आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

काभ्रेका प्रदिप तिवारी तरुण विभाग डेनमार्क शाखा प्रमुखमा नियुक्त

काभ्रेका प्रदिप तिवारी तरुण विभाग डेनमार्क शाखा प्रमुखमा नियुक्त

राजनीति, समाचार
नेपाली कांग्रेसको तरुण विभागले काभ्रेका प्रदिप तिवारीलाई डेनमार्क शाखा प्रमुखको जिम्मेवारी प्रदान गरेको छ ।लामो समयदेखि डेनमार्कमा बस्दै आएका तिवारीलाई साउन ४ गते डेनमार्कको शाखा प्रमुखको जिम्मेवारी तोकिएको हो । तरुण विभाग प्रमुख नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीले तिवारीलाई डेनमार्क शाखा प्रमुखको जिम्मेवारी दिएका हुन ।डेनमार्कमा बस्ने तरुण युवाहरु जो लोकतन्त्र र प्रजातन्त्रप्रति विश्वास राख्छन् उहाँलाई समेट्न अनुरोध गरेको छ ।आगामी दिनमा डेनमार्कमा बस्ने नेपाली कांग्रेसका सुभेच्छुकलाई समेटेर नेपाली कांग्रेस तरुण विभागको पार्टिको नीति नियम ईमान्दारीका साथ पालना गर्दै सक्रिय भएर तरुणहरुको हितका लागि काम गर्ने तिवारीले बताए । ...
नेपाली कांग्रेस पदाधिकारी बैठक आज बिहान ९ बजे बस्दै

नेपाली कांग्रेस पदाधिकारी बैठक आज बिहान ९ बजे बस्दै

राजनीति, समाचार
नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। बैठक आज बिहान ९ बजे प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्नेछ। पदाधिकारी र पूर्वपदाधिकारी सहभागी हुने बैठकमा आसन्न १४औँ महाधिवेशनको तयारी तथा अन्य समसामयिक राजनीतिक गतिविधिबारे छलफल हुने जनाइएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीका कुनै पनि बैठक नराख्ने योजना अनुसार कांग्रेसले देउवा निवासमा बैठक बोलाएको हो।यसअघि पार्टी प्रमुख प्रधानमन्त्री बन्दा उसका प्रायः बैठक प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने गरेका थिए। कांग्रेसले पनि हालै बालुवाटारमा पदाधिकारी बैठक गरेको थियो। तर अब, यो गलत परम्परालाई तोड्दै कांग्रेसका कुनैपनि बैठक बालुवाटारमा नराखिने कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताए। ...
नेपाली राजनीति अहिले सहि बाटोमा

नेपाली राजनीति अहिले सहि बाटोमा

राजनीति, समाचार
-डा.डी.आर.उपाध्याय, सत्तारुढ पार्टीमा बढ्दै गएको बिग्रहले राष्ट्रिय राजनीतिले नयाँ गति लिएको छ । पछिल्लो समयमा आइपुग्दा शेर बहादुर देउवा , माधव नेपाल , पुष्पकमल दाहाल, उपेन्द्र यादव , बाबुराम भट्टराई लगायतका नेताहरुको एउटै मन हुन पुगेको छ । राजनीतिमा कति खेर के हुन्छ केहि भन्न सकिदैन । यो त समयको खेल हो । कुनै बेला ओली र दाहालको एउटै मन भएर पाटी सम्म मिल्न पुग्यो । त्यो पनि लामो समय सम्म टिक्न सकेनन् । राजनीति समय अनुसार उल्टो पाल्टो भैरहन्छ । यो इतिहास देखि हुदै आएको छ । दुईतिहाई बहुमतको सरकार पतन भएको छ । यो एउटा ऐतिहासिक घटना बनेको छ । यस घटनामा नायक र खलनायक छन । यो कुरा नेपाली जनताले बुझेर बसेका छन । एकपछि अर्को राजनीतिक र संबैधानिक घटना घटदै आए । नेपाली राजनीतिमा सबै ब्यहोर्नु पर्ने रहेछ । यद्यपि, आफूले गरेको मात्रै सत्य र अरुले गरेजति सबै षड्यन्त्र देख्ने प्रवृत्तिले गर्दा...
नेकपा (एमाले)को माधवकुमार नेपाल समूहले पिपुल्स भोलेन्टियर ब्युँताउने

नेकपा (एमाले)को माधवकुमार नेपाल समूहले पिपुल्स भोलेन्टियर ब्युँताउने

राजनीति, समाचार
नेकपा (एमाले)को माधवकुमार नेपाल समूहले पिपुल्स भोलेन्टियर ब्युँताउने भएको छ। ओली पक्षले आफ्नो युवा–दस्ता ‘युथ फोर्स’ ब्युँताएसँगै नेपाल पक्षले पनि ‘पिपुल्स भोलिन्टियर’ ब्युँताउन लागेको हो। नेपाल पक्षले आज भक्तपुरमा कार्यक्रम गरेर ‘पिपुल्स भोलिन्टियर’ घोषणा गर्ने बताएको छ। दिउँसो १२ बजे भक्तपुरको सूर्यविनायकस्थित थापा पार्टी प्यालेसमा राखिएको घोषणा कार्यक्रमको नेता नेपालले सम्बोधन गर्नेछन्। एमालेनिकट युवा संघले कुनै बेला यी दुवै, युथ फोर्स र पिपुल्स भोलिन्टियरको अभ्यास गरेको थियो। एमालेमा चुलिँदो संकटसँगै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल पक्षले अघि बढाएका समानान्तर गतिविधि पनि उसैगरी चुलिन थालेका छन्। नेपाल पक्षले यसअघि ओली पक्षको युथ फोर्सको प्रतिवादमा अखिल फोर्स घोषणा गरेको गरिसकेको छ। ...
प्रधानमन्त्री देउवाका आगामी यात्रा र दुरदर्शिता

प्रधानमन्त्री देउवाका आगामी यात्रा र दुरदर्शिता

राजनीति, समाचार
– डा.डी.आर.उपाध्याय , प्रधानमन्त्री शेरबहादुर देउवाले बिश्वासको मत पाएका छन । अव उनले ढुक्कले सरकार संचालन गर्न सक्छन । यो उनका लागी ठूलो अवसर हो । जनादेशबाट भन्दा पनि परिस्थितिका कारण उनी प्रधानमन्त्री भएका हुुन । मुलुकले पाँच वर्षका लागि सरकार चलाउने जनादेश केपी ओली, पुष्पकमल दाहालको बामगठबन्धन दललाई दिएको थियो । तर राजनीतिक घटनाक्रम र परिस्थिती बदलिएको कारण यो अवस्था निर्माण हुन आएको हो । नेपाली कांग्रेसलाई प्रतिपक्षीको भूमिकामा रहन जनादेश प्राप्त थियो । तर, सरकार चलाउन बामगठबन्धन दलले सकेन । सरकार सञ्चालन गर्न कौशलता र पार्टी भित्र एक मत चाहिन्छ । चुनावमा बाम गठबन्धन नभएको भए बहुमत आउने थिएन । चुनाव लगत्तै ओली र दाहाल मिलेर पाटी एकता पनि गरे । पाटीको नाम नेकपा राखे तर पाटी एकता लामो समय सम्म टिक्न सकेन । केपी ओलीलाई प्रधानमन्त्री बनाए । ओलीसँग सरकार हाँक्ने, आफ्नो पार्टी मिला...
पार्टीका कुनै पनि बैठक बालुवाटारमा नराख्ने:प्रधानमन्त्री शेरबहादुर देउवा

पार्टीका कुनै पनि बैठक बालुवाटारमा नराख्ने:प्रधानमन्त्री शेरबहादुर देउवा

राजनीति, समाचार
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका कुनै पनि बैठक बालुवाटारमा नराख्ने विश्वास दिलाएका छन्। कांग्रेस सरकारमा गएलगत्तै प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले सरकारी निवास बालुवाटारमा पदाधिकारी बैठक राखेका थिए। देउवाले पदाधिकारी बैठक बालुवाटारमै गरेपछि यसको चौतर्फी आलोचना भइहरेको छ। यसै सन्दर्भमा कांग्रेसका युवा नेता गगन थापालगायतका नेताहरूले देउवालाई पार्टीको बैठक बालुवाटारमा नराख्न आग्रह गरेका छन्। आफूले देउवालाई बालुवाटारमा पार्टीको बैठक नराख्न अनुरोध गरेको नेता थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत् जनाएका हुन्। ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं। उहाँले पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो, तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्न’ भन्ने विश्वास दिलाउनु भएको...
जनताले सधै दुःख पाइराख्ने, नेताहरु रातारात धनी बन्दै जाने

जनताले सधै दुःख पाइराख्ने, नेताहरु रातारात धनी बन्दै जाने

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, अव राजनीतिक दल र तिनका नेताहरु इमान्दार बन्नु पर्ने आबश्यकता देखिएको छ । नेताहरु इमान्दार भएनन् भने देश बन्न सक्दैन । सवै भन्दा ठूलो कुरा के हो भने इमान्दारीता हो । हाम्रो देशमा नेताहरु इमानदार र पारदर्शी बन्न सकेका छैनन् । जसले जे सुकै भनोस् अहिले पहिला जस्तो निष्ठाको राजनीति छैन । अव नेताहरुको आचरण र व्यवहारमा परिवर्तन आउन जरुरी छ । जनताले सधै दुःख पाइराख्ने, नेताहरु रातारात धनी बन्दै जाने यो स्थिती छ । यसरी देशको भबिश्य निर्माण गर्न सकिदैन । अव गम्भिर भएर सवैले सोच्ने बेला आएको छ । जनताको बिश्वास माथि कसैले पनि खेलवाड गर्ने काम गर्नु हुदैन । जनताको विश्वास जित्न इमानदारीता, पारदर्शीता र निष्ठाको राजनीति चाहिन्छ । निष्ठाको राजनीतिले नै देशको भाग्य र भबिश्य निर्माण गर्न सक्छ । देशलाई बिकास र समृद्धिको बाटोमा अघि बढाउन इमान चाहिन्छ । कुराले मात्र देश बनाउन सकिद...
पढे लेखेका मान्छेको कुरा सुन्ने हो भने देश बन्छ

पढे लेखेका मान्छेको कुरा सुन्ने हो भने देश बन्छ

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सुरुकै दिनमा कोभिडविरुद्ध सबै नेपालीलाई खोप लगाउने निर्णय गरेका छन् । अहिले सबै नेपालीको प्रमुख चाहना भनेकै कोरोनाविरुद्धको खोप लगाउनुमा रहेको छ । देउवा आम नेपाली जनताका आशाका केन्द्र बनेका छन । मलाई मन पर्ने नेता शेर बहादुर देउवा हुन । किन भने उनी अरु नेता भन्दा इमान्दार छन । देउवा अनुभवी प्रधानमन्त्री पनि हुन । उनी नेपाली जनतालाई राम्रो ख्याल गर्छन । देउवा लप्पन छप्पन नभएका नेता हुन । उनी पढे लेखेका नेता हुन । उनी औठा छाप होइनन् । मुलुक औठा छापले चल्दैन । उनी बढी मिडियामा आउन चाहादैनन् । देउवा जे बोल्छन त्यो गर्छन । यो कुरा म बुझेको छु । ओली राजको अन्त्य भएको छ । ओली अहंकारी थिए । त्यही अहंंकारीले ओली सकिए । ओली सकिनु पर्दथ्यो सकिए ठिक भो । जनताले ओली मन पराएका थिएनन् । उखान टुक्काले देश चल्दैन । देश ...
नेकपा(एमाले)को स्थायी कमिटी बैठक आज बस्दै

नेकपा(एमाले)को स्थायी कमिटी बैठक आज बस्दै

राजनीति, समाचार
नेकपा(एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएका हुन् । बालकुमारीस्थित तुलसीलाल अमात्य प्रतिष्ठानको हलमा बस्ने आजको बैठकमा प्रतिनिधि सभा विघटन र उक्त मुद्दामा सर्वोच्च अदालतले दिएको फैसलामा पार्टीको आधिकारिक धारणाबारे छलफल हुने बताइएको छ । स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई बोलाइएको भएपनि नेपाल पक्ष बैठकमा उपस्थित हुने मनस्थितिमा देखिएको छैन । असार २८ गते सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेसँगै देउवा प्रधानमन्त्री नियुक्त भइसकेका छन् । देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने एमालेका २३ सांसदहरुप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले तिव्र असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री निवास छाडेर आफ्नो बालकोट निवास गएको दिन असार २९ गते प्रधानमन्त्री ओलीले माधव न...
देउवा एक महिनाभित्र विश्वासको मत लिनुपर्ने र भदौमा पार्टीको महाधिवेशन गर्नुपर्ने दबाबमा

देउवा एक महिनाभित्र विश्वासको मत लिनुपर्ने र भदौमा पार्टीको महाधिवेशन गर्नुपर्ने दबाबमा

राजनीति, समाचार
संवैधानिक व्यवस्थाअनुसार आगामी भदौभित्र नेपाली कांग्रेसको १४औं महाधिवेशन गर्नैपर्ने बाध्यता छ। महाधिवेशनको तयारी तीव्रगतिले अघि बढ्न नसकेका बेला कांग्रेसलाई सरकारको नेतृत्व गर्ने अवसर आइपुगेको छ।पूर्ववर्ती प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनमा जाने निर्णयलाई बदर गर्दै सर्वोच्च अदालतले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री दाबी गरेका शेरबहादुर देउवालाई सो पदमा नियुक्त गर्न परमादेश जारी ग¥यो। सोहीअनुसार कांग्रेस संसदीय दलका नेता एवं पार्टी सभापति देउवा मंगलबार प्रधानमन्त्री भएका छन्। मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी समालेका देउवा एक महिनाभित्र विश्वासको मत लिनुपर्ने र भदौमा पार्टीको महाधिवेशन गर्नुपर्ने दबाबमा छन्। भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने भनिएको कांग्रेसको १४औं महाधिवेशनमा सभापतिको प्रत्यासी बन्ने जनाउँदै तयारी थालेका देउवाले नेतृ...