बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

Author: तथ्यखबर

कुलमान नै विद्युत प्राधिकरणमा  दोहोरीने संभावना

कुलमान नै विद्युत प्राधिकरणमा दोहोरीने संभावना

राजनीति, समाचार
भदाै २० काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङले निरन्तरता पाउनुहुने भएको छ ।आज बसेको मन्त्रिपरिषद बैठकमा प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नै निरन्तरता दिने विषयमा उर्जामन्त्री बर्षमान पुनले प्रस्ताव पेश गर्नुभएको छ ।मन्त्रिपरिषदमा प्रस्ताव पेश भएसँगै प्राधिकरणमा घिसिङले नै निरन्तरता पाउने सम्भावना उच्च देखिएको छ। काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङले निरन्तरता पाउनुहुने भएको छ ।आज बसेको मन्त्रिपरिषद बैठकमा प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नै निरन्तरता दिने विषयमा उर्जामन्त्री बर्षमान पुनले प्रस्ताव पेश गर्नुभएको छ ।मन्त्रिपरिषदमा प्रस्ताव पेश भएसँगै प्राधिकरणमा घिसिङले नै निरन्तरता पाउने सम्भावना उच्च देखिएको छ। ...
वैज्ञानिकले शरीरभित्रै नयाँ कलेजो विकास गरे

वैज्ञानिकले शरीरभित्रै नयाँ कलेजो विकास गरे

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
काठमाडौं। अमेरिकी वैज्ञानिकहरुले कलेजो बिग्रिइसकेको शरीरभित्र नयाँ स्वस्थ कलेजो विकसित गर्ने काममा सफलता पाएका छन् । अहिले अनुसन्धानको क्रममा वैज्ञानिकहरुले सुँगुरको शरीरभित्र नयाँ स्वस्थ कलेजो विकसित गरेका हुन् । उनीहरुले यो सफलतासँगै अब मानिसको शरीरमा पनि यसैगरी नयाँ कलेजो विकसित गर्न सकिने बताएका छन् । पिट्सवर्ग युनिभसिर्टीका वैज्ञानिकहरुले ६ वटा सुँगुरहरुको लिम्फ नोडमा पूर्ण आकारको कलेजो विकसित गरेका हुन् । वैज्ञानिकहरुको यो अनुसन्धानको रिपोर्ट विश्वविद्यालयको आधिकारिक वेबसाइटमा प्रकाशित गरिएको छ। वैज्ञानिकहरुका अनुसार अध्ययनका क्रममा जनावरको कुनै एक अंग कुनै रोगका कारण बिग्रिएमा पनि यो स्वस्थ हुने र शरीरले अर्को अंग विकसित गर्न सक्ने पाइएको बताएका छन् । वैज्ञानिकहरुका अनुसार कलेजोमा आफैंलाई विकसित गर्ने क्षमता हुन्छ । यसको सानो भाग मात्रै प्रत्यारोपण गरिएमा पनि यो विस्तारै वि...
वडा अध्यक्षले संक्रमितका परिवारलाई घरमै थुनेर लगाइदिए ताला

वडा अध्यक्षले संक्रमितका परिवारलाई घरमै थुनेर लगाइदिए ताला

समाचार, समाज, स्वास्थ्य
भदाै २० काठमाडाैं कोभिड–१९ संक्रमित भक्तपुर नगरपालिका–१० कमलविनायकका एक पुरुषको घरमा नौ जनालाई घरभित्र राखेर वडाध्यक्षले ताल्चा लगाइदिएका छन्। करिव ४९ वर्षीय पुरुषमा गत बुधबार कोरोना भाइरस संक्रमण पुष्टि भएपछि खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रको आइसोलेशनमा राखिएको थियो। यसपछि श्वासप्रश्वासमा समस्या आएपछि हाल उनको पाटन अस्पतालमा उपचार भइरहेको छ भने परिवारलाई बाहिरबाट ताला लगाएर भित्रै राखिएको छ। कोरोना संक्रमित परिवारलाई होम आइसोलेशनमा राखेर जनप्रतिनिधिले आवश्यक परामर्श र सहयोग गर्नुपर्नेमा उल्टैभित्र राखेर बाहिरबाट ताल्चा मारिदिएपछि पीडित परिवार थप मानसिक तनाबमा परेको संक्रमितका परिवारले बताएका छन्। वडाध्यक्षसहितको टोलीले संक्रमित पुरुषकी आमासहित परिवारका चार जना र घरमा डेरागरी बस्ने पाँच जना गरी नौ जना घरभित्र नै राखेर घरको मूल ढोकामा ताल्चा लगाएर साँचो छिमेकीलाई दि...
बार्सिलोना छाड्न नसक्ने निर्णयमा पुगे मेस्सी

बार्सिलोना छाड्न नसक्ने निर्णयमा पुगे मेस्सी

अन्तराष्ट्रिय, खेलकुद, समाचार
भदाै २० काठमाडौं । लियोनल मेस्सी यो सिजन स्पेनिस क्लब बार्सिलोनामै रहने भएका छन् । पछिल्लो २ सातादेखि बार्सिलोना छाड्ने बताउँदै आएका मेस्सीले अन्ततः क्लब नछाड्ने घोषणा गरेका हुन् ।आफूलाई अनुबन्ध गर्नका लागि अन्य कुनै पनि क्लबले ‘रिलिज क्लज’मा उल्लेख गरिएको रकम तिर्न असम्भव रहेको र आफूले माया गरेको क्लबलाई अदालतसम्म डोरयाउन नचाहेको भन्दै मेस्सीले यो सिजन बार्सिलोना नछाड्ने निश्कर्षमा पुगेको बताएका हुन् । बार्सिलोना छाड्ने भन्दै अघिल्लो हप्ताको मंगलबार मेस्सीले क्लबका अध्यक्ष जोसेफ मारियो बर्तमोउलाई पत्र लेखेका थिए । तर, बार्सिलोनाले भने उनको करारमा रहेको ७० करोड युरो तिरे मात्रै अन्य क्लबले उनलाई अनुबन्ध गर्नसक्ने बताएको थियो ।गोल डटकमसँगको कुराकानीमा मेस्सीले भनेका छन्, क्लब छाडेर जान म स्वतन्त्र छु भन्ने मलाई लागेको थियो । अध्यक्षले मलाई यो सिजनको अन्त्यमा तिमि यहाँ बस्ने कि नबस्ने भ...
डब्ल्यूएचओ  भन्छ : २०२१ को मध्य भन्दा अगाडि कोरोनाको खोप आउने सम्भावना छैन

डब्ल्यूएचओ भन्छ : २०२१ को मध्य भन्दा अगाडि कोरोनाको खोप आउने सम्भावना छैन

समाचार, स्वास्थ्य
भदाै १९ काठमाडौं। कोरोना महामारी शुरु भएको करिब ७ महिना पुरा भएको छ। र कुनै खोप नभएको यो महामारिविरुद्ध विश्वभर कम्तिमा १० वटा खोपमाथि अनुसन्धान जारी छ। रुसले हालै कोरोनाको खोप बनिसकेको र अब बजारमा आउने बताएको छ। तर, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भने २०२१ को मध्यभन्दा अगाडि खोप बजारमा आउने सम्भावना नरहेको बताएको छ। डब्ल्यूएचओकी प्रवक्ता मार्गेरट ह्यारिसले अहिले कोरोनाका खोपहरुको तेस्रो चरणको परीक्षण चलिरहेको भन्दै यो परीक्षण निकै लामो हुने बताएकी छन्। राष्ट्र संघको एक सभालाई सम्बोधन गर्दै ह्यारिसले हाल बनेका केही खोपहरुले ५० प्रतिशत पनि काम नगरेको उल्लेख गर्दै क्लिनक परीक्षण लामो समय जाने भन्दै खोप तत्कालन बजारमा आउने सम्भावना नरहेको बताइन्। रुसले खोप बनिसकेको दावी गरेको छ भने चीनले पनि खोप यही वर्षको अन्त्यसम्म तयार हुने दावी गरेको छ। उता अमेरिकाले पनि खोपबारे छिटै गुड न्य...
नेपाललाई विश्व बैंकले दियो १ अर्ब २७ करोड अनुदान

नेपाललाई विश्व बैंकले दियो १ अर्ब २७ करोड अनुदान

आर्थिक, समाचार
विश्व बैंकले नेपाललाई १ अर्ब २७ करोड रुपैयाा (१ करोड ८५ लाख डलर) बराबरको अनुदान सहायता उपलब्ध गराएको छ । अनुदान सहायता उपलब्ध गराउने सम्बन्धमा शुक्रबार हस्ताक्षर भएको छ । विद्यालय क्षेत्र विकास कार्यक्रममा खर्च गर्ने गरी विश्व बैंकबाट यो सहायता उपलब्ध भएको हो । कोरोना महामारीको संकटकाबीच आधारभूत शिक्षामा पहुाच कायम राख्न र बालबालिकाको सिकाइमा निरन्तरता दिन यो सहायताले मद्दत गर्ने विश्व बैंकले जनाएको छ । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)बाट यो सहायता उपलब्ध हुन लागेको हो । विद्यालय क्षेत्र विकास कार्यक्रम विश्व बैंकसहित एसियाली विकास बैंक, यूरोपियन यूनियन, फिनल्याण्ड, ग्लोबल पार्टनरसिप फर एजुकेशन, जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी, नर्वे, यूएसआइडी, यूनिसेफलगायत निकायको सहयोगमा सञ्चालनमा रहेको छ । जीपीई कोभिड १९ द्रुत कोषबाट प्राप्त भएको यो अनु...
गोकर्णेश्वर नगरपालिका द्वारा कोरोना संक्रमितको हाल सम्मको अवस्था सार्वजनिक

गोकर्णेश्वर नगरपालिका द्वारा कोरोना संक्रमितको हाल सम्मको अवस्था सार्वजनिक

समाचार, स्वास्थ्य
काठमाडौं ,भाद्र १९।  गोकर्णेश्वर नगरपालिकाले नगरपालिका भित्रका कोरोना संक्रमितको २०७७ भाद्र १८ गते सम्मको अवस्था सार्वजनिक गरेको छ । जस अनुसार हाल सम्म गोकर्णेश्वर नगरपालिकामा ९० जना पुरुष र ५२ जना महिला गरि कुल १४२ जना कोरोना संक्रमित रहेको जानकारी गराएको छ।  त्यसैगरि हाल सम्म नगरपालिकामा २६ जना पुरुष र १३ जना महिला गरि कुल ३९ जनाले कोरोना जितेर घर फर्किएका छ भने नगरपालिकामा १ जनाको कोरोनाका कारण मृत्य भएको जानकारी गराएको छ । हाल सम्म नगरपालिकामा ६१ जना पुरुष र ४१ जना महिला गरि कुल १०२ जना सक्रिय संक्रमित रहेको जानकारी दिदै ४७ जना पुरुष  र ३३ जना महिला गरि कुल ८० जना होम आइसोलेसनमा बसेको जानकारी गराएको  छ ।त्यसै गरि अस्पतालको आइसोलेसंमा १६ पुरुष र ६ जना महिला गरि कुल २२ जना रहेको जसमा २ जनाको अवस्था क्रिटिकल रहेको पनि जानकारी गराएको छ । त्यसैगरि हाल सम्म नगर...
ललितपुरको झडप शान्त पार्न खटिएका प्रहरी निरिक्षक सहित १८ जना कोरोना संक्रमित

ललितपुरको झडप शान्त पार्न खटिएका प्रहरी निरिक्षक सहित १८ जना कोरोना संक्रमित

समाचार, स्वास्थ्य
भदाै १९ काठमाडौं। रातो मछिन्द्रनाथको रथ तान्नेक्रममा बिहीबार ललितपुरको पुल्चोक क्षेत्रमा भएको झडप शान्त गर्न खटिएका १८ जना प्रहरीमा कोरोना संक्रमण् भएको पुष्टि भएको छ।स्रोतका अनुसार त्यहाँ खटिएका कमाण्डर प्रहरी निरीक्षकसहित १८ जना प्रहरीमा कोरोना देखिएको हो। उनीहरु सबैलाई शुक्रबार आइसोलेशनमा पठाइएको स्रोतले जनाएको छ। बिहीबार रातो मछिन्द्रनाथको रथ तान्न प्रशासनले रोक लगाए पनि स्थानीयले हुल्दंगा गरेका थिए। प्रहरीले रोक्न खोज्दा झडपसमेत भएको थियो। झडपमा ४ प्रहरी, ७ सशस्त्र प्रहरी, ४ जना पत्रकार र एकजना बटुवा घाइते भएका थिए।एकजना ट्राफिक प्रहरीमाथिसमेत निर्मम कुटपिट भएको थियो। बिहीबार झडप भएपछि शुक्रबार कर्फ्यू लगाइएको छ। ...
बुढानीलकण्ठ नगरपालिकामा ११ जना कोरोना संक्रमित थपिए

बुढानीलकण्ठ नगरपालिकामा ११ जना कोरोना संक्रमित थपिए

समाचार, स्वास्थ्य
भाद्र १९ काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा  ११ जना कोरोना संक्रमित थपिएका छन। भाद्र १९ गते शुक्रवार बुढानिलकण्ठ नगरपालिकाका संक्रमितहरुमा  वडा नं ३ नारायणस्थानका  ६५ वर्षिया एक पुरुष, निलोपुलका ४० वर्षिया एक महिला रहेका छन भने वडा नं ४ ज्ञानभूमि विद्यालय नजिकैका ३५ वर्षिया एक पुरुष र एक महिला, ७ वर्षिया एक पुरुष, २४ वर्षिया एक महिला रहेका छन। त्यस्तै   वडा नं ५  विष्णुमतिका  ३४ र ३२ वर्षिया  महिला , वडा नं ६ हात्तिगौँडाका  ३६ वर्षिया एक पुरुष ,वडा नं ८ भंगालका  ३४ वर्षिया एक पुरुष र वडा नं १३ कौडोलबाट ५० वर्षिया एक पुरुषमा संक्रमण देखिएको छ। ...
अर्थमन्त्री डा युवराज खतिवडाद्वारा राजीनामा

अर्थमन्त्री डा युवराज खतिवडाद्वारा राजीनामा

राजनीति, समाचार
भदाै १९ काठमाडौं। अर्थमन्त्री डा युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्। उनले शुक्रबार अपराह्न राजीनामा दिएको बालुवाटार स्राेतले जनाएकाे छ।डा खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन्। सांसद नभएको व्यक्ति मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री ओलीले उनलाई गएको फागुन २० मा दोस्रो पटक मन्त्री नियुक्त गरेका थिए। तत्कालीन सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड घुस मागेको अडियाे टेप बाहिरिएपछि बास्कोटाले पदबाट राजीनामा दिएपछि खतिवडाले सञ्चार मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्दै आएका थिए। सांसद नभएको व्यक्ति मन्त्री नियुक्त भएको ६ महिना भित्र सांसद नभए मन्त्री पद स्वतः निष्क्रिय हुने संवैधानिक व्यवस्था भएका कारण डा. खतिवडाको पद शनिबार निष्क्रिय हुँदै थियो। यसरी पद समाप्ता हुनु अघि नै उनले प्रधानमन्त्री समक्ष राजीनामा दिएका हुन्।राष्...