मिलेमतोमा मौलाउँदो भ्रष्टाचार
डा.डिआर उपाध्याय
देशमा सुशासन कायम गर्नको लागि सार्वजनिक प्रशासन स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी बन्न जरुरी छ । भ्रष्टाचार नियन्त्रण गरी आम नागरिकलाई सुशासनको अनुभूति गराउने सरकारको मुख्य जिम्मेवारी हो ।सरकारको तर्फबाट प्रयास नभएको होइन तर आम नागरिकले अपेक्षा गरे अनुरुप प्रभावकारी हुन सकेन । देशमा नागरिकले भ्रष्टाचारविरुद्धका आवाज उठाईरहेका छन् ।
तर यी आवाजहरु कोही सुन्न तयार छैनन् । देशमा भ्रष्टचार मौलाउँदै गएको छ । भ्रष्टचार भनेको देश विकासको बाधक हो । जब सम्म देशमा भ्रष्टचार नियन्त्रण गर्न सकिदैन तबसम्म देश विकास हुन सक्दैन । देशमा भ्रष्टहरुलाई अझै कारबाही प्रकृया प्रभावकारी हुन सकेको छैन। यसैका कारण भ्रष्टाचारीहरू मौलाउँदै गएका छन् ।सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा मौलाउँदै गएको समाचार विभिन्न सञ्चार माध्यमले लेख्दै आएका छन् । जनताले अझै सुशास...








