आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

फैसलासँगै प्रतिगामी तत्वहरु पराजित

फैसलासँगै प्रतिगामी तत्वहरु पराजित

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेको छ । यो नै खुशिको कुरा हो । यो फैसलासँगै प्रतिगामी तत्वहरु पराजित भएका छन् । लोकतन्त्रवादी शक्ति र नेपाली जनताको जित भएको छ । न्यायलयले निष्पक्ष छानबिन गरी जुन यो फैसला गरेको छ यसले न्यायलय माथि विश्वास प्रकट गरेको छ । अलोकतान्त्रिक प्रवृत्तिको पराजय भएको छ । यो फैसलाले गलत बाटोमा गएको संविधानलाई फेरि सही बाटोमा फर्काएको छ । यसका लागि सर्वोच्च अदालतलाई सबै जनताले ह्रिदयदेखि नै धन्यवाद दिनु पर्छ । फैसला सँगै जनताले देशका विभिन्न ठाउँमा खुसीयाली मनाइरहेका छन् । अब मुलुकको राजनीति कसरी विकसित हुने हो भन्ने कुरा सबैको चासोको विषय बनेको छ । सर्वोच्च अदालतले संसद बैठक १३ दिन भित्र बोलाउन सुझाएको छ । त्यसपछि देशको राजनीतिले कुन मोड लिन्छ भन्ने कुरा प्रष्ट होला । नेपालको न्याय क्षेत्रले धेरै प्रश्नचिन्हको सामना गर्नुपरेको...
प्रधानमन्त्री केपी ओलीका सामु संसदमा बहुमत सिद्ध गर्ने वा सरकार छाड्ने दुईवटा विकल्प रहेको:कांग्रेस सभापति शेरबहादुर देउवा

प्रधानमन्त्री केपी ओलीका सामु संसदमा बहुमत सिद्ध गर्ने वा सरकार छाड्ने दुईवटा विकल्प रहेको:कांग्रेस सभापति शेरबहादुर देउवा

राजनीति, समाचार
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीका सामु संसदमा बहुमत सिद्ध गर्ने वा सरकार छाड्ने दुईवटा विकल्प रहेको बताएका छन् । महेन्द्रनारायण निधिको ९९औं जन्मजयन्तीका अवसरमा आयोजित विचार गोष्ठीमा उनले प्रधानमन्त्रीबाट राजीनामा आए अविश्वास प्रस्ताव पेश गर्नै नपर्ने बताए । ‘ओलीजीले राजीनामा दिनुहुन्छ जस्तो लाग्दैन, तर कि बहुमतसिद्ध गर्नुपर्‍यो, कि छाड्नुपर्‍यो । योभन्दा विकल्प छैन’, देउवाले भने । संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि आफूले निर्वाचन वा पुनःस्थापना दुवै स्वीकार्ने बताएकोमा अन्यथा नलिन देउवाले आग्रह गरे । ‘सर्वोच्चले स्टे अर्डर देला भन्ने लागेको थियो । नदिएपछि अदालतसँग आशंका बढेर पुनस्स्थापना वा निर्वाचन जे भए नि मान्छौं भनेको हुँ’, देउवाको स्पष्टोक्ति थियो । देउवाले भने, ‘भोट दिने बेला कांग्रेसलाई नदिने अहिले कांग्रेस च...
अन्ततः संसद पुनस्थापना भएरै छाड्यो

अन्ततः संसद पुनस्थापना भएरै छाड्यो

राजनीति, समाचार
डा.डिआर उपाध्याय, अन्ततः संसद पुनस्थापना भएरै छाड्यो । बर्तमान संकटको निकास भनेको संसद पुनस्थापना हो भनेर म बारम्वार बिषय वस्तु उठाउँदै आफना बिचार राख्दै आएको सर्वबिदितै छ । अव मुलुकको राजनीतिक र संवैधानिक संकट समाधान भएको छ । मुलुक सहि बाटोमा आएको छ । सम्मानित अदालतबाट निष्पक्ष फैसला भएको छ । यसको हामी सवैले स्वागत गर्नु पर्छ । न्याय मरेको छैन भन्ने कुरा प्रमाणित भएको छ । यो फैसलाले जनताको पक्षमा न्याय भएको छ । संसद पुनस्थापना हुनु भनेको जनताको जित हो । यो बेमौसमीमा जनताले चुनाव चाहेका थिएनन । अहिले संसद पुनस्थापना भएर संकट समाधान भएको छ । यो नै राम्रो कुरा हो । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेर जनताको मन जितेको छ । यो नै खुशिको कुरा हो । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन बदर गरि संसद पुनःस्थापनाको फैसला ग...
हामी कता जादै छौ ?

हामी कता जादै छौ ?

राजनीति, समाचार
डा.डिआर उपाध्याय, देशको चिन्ता राजनीतिक दल र तिनका नेताहरुलाई हुने थियो भने यो देश धेरै पहिले देखि बन्थ्यो । जनता भोका नाङगा र बेरोजगार छन । जनताको पीडा सुन्ने र बुझने नेताको अभाव छ यहाँ । हिजो चप्पल लगाएर काठमाडौ छिरेका नेताहरुको काठमाडौमा अलिसान महल र प्रशस्त बैक ब्यालेनस छ । आन्दोलनमा जनताले टाउको फुटाउनु पर्ने फाइदा नेताले लिने यो कस्तो लोकतन्त्र हो ? बेला बेलामा प्रश्न उठने गर्छ । प्रजातन्त्रदेखि गणतन्त्रसम्म आइपुग्दा नेताहरुले शासन गर्न थालेको हिसाव गर्ने हो भने मोटामोटी तीन दशक भन्दा बढि भैसक्यो । यो अवधिमा जनताको अवस्था फेरिन सकेको छैन । कुनै पनि देशमा यति धेरै समय सम्म शासन गर्दा पक्कै पनि देशको मुहार फेरिन्छ । दल र तिनका नेताहरुको हातमा देशको शासन सत्ता पटक पटक पुग्यो । तर हाता लाग्यो शून्य । यो तरिकाले देश बन्दैन । सीमित नेता मोटाउने जनता भोका हुने अवस्था कायम रहिरहेयो भन...
राजनीतिक संकट उत्पन्न हुनमा दम्भको राजनीति

राजनीतिक संकट उत्पन्न हुनमा दम्भको राजनीति

राजनीति, समाचार
डा.डिआर उपाध्याय, यति बेला देश राजनीतिक संकटले अप्ठारोमा परेको छ । देशको राजनीतिक संकट समाधान गर्ने तर्फ सबैको ध्यान जानुपर्ने आवश्यकता देखिएको छ । लामो समयसम्म राजनीतिक संकट यही अवस्थामा रहने हो भने देशमा खतरा आउन सक्छ । पौष ५ मा प्रधानमन्त्रीले संसद् विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि राजनीतिक संकट बढ्दै गएको छ । मुलुकमा शान्ति, विकास र सामाजिक न्यायसहित समृद्धि हासिल गर्दै समाजवादको आधार निर्माणको दिशामा अगाडि बढनुपर्नेमा नेकपा दुई खेमामा विभाजित भएर एकले अर्कोलाई आरोप प्रत्यारोप लगााउँदै हिड्नु खासै राम्रो संकेत होइन । संविधान जारी भएको ५ वर्ष नपुग्दै मुलुकमा यस्तो गम्भीर खालको राजनीतिक संकट निम्तनु नेपाल र नेपाली जनताको लागि दुःखद पक्ष हो । सार्वभौम जनताको प्रतिनिधि संस्था संसद्लाई विघटन गर्नु हुदैन्थ्यो । यसले संविधानका मूल्यमान्यतामा गम्भीर खालको चुनौती खडा भएको छ । आ...
प्रजातन्त्र दिवस र यसको आफ्नै महत्व

प्रजातन्त्र दिवस र यसको आफ्नै महत्व

राजनीति, समाचार
डा.डिआर उपाध्याय, हिजो फागुन ७ गते प्रजातन्त्र दिवस मनाइयो । यो प्रजातन्त्र दिवसको आफ्नै महत्व छ । राजनीतिक परिवर्तनको जग २००७ फागुन ७ गते बसेको हो । त्यसकारण यस प्रजातन्त्र दिवसलाई विशेष रूपमा मनाउने गरिएको छ । यस अवसरमा नेपाल सरकारको निर्णयअनुसार राज्यभर र विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा समेत हर्षोल्लासपूर्वक प्रजातन्त्र दिवस भव्यताकासाथ मनाइँयो । देशमा पटक पटक राजनीतिक परिवर्तन भएका छन् । तर परिवर्तनबाट जनताले सोँचे बमोजिमका अपेक्षा पुरा नभएको पाइन्छ । जब देशमा राजनीतिक परिवर्तन हुन्छ ,त्यसको सुरुवाती दिनदेखि केही समय जनता उत्साहित हुन्छन् । जब समय बित्दै जान्छ ,तब कुनै पनि शासनबाट जनता सन्तुष्टि हुन सक्दैनन् । र आफ्नो अधिकारको लागि भन्दै कुनै समूह वा पार्टीको समर्थन गरेर विद्रोह गरेको हामीले इतिहासमा पाउँछौँ । जुनसुकै राजनीतिक परिवर्तनबाट प्राप...
विप्लव नेतृत्वको नेकपा सरकारसँग वार्ताका लागि तयार, अब सरकारले प्रतिबन्ध हटाउने

विप्लव नेतृत्वको नेकपा सरकारसँग वार्ताका लागि तयार, अब सरकारले प्रतिबन्ध हटाउने

राजनीति, समाचार
 नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले केहिदिन अघि वैकल्पिक संयुक्त सरकार र जनमतसंग्रहको प्रस्ताव गरेको थियो। नेकपा महासचिव विप्लवले वर्तमान संकट समाधानको लागि सो प्रस्ताव अगाडि सारेका थिए। सो प्रस्ताव गरेको एक हप्तामै विप्लव नेतृत्वको नेकपा सरकारसँग वार्ताका लागि तयार भएको छ। फागुन १ गते जनयुद्ध दिवसको अवसरमा महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै बैकल्पिक संयुक्त सरकार र वैज्ञानिक समाजवाद या पुँजीवाद भन्नेबारे जनमत संग्रहको प्रस्ताव गरेका थिए। महासचिव विप्लवले आज विज्ञप्ति जारी गर्दै वार्ताका लागि तयार भएको बताएका छन्। विप्लवले वार्ताका लागि तयार रहेको लिखित विज्ञप्ति जारी गरेसँगै सरकारले अब प्रतिबन्ध हटाउने भएको छ। सम्भवतः अबको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्ने छ। साथै सो पार्टीसँग वार्ता गर्न सरकारले समिति बनाउने छ। ...
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा लिखित जवाफ दिँदै स्वयं उपस्थित

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा लिखित जवाफ दिँदै स्वयं उपस्थित

राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा स्वयं उपस्थित भएका छन् । बिहीवार अदालतको अवहेलनाविरुद्धको मुद्दा सम्बन्धमा लिखित जवाफ दिँदै न्यायपालिकाको स्वतन्त्रता र गरिमाका पक्षमा आफू दृढताका साथ उभिएको बताउएका छन् । प्रधानमन्त्री ओली आज आफैँ अदालतमा उपस्थित भएर अदालतको अवहेलनाविरुद्धको मुद्दामा बुझाएको लिखित जवाफमा भनिएको छ, “सम्मानित अदालतको स्वतन्त्रता तथा न्यायिक निष्पष्क्षता तथा विधिको शासन कायम राख्नुपर्छ भन्ने पक्षमा पहल गरेको थिएँ, म पदमा हुँदा वा नहुँदा न्यायपालिकाको स्वतन्त्रता र गरिमाको पक्षमा दृढताका साथ उभिइरहेको छु र रहने छु ।” लिखित जवाफमा न्यायपालिकाको स्वतन्त्रता, विधिको शासनका पक्षमा दशकौँ लडी संवैधानिक विधि र कानूनी प्रक्रियाबाटै मुलुकको प्रधानमन्त्रीमा निर्वाचित भई कार्य गरिरहेको राजनीतिक व्यक्तिबाट अदालतको अवहेलना हुने कार्य भएको भनी दायर निवेदन नै अनुचित ...
संसद विघटनले मुलुकलाई राजनीतिक दुर्घटनातिर धकेलेको:उपराष्ट्रपति नन्दबहादुर पुन

संसद विघटनले मुलुकलाई राजनीतिक दुर्घटनातिर धकेलेको:उपराष्ट्रपति नन्दबहादुर पुन

राजनीति, समाचार
उपराष्ट्रपति नन्दबहादुर पुनले संसद विघटनले मुलुकलाई राजनीतिक दुर्घटनातिर धकेलेको टिप्पणी गरेका छन् । नेपाल पत्रकार महासंघको २६ औं साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले संविधान कार्यान्वयनको सुरुवाती चरणमै प्रधानमन्त्रीले संसद भंग गरेर सही नगरेको बताए । ‘संविधान कार्यान्वयनको सुरुवाती चरणमै प्रतिनिधिसभा भंग हुनु गलत छ । यसले राजनीतिलाई सही दिशामा लैजाँदैन’ उनले भने । संसद विघटनपछि जनतामा व्यापक निराशासँगै आक्रोश बढेको भन्दै उनले प्रधानमन्त्रीको गलत कदम सच्चिनुपर्ने बताए । पत्रकार महासंघसँगै पूर्वप्रधानन्यायाधीशहरुले समेत संसद विघटन असंवैधानिक भनेको भन्दै उनले मुलुकलाई राजनीतिक संकटबाट जोगाउन संसद पुनःस्थापना हुनुपर्ने बताए । ...
ताजा जनादेशको प्रस्ताव अराजकताको अन्त्य र राजनीतिक स्थिरताका लागि:प्रधानमन्त्री केपी शर्मा ओली

ताजा जनादेशको प्रस्ताव अराजकताको अन्त्य र राजनीतिक स्थिरताका लागि:प्रधानमन्त्री केपी शर्मा ओली

राजनीति, समाचार
 प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रलाई एक बनाउन र पार्टीहरुभित्र एकता कायम गर्न ताजा जनादेशका लागि चालिएको राजनीतिक कदम भएको बताएका छन् । वर्तमान सरकार गठन भएको तीन वर्ष पूरा भएका अवसरमा सरकारका उपलब्धिबारे जानकारी दिन आज आयोजित प्रेस बिफ्रिङमा उहाँले ताजा जनादेशको प्रस्ताव अराजकताको अन्त्य र राजनीतिक स्थिरताका लागि भएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले भने, “संविधानको रक्षा, राष्ट्रिय स्वाधीनता र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा परिपूर्तिको अविचलित यात्राको निरन्तरताका लागि हो । यो कदम हाम्रो लोकतान्त्रिक प्रणालीलाई ‘समीकरण र गठबन्धन’को फोहोरी खेलबाट मुक्त गर्न चालिएको ‘बाध्यात्मक तर आवश्यक’ र अहिलेको लागि ‘अपरिहार्य’ कदम हो ।” सरकार सञ्चालनका लागि जनतालाई फेरि एकपटक आपूmले रुचाएको दलको छनोट गर्ने मौका मिलेको बताउँदै उनले भ...