बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाइए पोखरेल

असोज २८ काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको रक्षामन्त्रीको जिम्मेवारी खोसिएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गरेको मन्त्रिपरिषद् हेरफेरमा पोखरेललाई रक्षामन्त्रीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्ने जिम्मेवारी तोकेका छन्।

नयाँ मन्त्रिपरिषदमा प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी आफूसँगै राखेका छन्।बुधबार गरिएको मन्त्रिपरिषद् पुनर्गठनमा विष्णु पौडेल अर्थमन्त्रीका रुपमा भित्रिएका छन्। त्यस्तै कृष्णगोपाल श्रेष्ठ शहरी विकास मन्त्री र लिलानाथ श्रेष्ठ महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेका छन्।

अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिएपछि अर्थ मन्त्रालयको नेतृत्व रिक्त थियो।तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राजीनामा दिएसँगै खतिवडाले सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *