँगै अल्पकालीन युद्धविरामको संकेत देखिएको हो। नेपाल पक्षको आइतबार र सोमबार काठमाडौंको बुद्धनगरमा बसेको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि भइरहेका प्रयास सकारात्मक रहेको ठहर गर्दै सम्मानजनक एकताका लागि थप प्रयास गर्ने निर्णय गरेको छ। बैठकमा नेताहरूले एकताका लागि भइरहेका विभिन्न प्रयास बिथोलिने गरी अभिव्यक्ति नदिन पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई आग्रह गरेका थिए। ‘बैठकमा यथाशक्य पार्टीको विवाद निरूपण गर्नेबारे सबैको एकमत छ। यसै साताभित्र यी विषय टुंगो लगाएर जानुपर्छ भन्ने हाम्रो धारणा रह्यो। मलाई लाग्छ, यसै साताभित्र पार्टीको विवाद निरूपण हुन्छ,’ पार्टीको सचिवसमेत रहेका भ...