प्रतिशोधको व्यवहार साँधेर बस्ने हो भने कसैलाई फाइदा छैन
डा.डिआर उपाध्याय,
पछिल्लो समयमा आएर नेकपा एमालेका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपाल बीच भेट बार्ता भएको छ । दुबै नेता बीचको भेटवार्ताले सार्थकता पाओस् भन्ने आम कार्यकर्ताको चाहाना पनि छ । नेकपा एमालेका नेताहरु मिलेर जादा नै पाटी बलियो हुन्छ । यदि मिल्न नसके पाटी र नेताहरुलाई नै घाटा हुने हो ।
देश र जनताका लागी भन्दै भोक भोकै पार्टी निर्माण गर्न बिगतमा कति कठिन भयो होला । आफैले निर्माण गरेको पाटी छाडेर अर्को पार्टी निर्माण गर्न खोज्नु कसैलाई राम्रो हुदैन होला । पार्टी भित्र बसेर अन्तरसंघर्ष गर्नु सवै भन्दा राम्रो हुने छ । एमालेको आन्तरिक किचलोले पार्टीलाई मात्र होइन, देशको भविश्यलाई समेत अन्योल बनाएको छ । पछिल्लो राजनीतिक गतिविधिले सवै कुरा गिजोलेको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेट बार्ता भए पनि एक...








