आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

न्याय क्षेत्र पनि भ्रष्टाचारको अखडा बनिरहेको छ

न्याय क्षेत्र पनि भ्रष्टाचारको अखडा बनिरहेको छ

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, आज देशमा केन्द्रदेखि प्रदेश तथा स्थानीय तहमा सम्म अनियमितता बढेर गएको छ । जनताले कर तिरेर जम्मा भएको राज्यकोष माथि मन लागी भइरहेको छ । अझै पनि जनतालाई चुस्ने क्रम बढिरहेको छ । मुलुकको आर्थिक अवस्था दिनानुदिन जर्जर बन्दै गइरहेको छ । तर पनि विभिन्न बहानामा राज्यकोषमा लुट मच्चाउने काम बढिरहेको छ । राज्यकोषको दोहन गर्ने क्रम बढ्नुले मुलुक आर्थिक रूपमा टाट पल्टिरहेको छ । यो बिषयमा गम्भिर बन्ने कहिले ? जनतालाई चुसेर मुलुकमा बिकास र समृद्धि हुदैन । आज हामीले देखिरहेका छौं कि दलहरुले जनताको पक्षमा काम गर्न सकिरहेका छैनन् । जनतालाई भ्रममा राखेर कति दिन राजनीति गर्ने यो मेरो गम्भिर प्रश्न हो । आज जनता भ्रममा छन । अब राजनीतिक दल र नेताहरुले भ्रमको राजनीति गर्न छोडनु पर्छ । आज जनता धेरै चेतनशिल र जागरुप भइसकेका छन । जनतालाई छल्ने ढाँटने युग समाप्त भइसकेको छ । यो युग भनेको प्र...
पुरानो पुस्ताले अब देशको बिकास गर्न सक्दैन

पुरानो पुस्ताले अब देशको बिकास गर्न सक्दैन

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, अब देश बनाउने भनेको युवाहरुले हो । आज युवा पुस्ता राजनीतिमा अघि बढदै छन । पुरानो पुस्ताबाट नेतृत्व आफनो हातमा लिन युवाहरु लागेकै छन । युवा भनेका देशका कर्णधार हुन्, । पछिल्लो समयमा देशको जिम्मा युवालाई दिनु पर्छ भन्र्ने मान्यता रहदै आएको छ । युवाहरु बिना मुलुकको विकास र समृद्धि हुन सक्दैन । पुरानो पुस्ताले अब देशको बिकास गर्न सक्दैन । राजनीति भनेको समाज सेवा हो । राजनीतिको नाममा ब्यापार भइरहेको छ । यसमा सुधारको खाँचो छ । देशको विकास र जनताको हितका निम्ति नेताहरु इमान्दारका साथ लाग्नु पर्छ । विकास र समृद्धि नारामा मात्र होइन, ब्यवहारमा लागु गर्नु पर्छ । ऊर्जाशील युवा सत्तामा पुगे मुलुक गतिशील हुन सक्छ ।पछिल्लो समयमा राजनीतिप्रति युवाहरूको बढ्दो संलग्नता देखिएको छ । यो राम्रो सकेत हो । युवाहरू नयाँ सोच र नयाँ योजना लिएर अघि बढनु पर्छ । राष्ट्रियस्तरका सबै राजनीतिक द...
पहिलो महिला आईटि ईन्जिनियर गुनकेशरी प्रधान मानन्धरलाई ‘वुमन आईकन आईसिटी अवार्ड’

पहिलो महिला आईटि ईन्जिनियर गुनकेशरी प्रधान मानन्धरलाई ‘वुमन आईकन आईसिटी अवार्ड’

राजनीति, समाचार
नेपालकै पहिलो महिला आईटि ईन्जिनियर गुनकेशरी प्रधान मानन्धर यो वर्षको ‘एनसेल वुमन आईकन आईसिटी अवार्ड’बाट सम्मानित हुनुभएको छ । सूचना तथा प्रविधि क्षेत्रमा लामो समयदेखि योगदान गरेवापत आईसिटी अवार्डको छैठौं संस्करणको समारोहमा उहांले उक्त अवार्ड जित्न सफल हुनुभएको हो । सूचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उहांलाई उक्त अवार्ड सहित नगद ३ लाख पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । लिभिङ विथ आइसीटीले काठमाडौंमा आयोजना गरेको ग्राण्ड फिनालेमा सूचनाप्रविधिको क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुको हौसला बढाउने उद्देश्यले आयोजित उक्त समारोहमा विभिन्न ११ विधामा ४०० बढीको अनलाइन आवेदन परेको थियो। जसमध्ये वरिष्ठ सूचना विज्ञ मानन्धरले उक्त विधामा सर्वोत्कृष्ट वुमन आईकन आईसिटी अवार्ड हात पार्न सफल हुनुभएको हो ।अवार्ड जिते पछि छोटो मन्तव्य राख्दै उहांले ‘महिलाहरुलाई अवसरको खांचो भएको र महिलाले ...
कम्युनिस्टहरूमा फुट आउनु नै कांग्रेसलाई फाइदा

कम्युनिस्टहरूमा फुट आउनु नै कांग्रेसलाई फाइदा

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोस्रोपटक निर्वाचित भए संगै काँग्रेस अब कसरी अघि बढछ बहसको बिषय बनेको छ । देउवा सभापतिमा .निर्वाचित भए सगै उनी सामु अबसर र चुनौति दुबै आएका छन । आउँदा दिनमा उनले पाटीै कसरी हाँक्छन त्यो नै महत्वपूर्ण सवाल बनेको छ । यसपटकको महाधिवेशनबाट नेतृत्व हस्तान्तरण र पुस्तान्तरणका कुरा उठेका थिए । तर सोचे जस्तो त्यस्तो परिणाम आएन । महामन्त्रीपदमा गगन थापा र बिश्वप्रकाश शर्माले बाजी मारे संगै काँग्रेसमा युवा जमातको मनोवल भने राम्रै किसिमले बढेको हुनु पर्छ ।नेतृत्व नै युवाको हातमा जानु पर्ने हो तर त्यसतो हुन सकेन । अहिलेको यो चुनाबी अभ्यासले प्रभावशाली नेता डा मिनेन्द्र रिजाल र डा प्रकाश शरण महत महामन्त्री पदमा नराम्रो संग पराजित भए । रिजालले त नैतिकताको आधारमा मन्त्री पदबाट समेत राजीनामा दिए । यद्यपि देउवाले पुनः दोस्र...
अब देउवाले काँग्रेसलाई कसरी अगाडी बढाउँछन ?

अब देउवाले काँग्रेसलाई कसरी अगाडी बढाउँछन ?

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, नेपाली काँग्रेसमा फेरि शेर बहादुर देउवा सभापतिमा निर्बाचित भएका छन । देउवा सभापतिमा निर्वाचित भए संगै चुनौति र अबसर दुबै उनी सामु खडा भएर आएका छन । पार्टी भित्रको आन्तरिक मदभेद मिलाउनु उनको प्रमुख दायित्व रहने छ । पार्टीका बरिष्ठ नेता राम चन्द्र पौडेललाई चित्त बुझाएर संगै लैजानु पर्ने जिम्मा पनि देउवाको काँध माथि नै छ । सभापति पदमा पराजित डा शेखर कोइरालालाई पनि मिलाएर लैजानु पर्ने जिम्मेवारी देउवा माथि छ । अब देउवाले काँग्रेसलाई कसरी अगाडी बढाउँछन त्यो हेर्न आम कार्यकर्ता चासोका साथ बसेका छन । नेपाली काँग्रेसको चौधौं महाधिबेशनबाट देउवा फेरी दोहोरिनु नेपाली काँगे्रसका लागी फाइदा हो वा घाटा त्यो उनैले जानुन् । शेखर कोइराला पनि काँग्रेस पार्टी भित्र लोकप्रिय नेता नै हुन । देउवाले सभापतिमा जित्नुमा प्रकाश मान सिंहको ठूलो भूमिका छ । उनी पहिलो चरणमा आफै सभापति पदमा भिडे...
मनोज आचार्य महाधिवेशन प्रतिनिधिमा निर्वाचित, कांगे्रस ईश्वरपुरमा अझ लोकप्रिय

मनोज आचार्य महाधिवेशन प्रतिनिधिमा निर्वाचित, कांगे्रस ईश्वरपुरमा अझ लोकप्रिय

राजनीति, समाचार
काठमाडौं । युवा व्यवसायी एवं समाजसेवी मनोज आचार्य सर्लाही जिल्लाकै एक परिचित नाम हो । छोटो समयमा नै राजनीतिमा सफलता हात पारेका आचार्य नेपाली काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । दुई वर्षको कोभिड १९ को महामारीमा आफ्नो ज्यानको बेवास्ता गर्दै ईश्वरपुर नगरवासीका लागि अहोरात्र खटिने आचार्य ग्यालेक्सि एक्सिलेन्स अवार्डमा कोभिड हिरो अवार्डबाट समेत सम्मानित भएका थिए । उनको जीतले सम्पूर्ण सर्लाही जिल्लावासी उत्साहित देखिएका छन । जिल्लाको विकास उन्नती र प्रगतिको लागि सधैंं तत्पर रहने युवा अव राजनिति मार्फत देशकै मुहार फेर्ने अभियानमा लागेपछि ईश्वरपुरवासी मात्र नभएर जिल्लावासीमा नै हर्षोल्लास छाएको छ । उनी सर्लाही क्षेत्र नम्बर १ बाट संस्थापन इतर पक्ष बाट महाधिवेशन प्रतिनिधिमा ३४८ मतका साथ विजयी भएका हुन् । महाधिवेशन प्रतिनिधि विजयी भएपछी उनले भने,’मेरो लगनशलिता र समाजसेव...
युवाहरूको प्रतिनिधित्व गर्ने एक पात्र  बिनिता खड्का

युवाहरूको प्रतिनिधित्व गर्ने एक पात्र बिनिता खड्का

राजनीति, समाचार
हिजो राजनीति भन्दा नाक खुम्चाउने र ‘पोलिटिक्स इज डर्टी गेम’ भन्ने युवा अहिले राजनीतिमा चाख राख्न थालेका छन् । राज्यको नीति नै राजनीति भन्ने बुझेर यसैबाट देशको भविष्य कोर्ने सङ्कल्पसहित नेतृत्वको होडबाजीमा लागेका युवाले नेपाली राजनीतिमा नयाँ आशाको सञ्चार गराएको छ । दलहरूले महाधिवेशनबाट नेतृत्व चयनको अभ्यास थालेसँगै यसमा युवा पङ्क्तिको आकंक्षा निक्कै देखिएको छ । काँग्रेसको जारी वडा अधिवेशनदेखि एमालेको केन्द्रीय महाधिवेशनसम्म नेतृत्वमा युवा हस्तक्षेप बढेको छ ।यिनै युवाहरूको प्रतिनिधित्व गर्ने एक पात्र हुन रामेछापकी बिनिता खड्का । अघिल्लो पटक १९ वर्षमा सबैभन्दा कान्छी महाधिवेशन प्रतिनिधिको रूपमा चुनिएकी खड्का दोस्रो पटक नेपाली काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिमा बनिन् । त्यति बेला कान्छी महाधिवेशन प्रतिनिधिका रूपमा चुनिएकी आफूलाई केन्द्रीय नेतृत्वमा उभ्याउने योजना थियो । पार्टीको विद्...
नवौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयनमा परेकालाई प्रमाणपत्र प्रदान

नवौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयनमा परेकालाई प्रमाणपत्र प्रदान

राजनीति, समाचार
नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१ को मनोनयनमा परेका उत्कृष्ट पाँचलाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । शुभकामना मिडिया सोलुशनको आयोजनामा भएको म्यूजिक खबर म्यूजिक अवार्डको ४२ विधाका उत्कृष्ट पाँचमा परेका स्रष्टा र कलाकारलाई प्रमाणपत्र प्रदान गरिएको हो । राष्ट्रिय भावको गीत, पप गीत, लोकदोहोरी गीत, चलचित्र गीत, आधुनिक गीत र गजलका उत्कृष्ट पाँचमा परेका स्रष्टा, सर्जक, कलाकार र प्राविधिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।पूर्व मन्त्री तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय कलाकार फोरमका अध्यक्ष रामप्रसाद खनाल, संगीत उद्योग संघका अध्यक्ष सूर्य मगर, गीतकार संघका निवर्तमान अध्यक्ष चूडामणी देवकोटा, नेपाल सांगीतिक संघका महासचिव सन्तोष श्रेष्ठ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष चन्द्र शर्मा, पश्चिमाञ्चल सां...
सिद्धान्तका कुरा गरेर मात्र जनता सन्तुष्ट हुँदैनन्

सिद्धान्तका कुरा गरेर मात्र जनता सन्तुष्ट हुँदैनन्

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, यतिबेला देशको राजनीति ठिक ढङ्गले अघि बढन नसकेको हो की जस्तो भान भइरहेको छ । राजनीति गर्ने नेता देश र जनता प्रति इमान्दार हुनुपर्ने हो, त्यो अझै देखिन सकेन । राजनीति गर्ने भनेको देश र जनताका लागि हो । यहाँ त राजनीति आफनै स्वार्थका लागि गरेको देखियो । यसरी देश र जनताको उन्नति र प्रगति हुन सक्दैन । नेपालको राजनीतिमा नेता धनी बन्दै जाने अबस्था देखियो । देश र जनताको अबस्था हिजो जस्तो थियो आज पनि त्यस्तै छ । जनताको जीवनमा कुनै परिवर्तन आउन सकेन । ब्यवस्था बदलियो तर जनताको अवस्था उस्तै छ । यसरी राजनीति चल्दैन । राजनीतिक दल र तिनका नेताहरूले जनताको पक्षमा काम गर्न सक्नुपर्छ । देशलाई अघि बढाउने काम राजनीति दल र तिनका नेताको हो । राजनीतिक दलले आ–आफ्नै प्रकारले आस्था र सिद्धान्तको तय गरेका हुन्छन् । तर, त्यस अनुसार काम गरेको देखिएन । सिद्धान्त एकातिर ब्यवहार अर्को तिर गर्ने ...
दसौं महाधिवेशनमा एमाले

दसौं महाधिवेशनमा एमाले

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, दसौं महाधिवेशनमा एमाले यति बेला नेकपा एमाले दसौं महाधिवेशनमा छ। चितवनमा हुन गइरहेको यो महाधिवेशनले बिशेष महत्व राखेको छ । राजनीतिक दलहरूले यतिबेलाको समयलाई महाधिवेशनको समय बनाएका छन्। देश नै राजनीतिक महाधिवेशनमय बनेको छ। एमालेको महाधिवेशनलाई धेरैले विशेष चासोका साथ नियालिरहेका छन्। आगामी एमाले कस्तो हुने बहस भइरहेको छ। त्यसैले उतारचढाव, टुटफुट र एकताको बीचबाट हुन लागेको यो महाधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ । पार्टीलाई नेपाली कम्युनिस्ट आन्दोलनको भरोसा योग्य पार्टी बनाउने गरी दसौं महाधिवेशन सम्पन्न गर्नुपर्छ भन्ने भनाई हो। एमाले महाधिवेशन कसरी सम्पन्न हुन्छ भन्ने बिषयले यतिबेला निकै महत्त्व पाएको छ। किनकि टुटफुट र एकताको आधारमा यो महाधिवेशन सम्पन्न हुन गइरहेको छ । देशको नेतृत्व गर्ने पार्टी संग दुरदर्शीता चाहिन्छ । त्यो सबै नेतामा हुनु पर्छ । आजको दुनियामा दु...