आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

१ लाख पचास हजार घुष नगदसहित कर अधिकृत पक्राउ

१ लाख पचास हजार घुष नगदसहित कर अधिकृत पक्राउ

अपराध
घुस रकमसहित आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृत पक्राउ परेका छन्।बुधबार साँझ अन्नपूर्ण होटेलमा बसेर एक लाख ५० हजार घुस रकम लिइरहेको अवस्थामा कर अधिकृत रमेश ढकाल र विचौलिया नवीन कर्ण पक्राउ परेका हुन्। उनीहरुलाई सेवाग्राहीबाट घुस रकम लिँदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिवासले जनाएको छ। दुवै जनाले एकजना डिष्टिलरी उद्योगीसँग कर वापतको रकम मिलाइदिने नाममा घुस लिएको अख्तियारका अधिकारीले जानकारी दिएका छन्। उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। ...
महाशिवरात्रिमा कोरोना प्रभाव : घट्यो साधुसन्तको संख्या

महाशिवरात्रिमा कोरोना प्रभाव : घट्यो साधुसन्तको संख्या

समाचार
कोरोना महामारीको जोखिम कायमै रहेका कारण यस वर्ष पशुपतिक्षेत्रमा विगत वर्षका महाशिवरात्रिको भन्दा साधुसन्तको आगमन घटेको छ । विगत वर्षमा महाशिवरात्रिको अघिल्लो दिनसम्म करिब चार हजार साधुसन्त आउने गरेकामा यस वर्ष अहिलेसम्म एक हजार ५०० देखि दुई हजारसम्म साधुसन्तको मात्र उपस्थिति रहेको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयले जनाएको छ। पशुपति मूल मन्दिर परिसरमा बस्ने नागाबाबाको सङ्ख्या पनि अहिलेसम्म करिब १०० मात्र रहेको कार्यालय प्रमुख उमा आचार्यले बताए।    विगत वर्षमा ४५० देखि ५०० नागाबाबा पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिको अवसरमा दर्शनमा आउने गर्नुभएको अभिलेख कार्यालयसँग छ। नागाबाबा सबैजसो भारतका विभिन्न स्थानबाट आउने गरेकाे जनाइएको छ। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकाल पनि विगत वर्षमाभन्दा साधुसन्तको सङ्ख्या यसपटक ५० प्रतिशतले नै घटेको बताउँछन्। महाशिवरा...
प्रसिद्ध सरोदवादक मोहनसुन्दर श्रेष्ठको निधन

प्रसिद्ध सरोदवादक मोहनसुन्दर श्रेष्ठको निधन

समाचार
नेपालका प्रसिद्ध सरोदवादक मोहनसुन्दर श्रेष्ठको निधन भएको छ । नेपालको शास्त्रीय संगीतमा अतुलनीय योगदान पु¥याउने श्रेष्ठको ८० वर्षको उमेरमा निधन भएको हो । काठमाडौं, नरदेवीका मोहनसुन्दर श्रेष्ठ स्थानीय बासिन्दा हुन् । दरबारमार्गस्थित होटल अन्नपूर्णमा लामो समयसम्म सरोदवादमा व्यस्त थिए । उनी दृष्टिविहीन थिए । ‘यो सरोद नै मेरो आँखा हो’, भन्ने गर्थे । वरिष्ठ सितार तथा सरोदवादक नारायणप्रसाद श्रेष्ठसँगको सान्निध्यमा मोहनसुन्दरले १२ वर्षको उमेरदेखि नै सरोद सिक्न थालेका थिए । ६ वर्षको निरन्तर साधनापछि मोहनसुन्दरले बल्ल सरोदका धुन ठम्याएका थिए। उनी २०२६ सालमा राष्ट्रिय नाचघरमा जागिरे भए। २०३७ देखि २०६८ सम्म उनी करारमा रेडियो नेपालका संगीतकार बने। गायक शिवशंकरका गीतहरूमा सुनिने सरोद मोहनसुन्दरकै सिर्जना थियो । तर, रेडियो नेपालले उनलाई विना सूचना अवकाशपत्र थमाइदिएपछि होटल अन्नपूर्णमा सरोदवादनक...
प्रधानमन्त्रीमा निरन्तरता पाउन ओलीलाई चुनौती

प्रधानमन्त्रीमा निरन्तरता पाउन ओलीलाई चुनौती

राजनीति
सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रलाई पुरानै ठाउँमा फर्काइदिएपछि निकै खुसी भएका प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता पाउन भने निकै चुनौती देखिएको छ । ओलीले कुनै पनि बेला संसद्मा आफ्ना पक्षमा बहुमत सिद्ध गर्नुपर्ने अवस्था आएको छ । संसद्का अबका बैठकमा आएका कुनै पनि प्रस्ताव वा विधेयक पारित गराउन ओलीलाई प्रमुख चुनौती छ । संविधानविद् डा. विपीन अधिकारी भन्छन्, ‘संसद्मा सरकारले ल्याएका कुनै पनि प्रस्ताव वा विधेयक पारित हुन सकेनन् भने माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा र कांग्रेस वा जसपाले सहयोग नगरेमा सरकार अप्ठेरोमा पर्नेछ ।’ प्रधानमन्त्री राजीनामा दिन नखोजेपछि अब विश्वासको मत नदिएर वा अविश्वासको प्रस्तावबाटै उनलाई हटाउनुपर्ने अवस्था छ । सरकारले ल्याएका कुनै पनि प्रस्ताव अस्वीकार भएमा नैतिक रुपमा ओलीले विश्वासको मत लिनुपर्ने अवस्था आउनेछ । सरकारलाई दिएको स...
आज टुँडिखेलमा बढाइँ कवाजसहित विशेष समारोहका साथ सेना दिवस मनाउँदै

आज टुँडिखेलमा बढाइँ कवाजसहित विशेष समारोहका साथ सेना दिवस मनाउँदै

समाचार
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस बिहीबार मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने बढाइँ कवाजसहितको विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुनेछिन् । नागरिकको आस्था र भरोसाको केन्द्रबिन्दुका रुपमा रहेको नेपाली सेनाको उनी परमाधिपति हुन् । समारोहमा राष्ट्रपतिबाट नेपाल एकीकरणको इतिहास, नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलको परिचय र सिपाही वार्षिक–२०७७ लोकार्पणका साथै ‘फ्रि–फल जम्प’मा प्रथम र द्वितीय हुनेलाई पुरस्कार वितरण हुनेछ । सैनिक मञ्च, टुँडिखेलमा मुख्य समारोह तथा मुलुकभर सेनाका सबै कार्यालय, विभाग, फर्मेशन, पृतना, बाहिनी, युनिट तथा सव–युनिटले पनि आआफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरी सेना दिवस भव्यताका साथ मनाउने...
महाशिवरात्रिमा बिहानैदेखि पशुपतिमा लाखौँ भक्तजन

महाशिवरात्रिमा बिहानैदेखि पशुपतिमा लाखौँ भक्तजन

समाचार
महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लागेको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि नै खुला गरिएको थियो । ढोका खुल्नुअघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनको भीड पशुपति क्षेत्रमा लाग्यो । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा पर्ने दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवलाई खुशी पार्ने विशेष दिन हो । बिहीबार दिउँसो २ः५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शुक्रबार दिउँसो २ः५१ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि बिहीबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । परब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरूप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा ...
भगवान् शिवको विशेष पूजा गरी आज महाराशिवरात्रि मनाइँदै

भगवान् शिवको विशेष पूजा गरी आज महाराशिवरात्रि मनाइँदै

समाचार
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । बिहीबार दिउँसो २ः५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शुक्रबार दिउँसो २ः५१ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि बिहीबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । पर ब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आरा...
देशभरमा चालक अनुमतिपत्रका लागि आवेदन दिने चार लाख ५२ हजार

देशभरमा चालक अनुमतिपत्रका लागि आवेदन दिने चार लाख ५२ हजार

समाचार, समाज
देशभरमा गरी चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या चार लाख ५२ हजार पुगेको छ । यो सङ्ख्या गत पुस २९ देखि अहिलेसम्मको देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुन चाहने सेवाग्राहीको हो । लामो समयसम्म अवरुद्ध सेवा अहिले खुलेकाले एकै पटक धेरै सेवाग्राहीले भरेको यातायात व्यवस्था कार्यालयले जनाएको छ । झण्डै १० महिनासम्म अवरुद्ध सेवा खुल्दा एकै पटक भीड भए पनि अहिले कम भइरहेको सूचना प्रविधि निर्देशक पवित्र डङ्गोलले बताए । परीक्षार्थीले अनलाइनमार्फत फारम भर्न पाउने भएकाले जुनसुकै स्थानमा भए पनि फारम भरिरहेका छन् । उनले भने, “जुनसुकै समयमा र अनलाइन भएकाले सेवाग्राहीलाई फारम भर्न सजिलो भएको छ ।” गत वर्ष चैतदेखि कोभिड–१९ का कारण सरकारले नयाँ चालक अनुमतिपत्रको स्थगित गरेको थियो । झण्डै १० महिनासम्म अनुमतिपत्र बन्द भएर अहिले खुलेकाले पहिलो महिना चाप रहेको सूचना प्रविधि ...
आज ७८१६८७४ कित्ता सेयर ४ अर्ब १० करोड रुपैयाँ बराबरमा कारोबार

आज ७८१६८७४ कित्ता सेयर ४ अर्ब १० करोड रुपैयाँ बराबरमा कारोबार

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ३ अघिल्लो दिनभन्दा ३.४ अङ्क अर्थात् ०.१४ प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स २४५८.४९ अङ्कमा बजार बन्द भएको छ। आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २४७९.६२७५ र कममा २४४६.०८८४ पुगेको थियो। आज ७८१६८७४ कित्ता सेयर ४ अर्ब १० करोड रुपैयाँ बराबरमा कारोबार भएर बजार बन्द भएको छ। ‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने आज ०.०२ अंकले बढेर ४४५.२३ अंकमा पुगेको छ। नेप्सेमा सूचिकृत कूल २०५ कम्पनीको सेयर किनबेच भएको हो। नेप्से आज केहि घटेपनि केहि कम्पनीकोको सेयर मूल्यमा उच्च वृद्धि भयो। पछिल्लो समय लगातार बढिरहेको चन्द्रागिरी हिल्सको मूल्य आज पनि सर्वाधिक १० प्रतिशतले बढ्यो। घलेम्दी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्सको मूल्य पनि १० प्रतिशतको हाराहारीमा बढ्यो। यस दिन रैराङ हाइड्रोको मूल्य भने सबैभन्दा धेरै ४.६ प्रतिशतले घटेको छ। त...
हिमालयन बैंक लिमिटेडले पाटन दरवार क्षेत्रमा भएको पुरातात्विक महत्वको मन्दिर पुनर्निर्माणको लागि १ करोड सहयोग प्रदान

हिमालयन बैंक लिमिटेडले पाटन दरवार क्षेत्रमा भएको पुरातात्विक महत्वको मन्दिर पुनर्निर्माणको लागि १ करोड सहयोग प्रदान

समाचार, समाज
 हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाटन दरवार क्षेत्रमा भएको पुरातात्विक महत्वको मन्दिर पुनर्निर्माणको लागि काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टलाई १ करोड प्रदान गरेको छ । बंैक संचालक समितिका अध्यक्ष तुलसी प्रसाद गौतमले ट्रष्टका कन्ट्री प्रोग्राम डाइरेक्टर रोहित कुमार रन्जितकारलाई बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक समाहरोका बिच सो सम्बन्धि चेक हस्तान्तरण गरे ।  उक्त अवसरमा बैंकका कार्यकारी अधिकृत अशोक शम्सेर राणा, बैंकका महाप्रबन्धकहरु सुशिल जोशी, अनुप मास्के, सहायक महाप्रबन्धक विपिन हाडा तथा ट्रष्टका संचालक  प्रतिमा पाँडेको उपस्थिति थियो ।  बैंकले आफ्नो स्थापना काल देखिनै स्वास्थ्य, शिक्षा, प्राकृतिक विपत्तिमा परेकाहरु, संस्कृतिक सम्पदाहरुको संरक्षण÷पुनस्र्थापना वित्तिय साक्षरता, वातावरण संरक्षण, जनचेतना, आदि जस्ता क्षेत्रमा...