सोम, मंसिर ८, २०८३
Mon, November 23, 2026
Shadow

समाचार

भारतिय प्रतिष्ठित लोकप्रिय पत्रिका ‘फिल्म्स टुडे’मा डा.डिआरको आवरण

भारतिय प्रतिष्ठित लोकप्रिय पत्रिका ‘फिल्म्स टुडे’मा डा.डिआरको आवरण

मनोरन्जन, समाचार
नेपालका कीर्तिमानी गीतकार तथा साहित्यकार डा.डि.आर.उपाध्यायलाई भारतको एउटा प्रतिष्ठित पत्रिकाले आफ्नो आवरणमा प्रस्तुत गरेको छ । मुम्बईबाट प्रकाशित हुने मासिक पत्रिका ‘फिल्म्स टुडे’ ले यही अक्टोबर महिनाको अंकमा डा.उपाध्यायलाई विशेष प्राथमिकताका साथ प्रस्तुत गरेको छ ।पत्रिकाले विभिन्न ५९ विधामा विश्व कीर्तिमान कायम गर्न सफल डा.उपाध्यायलाई आवरणसहित विभिन्न छ वटा पृष्ठमा प्रस्तुत गरेको छ । पत्रिकाले डा. उपाध्यायका लागि ‘द ५९ वल्र्ड रेकर्ड होल्डर, मास्टर ब्लास्टर, वल्र्ड्स रिनाउन्ड लिरिसिष्ट एण्ड नोभलिष्ट फ्रम नेपाल’ अर्थात ‘५९ वटा विश्व कीर्तिमान कायम गर्ने नेपालका लोकप्रिय गीतकार तथा उपन्यासकार डा.डि.आर उपाध्याय’ भन्दै शीर्षक बनाएको छ । पत्रिकाका प्रकाशक तथा सम्पादक श्याम सिंघानियाले आफ्नो सम्पादकीयमा समेत ‘भारतको छिमेकी मुलुक नेपालका बहुप्रतिभाशाली व्यक्तित्व तथा ५९ वटा विश्व कीर्ति...
गोपाल ढकाल ‘छन्दे’ बने पोई पर्यो कालेबाट सर्वोत्कृष्ट हास्यअभिनेता

गोपाल ढकाल ‘छन्दे’ बने पोई पर्यो कालेबाट सर्वोत्कृष्ट हास्यअभिनेता

मनोरन्जन, समाचार
विगत डेढ दशकदेखि नेपाली कलाकारिताका क्षेत्रमा समर्पित चर्चित तथा सफल हाँस्यकलाकार गोपाल ढकाल छन्देले मिति २०७८ असोज १३ गते काठमाण्डौँको जमलस्थित नाचघरमा भएको क्वालिटी ईन्टरटेन्मेन्ट अवार्डमा २०७६ सालमा रिलिज भएको सुपर हिट चलचित्र पोइ पर्यो काले बाट सर्वोत्कृत्ट हाँस्य अभिनेताको अवार्ड चुम्न सफल भएका छन् ।क्वालिटी फिल्मस् प्रा लिको को आयोजनामा भएको उक्त अवार्डमा फिल्म,म्युजिक,फेशन का विभिन्न बिधामा अवार्ड वितरण गरिएको थियो । उमेश गुरुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय सभाका माननिय श्री गणेश प्रसाद तिमल्सिना प्रमुख अतिथि, पूर्व सेनापति श्री राजेन्द्र क्षेत्रीे बिशेष अतिथि रहनु भएको थियो भने कार्यक्रमको संचालन आवाजका दुनियाका साथी दिनेश डि सीले गर्नुभएको थियो । चलचित्र बिकास वोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, निर्माता संघका अध्यक्ष...
महिला चेम्बरको आयोजनामा सिटी सेन्टरमा दसैं–तिहार व्यापार मेला सुरु

महिला चेम्बरको आयोजनामा सिटी सेन्टरमा दसैं–तिहार व्यापार मेला सुरु

आर्थिक, समाचार
नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल महिला चेम्बरको आयोजनामा बुधबारबाट काठमाडौंमा दसैं–तिहार व्यापार मेला–२०२१ सुरु भएको छ ।नेपालमा उत्पादन भएका अग्र्यानिक कृषि उत्पादनलगायत अन्य उपभोग्य वस्तुहरु प्रवर्द्धनका लागि कमलपोखरीस्थित सिटी सेन्टरमा मेला आयोजना गरिएको महिला चेम्वरले जनाएको छ । मेलामा घरेलु उत्पादनका बस्तुलाई प्राथमिकताका साथ राखिएको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले  मेलाको उद्घाटन गर्नुभयो । मल्लले देशमा स्वरोजगार बढाउन मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । त्यस्तै उहाले गाँउ गाउमा महिलाले उत्पादन गरेको बस्ुतलाई बजारसम्म ल्याउन चेम्वरले सहयोग गर्ने धारणा राख्नुभयो ।त्यस्तै नेपाली महिला उद्यमीहरुको प्रवर्द्धनका लागि गठन भएको नेपाल महिला चेम्बरकी सचिव लीमा अधिकारीले मेलाबाट नेपालमा उत्पादन भएका कृषियोग्य अर्ग्यानिक तथा अन्य उपभोग्य वस्तुहरुको प्रवर्द्धनमा महत्वपूर...
लेखनाथ पोखरेलको ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ

लेखनाथ पोखरेलको ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ

मनोरन्जन, समाचार
स्रष्टा लेखनाथ पोखरेलको कथासङ्ग्रह ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ आएको छ । केही समयअघि नियात्रासङ्ग्रह ‘फकलीको गाउँ’ पाठकमाझ ल्याउनुभएका पोखरेलको दोस्रो कृति ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ आएको हो ।सावित्री पोखरेल प्रकाश रहनुभएको २४० पेजको यो कथासङ्ग्रहमा विभिन्न परिवेशका कथा समेटिएको छ । कृति भित्रै कै एक कथा ‘मार्बल हाउसकी शालिनी’लाई लिएर पुस्तकको नाम राखिएको छ । पुस्तकमा ‘तृष्ण’, ‘ममता’, ‘विद्रोही’, ‘विकल्प’, ‘जन्मकुण्डली’, ‘प्रतिकार’, ‘मार्बल हाउसकी शालिनी’, ‘पुनर्मिलन’, ‘उज्ज्वला’, ‘अन्ततः’, ‘कक्टेल पार्टी’, ‘गृहलक्ष्मी’ र ‘कथा यस्तो पनि’ जस्ता कथाका पन्ध्र गुच्छा समेटिएका छन् । लेखकले आफ्नै गाउँघरका विविध परिवेश र विषयवस्तुलाई टपक्क टिपेर पन्ध्र गुच्छालाई मालामा उन्नु भएको छ । कृतिमा लेखकले समुद्रबाट मोती टिपेझैँ टिपेका समाजभित्रका विविध वस्तुलाई उनेर तयार पारेको साहित्यकार खे...
समुन्नत नेपाल निर्माण गर्ने कुरामा सरकार अघि बढनु पर्छ

समुन्नत नेपाल निर्माण गर्ने कुरामा सरकार अघि बढनु पर्छ

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई गति दिन सकेनन् । सरकारको गति सुस्त भयो । मन्त्रीपरिषदले अझै पूर्णता पाउन सकेन । मुलुकको भाग्य र भबिश्य निर्माण गर्ने कुरामा खासै कसैको ध्यान पुगे जस्तो देखिएन । अब देउवा सरकारले ध्यान दिएर काम गर्नु पर्ने आबश्यकता देखिएको छ । अब गफ गरेर समय कटाउने बेला छैन । जनताको भबिश्य उज्ज्वल बनाउन सबै दलहरुका बीच सहकार्यताको आबश्यकता छ । अव जनताले त्यो खोजेका छन । अहिले जनताका धेरै आकाँक्षा र माग चुलिदै गएका छन । ति जनताका माग पुरा पर्ने बाटोमा सरकार अग्रसर हुनु पर्छ । जनताको विश्वासलाई अपमान गर्ने र जनता प्रति बिश्वासघात गर्ने काम कुनै पनि दलहरुले गर्नु हुदैन । सरकारसँग नेपाली जनताले ठूलो अपेक्षा राखेका छन । यो सरकारले जनअपेक्षा पूरा गर्न कुनै कसर बाँकी छोड्नु हुँदैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ओली समूहले यो सरकार जनताको जनादेश...
एपेक्स एकेडेमीको २३ औं बार्षिकोत्सव, कोरोना प्रभावित ४९ विद्यार्थीलाई छात्रवृत्ति दिने

एपेक्स एकेडेमीको २३ औं बार्षिकोत्सव, कोरोना प्रभावित ४९ विद्यार्थीलाई छात्रवृत्ति दिने

शिक्षा, समाचार
काठमाडौं – एपेक्स एजुकेशनल एकेडेमीले कारोनाबाट प्रभावित ७ प्रदेशका ४९ जना विद्यार्थीलाई चिकित्सा तथा इन्जिनियरिङ तयारी कक्षामा छात्रवृत्ति उपलव्ध गराउने भएको छ । एकेडेमीले शनिवार छात्रवृत्ति कार्यक्रमबारे जानकारी दिदैँ २३ औं बार्षिकोत्सवको अवसरमा चिकित्सा शिक्षा तथा इन्जिनियररिङ तर्फको पूर्व तयारी कक्षामा सहभागि हुने कोरोना प्रभावित तथा नेपाल सरकारले निर्धारण गरेको आरक्षित समुहलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छात्रवृत्ति उपलब्ध गराउने जनाएको हो । विगत दुई दशकदेखि लोकसेवा आयोग अन्तरर्गतका तयारी कक्षा सञ्चालन गर्दै आएको एकेडेमीले ईन्जिनियरिङ र मेडिकल तयारी कक्षामा सहभागि हुने कोरोना प्रभावित विद्यार्थीलाई छात्रवृत्ति उपलव्ध गराउने एकेडेमीका अध्यक्ष हरीप्रसाद पौडेलले बताए । उनले भने, ‘हामीले कलेजका टपरलाई मात्र प्राथमिकता नदिएर राज्यले दिएको कोटा अनुसार छात्रवृत्ति उपलव्ध गराउने...
ठूलो आवाजलाई मात्र सम्बोधन गर्ने प्रवृत्ति देखियो

ठूलो आवाजलाई मात्र सम्बोधन गर्ने प्रवृत्ति देखियो

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, अहिले नेपालको राजनीतिमा युवा पुस्ताहरु त्यति आर्कषित भएको देखिदैन । बिगतमा युवाहरु जति राजनीतिमा सक्रिय थिए अहिले त्यस्तो सक्रिय छैनन् । यो बिषयमा बहस गर्नु पर्ने जरुरी देखिएको छ । देशमा लोकतन्त्र छ । तर लोकतन्त्रको अभ्यास भएको छ की छैन । हामीले लोकतन्त्रको अभ्यास कति गरेका छौ । आज तानाशाह प्रबृतिका मान्छेहरु पनि आफू लोकतन्त्रवादी भएको दाबी गरिराखेका छन् । तर, व्यवहारमा लोकतन्त्रवादी संस्कार कतै देखिदैन । यहानिर समस्या छ । लोकतन्त्रको नाममा बदनाम गर्नेहरुको जमात धेरै छ । तिनीहरुलाई समयमै चिन्न जरुरी छ । विश्वमा तानाशाहहरू पतन भइरहेका छन । गैरलोकतान्त्रिक तरिकाले शासनसत्ता सञ्चालन गर्नेहरू नेपालमा पनि पतन हुन्छन । बिगतमा पनि भएकै हुन । जनताका पक्षमा काम गर्नेहरु नै लोकप्रिय हुने हुन । जसले जनताको पक्षमा काम गदैनन् उनीहरु आफै पतन हुन्छन । देश र जनताका लागि रात दि...
ग्रेस ईभेन्टद्वारा आयोजित ग्रेस ट्यालेन्ट हन्ट दोस्रो संस्करण सम्पन्न

ग्रेस ईभेन्टद्वारा आयोजित ग्रेस ट्यालेन्ट हन्ट दोस्रो संस्करण सम्पन्न

मनोरन्जन, समाचार
ग्रेस ईभेन्टद्वारा आयोजित ग्रेस ट्यालेन्ट हन्ट दोस्रो संस्करण सम्पन्न भएको छ ।कोभिड १९ को विसम परिस्थितिलाई मध्यनजर गर्दै अनलाईनको माध्यमबाट प्रतियोगिता संचालन गरिएको थियो । असोज ४ गते अनलाईनकै माध्यमबाट फाईनल गरिएको ग्रेस हन्टको निर्णायक मन्डलमा ग्रेस इभेन्टका गुडविल एम्बेसडर दिपिका लामा, गायक राज बाबू नेपाल र नृत्य निर्देशक जिना लोप्चन हुनु हुन्थ्यो । ७४ जना सहभागी भएको प्रतियोगीताबाट प्रथम गौरब जोसि , रनरअप प्रसुन्ना भुजेल , भ्यूवर च्वाइस एलिना बि.क भएका थिए भने आस्वसन राई र रेस्मा कार्कि उत्कृष्ट ५ मा पर्न सफल भएका थिए । ट्यालेन्ट हन्टमा भिउजको आधारमा मात्र नभई प्रतिभालाई पहिलो प्राथमिकता दिईएको कार्यक्रम संयोजक एवम ग्रेस ईभेन्टका मार्केटिङ म्यानेजर मिङमा शेर्पाले जानकारि दिनुभयो । ग्रेस ईभेन्टका प्रमुख अधिकृत अधिकृत सुरज थापाका अनुसार प्रतियोगिताबाट बिजयी एवम उत्कृष्ट ५ मा प...
सुदिक्षा ढुंगेलको ‘चांदीको औठी’ सार्वजनिक (भिडियोसहित)

सुदिक्षा ढुंगेलको ‘चांदीको औठी’ सार्वजनिक (भिडियोसहित)

मनोरन्जन, समाचार
काठमाडौं : सुप्रिशिद्द गायिका सुदिक्षा ढुंगेलको स्वरमा रहेको गीत ‘चांदीको औठी’को भिडियो सार्वजनिक भएको छ । रमेश क्षितिजको शब्द तथा टिका भण्डारीको संगीत रहेको गीतको भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो । भारतको मथुरा वृन्दावनमा रहेर पनि नेपाली गीत संगीतको उथ्थानकोलागी लागिपर्नु भएकी गायिका ढुंगेलका केही गीतहरु सार्वजनिक भैसकेका छन । यस अघी सार्वजनिक भएका सबै जसो गीतहरुले दर्शक स्रोताको मन जित्न सफल भएका थिए । https://www.youtube.com/watch?v=I5bOTV25bis सुदिक्षा केहीसमय अगाडि “हाम्रो स्वाभिमान र युवा नेपाल समिति”को आयोजनामा सम्पन्न “अन्तराष्ट्रिय एकल गायन अनलाइन प्रतियोगिता २०२१” कि बिजेता पनि हुनुभएको थियो । आफ्ना पहिलेका गीतहरुलाई जस्तै यो गीतलाई पनि दर्शक स्रोताले मन पराउनेमा आफु ढुक्क रहेको गायिका सुदिक्षाले जानकारी दिनु भयो । राधा ढुंगेलको निर्देशन रहेको सार्वजनिक गीत ‘चां...
कांग्रेस लिखु तामाकोशी गाउँपालिका सभापतिमा युवा नेता कार्कीको उम्मेदवारी घोषणा

कांग्रेस लिखु तामाकोशी गाउँपालिका सभापतिमा युवा नेता कार्कीको उम्मेदवारी घोषणा

राजनीति, समाचार
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा यति बेला वडा स्तरका अधिवेशनहरु हुनेक्रम जारी रहेको छ । वडा अधिवेशन सम्पन्न भएपछि पालिकाको अधिवेशन हुने भएसगैं उम्मेदवारी घोषणा गर्नेक्रम जारी रहेको छ ।नेपाली कांग्रेस लिखु तामाकोशी गाउँपालिका रामेछापको सभापतिमा लोकप्रिय युवा नेता जीवन कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । उनी हाल तरुण दल रामेछापको सह–सचिव रहेका छन् । सामाजिक कार्यमा सक्रिय रहेका युवा नेता कार्की विभिन्न सामाजिक संघसंस्थामा नेतृत्व गर्दै सामाजिक काम गर्दै आएका छन् ।उनी आफ्नो क्षेत्रको विकास निर्माणमा पनि सक्रिय भएर लागेका छन् ।  उम्मेदवारी घोषणासगैं कार्कीले आफ्नो प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् । उनका प्रतिबद्धतामा क्रियाशिल सदस्यहरुको क्षमता बृद्धि गर्ने, पार्टी भित्रका मतभेदलाई न्युनिकरण गर्ने, युवा वर्गलाई सामाजिक तथा आर्थिक विकाससगैं उद्यमशिलतामा लगाउने, आगामी निर्वाचनमा पार्टीक...