आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य सामान्य, आजै डिस्जार्च हुने

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य सामान्य, आजै डिस्जार्च हुने

राजनीति
असोज २९ काठमाडौं । उच्चरक्त चाप भएपछि अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था सामान्य भएपछि आजै डिस्चार्ज हुने भएका छन्।बुधबार उच्च रक्तचाप भएपछि खनाल धुम्बाहारीस्थिति ह्याम्स अस्पताल भर्ना भएका थिए। ‘एक्कासी उच्च रक्तचाप बढेपछि उहाँलाई बुधबार साँझ ह्याम्स अस्पताल भर्ना गरिएको थियो,’ खनालका स्वकीय सचिव कृष्ण भट्टराईले सँग भने, ‘अहिले रक्तचाप कम हुँदै गएको छ। रक्तचाप सामान्य भएपछि संभवत : आजै डिस्जार्च हुनुहुनेछ।’ यसैगरी नेता खनालको कोरोना टेस्ट पनि नेगेटिभ आएको छ। अस्पताल भर्ना हुनु अगाडि उनको कोरोना टेस्ट गरिएको थियो। डाक्टरले बुधबार बेडरेस्ट गर्न सुझाव दिएपछि खनाल अस्पताल भर्ना भएका हुन्। ...
नव नियुक्त मन्त्रीहरुले ११ बजे सपथ लिंदै

नव नियुक्त मन्त्रीहरुले ११ बजे सपथ लिंदै

राजनीति
असोज २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिमण्डल आंशिक हेरफेर गरेका छन् । यस क्रममा खाली रहेका ३ मन्त्रालयका नेतृत्व परिपूर्ति गर्नुका साथै केही मन्त्रीका जिम्मेवारी फेरबदल गरिएका छन् । नयाँ जिम्मेवारी पाएका मन्त्रीहरुको शपथ कार्यक्रम आज (बिहीबार) बिहान साढे ११ बजेका लागि तय भएको छ । नव नियुक्त तीन मन्त्रीले बिहीबार शीतल निवासमा शपथ लिने कार्यक्रम तय भएको हो । नयाँ मन्त्रिपरिषदमा अर्थ मन्त्रालयमा विष्णुप्रसाद पौडेल आएका छन् । यस्तै रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीसँग राखेर उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राखिएको छ । यस्तै सञ्चार मन्त्रालयको जिम्मेवारी पार्वत गुरुङलाई दिएर पार्वत गुरुङले सम्हाल्दै आएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी लीलानाथ श्रेष्ठलाई दिएको छ । शहर...
ईश्वरलाई उपेक्षा, विष्णुलाई बरदान : मन्त्री नियुक्तिले नेकपामा फेरि बढ्यो विवाद

ईश्वरलाई उपेक्षा, विष्णुलाई बरदान : मन्त्री नियुक्तिले नेकपामा फेरि बढ्यो विवाद

राजनीति
असोज २९ काठमाडौं । १. उत्तराधिकारीका रूपमा पोखरेलको महत्वाकांक्षालाई साइजमा राख्ने प्रयास उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले आगामी साता सेनाका आठवटै पृतनापतिको ‘ब्रिफिङ’ लिने तयारी थियो । अब पृतनापतिहरूले सीधै प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’ गर्नेछन् । उपप्रधानमन्त्री पोखरेल रक्षा मन्त्रालयबाट बिदा भएका छन् । नेकपामा ओली समूहको उत्तराधिकारी को हो ? पोखरेलको महत्वाकांक्षालाई ‘साइज’ मा राख्न ओलीले अर्को कठोर कदम उठाएका छन् । त्यसैले पोखरेल ‘विनाविभागीय’ उपप्रधानमन्त्री हुँदा विष्णु पौडेलले भने प्रभावशाली मन्त्रालय पाएका छन् । अढाई वर्षअघि पार्टी एकीकरण हुँदा महासचिव पदबाट पनि उनलाई यसैगरी ‘बेदखल’ गरिएको थियो । २. सरकार गठनकै वेला ओलीको ‘गुड बुक’मा थिएनन् पोखरेल पोखरेलप्रति ओली अहिले अचानक अनुदार भएका होइनन् । सरकार गठन हुँदा पोखरेलको दाबी अर्थ मन्त्रालयमा थियो । तर, ओ...
सांसद निरु पाललाई कोरोना संक्रमण पुष्टि

सांसद निरु पाललाई कोरोना संक्रमण पुष्टि

राजनीति
असोज २८ काठमाडौं । नेकपा सांसदका साथै महिला तथा सामाजिक समितिकी सभापति निरु पाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोभिड-१९ को लक्षण देखिएपछि उनले कोरोनाको परीक्षणका लागि मंगलबार स्वाब दिएकोमा बुधबार रिपोर्ट पोजेटिभ आएको हो । आफूलाई हल्का ज्वरो आएको, जिउ धेरै दुखेको र श्वास फेर्न गाह्रो भएपछि जाँच गराएको बताएकी छिन्।उनले यो बीचमा आफ्नो सम्पर्कमा रहेकालाई जाँच गराउन र आफन्तलाई नआत्तिन भनेकी छिन्। ...
नवनियुक्त मन्त्रीहरूको सपथ भोलि

नवनियुक्त मन्त्रीहरूको सपथ भोलि

राजनीति
असोज २८ काठमाडौं । नवनियुक्त तीन जना मन्त्रीहरूले बिहीबार पद तथा गोपनीयताको सपथ लिने भएका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार बिहीबार बिहान साढे ११ बजे शितलनिवासमा सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिमण्डल हेरफेर गरेका थिए। उनले नेकपा महासचिव बिष्णु पौडेललाई अर्थ, काठमाडौंका सांसद कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास र सिरहाका सांसद लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त तीन मन्त्रीले भोलि बिहान शितलनिवासमा सपथ लिने भएका हुन्।प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय ईश्वर पोखरेलबाट खोसेर आफैंसँग राखेका छन् भने पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानेका छन्। त्यस्तै यसअघि महिला तथा बालबालिका मन्त्रालय सम्हालिरहेका पार्वत गुरूङलाई सूचना ...
नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक दशैँ–तिहारपछि बस्ने

नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक दशैँ–तिहारपछि बस्ने

राजनीति
असोज २८ काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक दशैँ–तिहारपछि बस्ने भएको छ। यसअघि दुई पटक मिति तय भएर स्थगित भएको बैठक दशैँ–तिहारपछि मात्रै बस्ने भएको हो। कोरोनाको संक्रमण बढेको र धेरै जना एकैपटक भेला भएर छलफल गर्न सक्ने अवस्था नभएका कारण दशैँअघि बैठक नबस्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताए। सम्भव भए कोजाग्रत पूर्णिमाको केहीदिन पछाडी सबैको पीसीआर परीक्षण गरी बैठक सञ्चालन गर्ने विषयमा पदाधिकारीबीच छलफल चलिरहेको उनले बताए। दशैँ र तिहारकोबीचमा बैठक बस्न नसके तिहारपछि बस्ने शर्माले बताए। विशेषगरी महाधिवेशनको सन्दर्भमा छलफल गर्न केन्द्रिय समिति बैठक बोलाइएको हो। पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले लिखित रुपमा पेश गरेको असन्तुष्टिका विषयमा पनि बैठकमा छलफल गर्ने एजेण्डा रहेको थियो। प्रवक्ता शर्माले फागुन ७ मा पार्टीको महाधिवेशन सम्पन्न गर्नेगरी बाँकी कार्यत...
विष्णु पौडेल अर्थमन्त्री नियुक्त

विष्णु पौडेल अर्थमन्त्री नियुक्त

राजनीति
असोज २८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेका छन्।नेकपा महासचिव समेत रहेका पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीमा पौडेललाई नियुक्त गरेकी हुन्। त्यस्तै शहरी विकास मन्त्री नेकपा सांसद कृष्णगोपाल श्रेष्ठ भएका छन्। लीला श्रेष्ठलाई महिला बालबालिका तथा सामाजिक विकास मन्त्री बनाइएको छ। महिला बालबालिकामा हरेका पार्वत गुरुङलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ।नव नियुक्त भएका तीनै जना मन्त्रीहरु प्रधानमन्त्री ओली निकट हुन्। ...
रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाइए पोखरेल

रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाइए पोखरेल

राजनीति
असोज २८ काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको रक्षामन्त्रीको जिम्मेवारी खोसिएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गरेको मन्त्रिपरिषद् हेरफेरमा पोखरेललाई रक्षामन्त्रीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्ने जिम्मेवारी तोकेका छन्। नयाँ मन्त्रिपरिषदमा प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी आफूसँगै राखेका छन्।बुधबार गरिएको मन्त्रिपरिषद् पुनर्गठनमा विष्णु पौडेल अर्थमन्त्रीका रुपमा भित्रिएका छन्। त्यस्तै कृष्णगोपाल श्रेष्ठ शहरी विकास मन्त्री र लिलानाथ श्रेष्ठ महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेका छन्। अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिएपछि अर्थ मन्त्रालयको नेतृत्व रिक्त थियो।तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राजीनामा दिएसँगै खतिवडाले सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। ...
अपराध रोक्ने रणनीति बनाउन गृहमन्त्रीको निर्देशन

अपराध रोक्ने रणनीति बनाउन गृहमन्त्रीको निर्देशन

राजनीति
असोज २८ काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले कोरोनाका कारण उत्पन्न आर्थिक र सामाजिक असरले अपराधका घटना बढ्न सक्ने भएकाले त्यसलाई रोक्ने गरी सुरक्षा रणनीति बनाउन निर्देशन दिएका छन् । भर्चुअल रुपमा आज आयोजना गरिएको प्रदेश १ को प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री थापाले कोरोनाका कारण अपराधका नयाँ शैली बढ्न थालेकाले यसलाई रोक्ने गरी सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई निर्देशन दिएका हुन्। उनले भने, “नयाँ चुनौतीलाई सफलतापुर्वक सम्पन्न गर्न र जनताको जीउधनको सुरक्षा गर्न सुरक्षा रणनीति परिमार्जन गर्नुपर्छ, उच्चस्तरको सुरक्षा योजना र रणनीति बनाउन आजको गोष्ठीले सहयोग गर्ने छ ।” उनले पछिल्लो समय लैङ्गिक हिंसा र बलत्कारका घटना बढेको बताउँदै यस्ता घटनामा चनाखो र संवेदनशिल हुन निर्देशन दिए। गृहमन्त्री थापाले अन्तर्राष्ट्रिय सिमानाका बन्दलाई यथावत राख्ने निर्णय भएको जानकारी गराए ...
प्रचण्डको पीडा : हिजो प्रधानमन्त्री, आज न सचिव न मन्त्री

प्रचण्डको पीडा : हिजो प्रधानमन्त्री, आज न सचिव न मन्त्री

राजनीति
असोज २८ काठमाडौं । कुनै बेला थियो, देशमा प्रचण्डले चाहँदा कोही प्रधानमन्त्री बन्थ्यो र हट्थ्यो पनि । अहिले एउटा सचिव बनाउने र मन्त्री हटाउने स्थिति छैन । ०६६ सालमा झलनाथ खनाल, ०६८ सालमा बाबुराम भट्टराईदेखि ०७२ मा केपी ओलीलाई प्रधानमन्त्री बनाउने र हटाउने दुबै खेलका सूत्रधार प्रचण्ड अहिले आफूसरहकै अध्यक्ष केपी ओलीसँग दिनैपिच्छे तारिख धाएझैँ वार्ता गरिरहनुभएको छ । उहाँको चाहना छ कि, केही मन्त्री हेरफेर गरौं । तर, न केपीले चाहेर कोही मन्त्री थप्न र निकाल्न सक्नुभएको छ, न प्रचण्डले । चाहँदा केपीका निम्ति यो कुनै ठूलो समस्या होइन । मात्रै, अर्का अध्यक्षको पनि बचन तोडेर पाइला पाइलामा किन निहुँ खोजिरहुँ भनेरमात्रै हो । नत्र, कस्ताकस्ता निर्णय नसोधी गर्ने हिम्मत भएका केपीमा मन्त्री जाबो फेर्नु उति मुस्किलको कुरै हैन । यसबीच, पूर्वमाओवादी अर्थात्, प्रचण्डका मान्छेहरू मन्त्री पाइन्छ भनेर केपीतिर...