कुलमानको विषयमा कुरा मिल्यो, आइतबार नियुक्तिको निर्णय
भदाै २७ काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि एक कार्यकालका लागि कुलमान घिसिङलाई नियुक्त गर्ने तयारी गरेका छन्।कुलमानको पहिलो चार वर्षे कार्यकाल भोली आइतबार पूरा हुँदैछ। त्यसैले भोली नै मन्त्रीपरषद बैठक राखेर कुलमानलाई नियुक्ति दिने निर्णय गर्ने तयारी छ।
शुक्रबार सत्तारुढ नेकपाको स्थायी समिति बैठकपछि प्रधानमन्त्री ओली र उर्जामन्त्री वर्षमान पुनबीच भएको भेटमा कुलमानलाई फेरि नियुक्ति दिने सहमति भएको हो।
बालुवाटारस्थित उच्च स्रोतका अनुसार भेटमा प्रधानमन्त्री ओलीले कुलमानलाई नियुक्ति दिने तयारी गर्न उर्जामन्त्री पुनलाई भनेका छन्। मन्त्री पुनको सचिवालयका सदस्यहरूले पनि यसको पुष्टि गरेका छन्।
‘प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै नियुक्त गर्ने हो, त्यसका लागि तयारी गारौं’, प्रधानमन्त्रीको भनाइ उधृत गर्दै मन्त्री पु...








