आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

नेपाली सेयर बजारमा आज फेरि अर्को रेकर्ड कायम

नेपाली सेयर बजारमा आज फेरि अर्को रेकर्ड कायम

आर्थिक, समाचार
नेपाली सेयर बजारले आज फेरि अर्को रेकर्ड कायम गरेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज झण्डै ४३ अंकले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेप्से इन्डेक्स ४२.७२ अङ्क अर्थात् १.४३ प्रतिशत बढेर ३०२५.८३ बिन्दुमा आज बजार बन्द भएको छ। आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा ३०५१.०२३६ र कममा ३००९.१४५७ पुगेको थियो। आज ३५०२७३६३ कित्ता सेयर १८ अर्ब ८८ करोड बढी रुपैयाँमा कारोबार भयो। नेप्सेमा सूचिकृत कूल २२१ कम्पनीको सेयर किनबेच भएको हो। यसदिन सबैभन्दा धेरै होटल तथा पर्यटन समूहका कम्पनीको मू्ल्य बढेको छ। सरकारले निषेधाज्ञा खुकुलो बनाउँदै खोल्ने तयारी गरेपछि होटल समूहतर्फ लगानीकर्ता झुम्मिएका हुन। आज १२ कम्पनीको सेयर मूल्य सर्वाधिक वृद्धि भएको हो । ...
काठमाडौं महानगरपालिकाले आज र भोलि कोरोना विरुद्धको खोप लगाउने

काठमाडौं महानगरपालिकाले आज र भोलि कोरोना विरुद्धको खोप लगाउने

समाचार, स्वास्थ्य
 काठमाडौं महानगरपालिकाले आज र भोलि कोरोना विरुद्धको खोप लगाउने भएको छ। खोप अभावका कारण रोकिएको खोप अभियान अन्तर्गत आज र भोली काठमाडौंका विभिन्न स्थानहरुमा खोप लगाउने महानगरका स्वास्थ्य विभाग प्रमुख हरि बहादुर कुँवरले जानकारी दिए। उनका अनुसार जेठ २५ गते काठमाडौं उपत्यकालगायत देशभर सुरु भएको खोप अभियान काठमाडौंमा खोप अभावका कारण स्थगित भएको थियो। खोप अभाव भएपछि जेठ २७ गते सूचना जारी गरेर नै स्थगित गरेको कुँवरको भनाइ छ। उनी खोकिएको खोप जेठ ३१ गते सोमबार र असार १ गते मंगलबार पुनः संचालनमा ल्याउन लागेको बताउँछन्। उनका अनुसार महानगरपालिकाले ६०–६१ वर्ष उमेर समूहका नागरिक, भेरोसेलको पहिलो मात्रा लगाएका व्यक्ति, कोरानाका बिरामीको उपचार जाँच र प्रत्यक्ष उपचारमा संलग्न चिकित्साकर्मी, प्यारामेडिक्स, नर्सिङका विद्यार्थीलाई भेरोसेल खोपको पहिलो मात्रा लगाइने छ। खोप लगाउन वीर अस्पताल, मह...
खुकुलो पारिएको निषेधाज्ञा  सोमबार राति १२ बजेदेखि लागू

खुकुलो पारिएको निषेधाज्ञा सोमबार राति १२ बजेदेखि लागू

समाचार, समाज
काठमाडौँ उपत्यकाका केही सेवामा सहजीकरण गर्दै असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । खुकुलो पारिएको निषेधाज्ञा  सोमबार राति १२ बजेदेखि लागू हुनेछ । यसपालिको आदेशमा भने अत्यावश्यक खाद्य सामग्री खरीद-विक्रीका लागि बिहान ११ बजेसम्मको समय तोकिएको छ । यसअघि ९ बजेसम्मका लागि मात्रै खुला थियो । तरकारी, फलफूल, खाद्यान्न, दूध, डेरीजन्य परिकार, मासु, खानेपानी, ग्यास पसल, किराना, डिपार्टमेन्टल स्टोर्स ग्रोसरी मात्र खुला हुनेछ । स्थानीय ढुवानीका साधन भने राति ९ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ । यसपटकको आदेशमा पुस्तक पसल र प्रिन्टिङ प्रेस पनि बिहान ११ बजेसम्म खुला गरिएको छ । विगतमा पुस्तक पसल खोल्न दिइएको थिएन । विकास निर्माणजन्य सामग्री पसल ९छड, सिमेन्ट, विद्युत्, हार्डवेयर पसल० दिउँसो ४ बजेपछि मात्रै सञ्चालन गर्न सकिने र ठूलो परिमाणको ढुवानी राति मात्र गर्न...
आज जेठ ३१ गते सोमबारको राशिफल

आज जेठ ३१ गते सोमबारको राशिफल

राशिफल, समाचार
मेष राशि चु, चे, चो, ला, लि, लु, ले, लो, अ आफ्नो जोडीको सुंदर मुडले तपाईंको दिन रोशन हुन सक्छ। किन्न बाहिर जानु अघि तपाईंसँग भएका वस्तुहरूको प्रयोग गर्नुहोस्। तपाईं पार्टीको योजना गर्दै हुनुहुन्छ भने आफ्ना राम्रा मित्रहरूलाई निमन्त्रण गर्नुहोस् , त्यहाँ तपाईंको जयकार गर्ने धेरै मान्छे हुनेछन्। के तपाईंले कहिल्यै अदुवा र गुलाबसँगको चकलेट सुँघ्नुभएको छरु तपाईंको प्रेमी जीवन आज त्यस्तै स्वादिलो हुनेछ। तपाईं र तपाईंको जोडी आफ्ना साना मुद्दाहरूमा झगडा गर्नुहुनेछ तर यसले पछि गएर तपाईंको विवाह बर्बाद हुन सक्छ। अरूले भनेका वा सुझाव दिएका कुरामा भरोसा नगर्नुहोस्। बृष राशि इ, उ, ए, ओ, बा, बि, बु, बे, बो आफ्नो निराशावादी मनोवृत्तिको कारण तपाईं कुनै प्रगति गर्न असमर्थ हुनुहुन्छ। यो तपाईंलाई चिन्ताले आफ्नो सोच्ने शक्ति घटेको छ भन्ने महसुस गर्नको लागि सही समय हो। उज्यालो तर्फ हेर्नुहोस् र ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारवाही निष्पक्ष र स्वच्छ नभएको ठहर:सर्वोच्च अदालत

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारवाही निष्पक्ष र स्वच्छ नभएको ठहर:सर्वोच्च अदालत

समाचार, समाज
सर्वोच्च अदालत अन्तर्गतको संवैधानिक इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारवाही निष्पक्ष र स्वच्छ नभएको ठहर गरेको छ । पदाधिकारी तथाकर्मचारी नियुक्ति र उनीहरूको खटनपटनको प्रक्रियालगायतका कार्यबाट आयोग निष्पक्ष नभएको ठहर हुने इजलासले स्पष्ट गरेको हो । इजलासले योग्यतान पुगेको व्यक्तिलाई आयोगको प्रमुख आयुक्तमा नियुक्त गरिएको, आयोगका पदाधिकारी र कर्मचारी उपर नै भ्रष्टाचारको मुद्दा लाग्ने गरेको तथा आयोगमा पदाधिकारी तथा कर्मचारी नियुक्ति प्रक्रियामा नै संशय पैदा हुने गरेका कारण आयोग निष्पक्षन भएको उल्लेख गरेको छ । अख्तियार आफैले घुस रकम दिई सार्वजनिक निकायमा कार्यरत व्यक्तिलाई पक्राउ गर्ने कार्यविरुद्ध दायर भएको रिट निवेदनमाथि भएको अन्तिम आदेशको पूर्ण पाठ तयार गर्ने क्रममा शुक्रबार संवैधानिक इजलासले आयोगको निष्पक्षतामाथि नै प्रश्न उठाएको हो । सो विषयमा इजलासले गतवैशाख ८ गते रिट ...
रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात

रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात

आर्थिक, समाचार
कोभिड–१९ को सङ्क्रमणका कारण गम्भीर बिरामीको उपचारमा सहज बनाउन सरकारी निकायका साथै निजी व्यवसायीले पनि रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात गरिरहेका छन् । चीन सरकारको सहयोगमा केही दिन अगाडि भित्रिएको एक हजार ५०० सिलिण्डरका साथै निजी व्यवसायीबाट पनि अक्सिजन सिलिण्डर आयात गर्ने काम भइरहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार दोस्रो लहरको कोरोना सङ्क्रमण बढेपश्चात वैशाखदेखि हालसम्म निजी क्षेत्रका व्यापारी व्यवसायीले करिब १० हजार थान अक्सिजन सिलिण्डर नेपाल भित्र्याइसकेका छन् । मानव उपचारका लागि आयात गरिएका कुनै पनि माल सामग्री चीनको उत्पादक कम्पनीबाट रसुवागढीको मितेरी पुल पुग्नासाथ तुरून्तै भन्सार प्रक्रिया पूरा गरी काठमाडौँ पठाउने कामलाई पहिलो प्राथमिकता दिइएको भन्सार कार्यालयका कर्मचारीले बताएका छन् । कोरोना सङ्क्रमणको असरले बिह...
मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको सम्भावना

मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको सम्भावना

समाचार, समाज
जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । यस वर्ष नेपालमा शुक्रबारदेखि प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशबाट आगमन भएको मनसुन हाल लुम्बिनी र गण्डकी प्रदेशसम्म सक्रिय हुँदै देशभर फैलिने क्रममा छ । मनसुन सक्रियतासँगै ठूला तथा मझौला नदीहरुमा जल प्रवाह उल्लेख्य बढ्ने, साना नदीनाला तथा खहरे खोलाहरुमा आकस्मिक बहाव भई तराई र चुरे क्षेत्रहरुमा डुबानसमेत हुनसक्ने अत्यधिक सम्भावना रहेको विभागको आकलन छ । विभागले शनिबार विज्ञप्तिमार्फत मनसुनको अवधिभर आम सर्वसाधारणलगायत सम्पूर्ण सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । हावापानी प्रारूपहरुका आधारमा यस वर्ष नेपालमा मनसुनको अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा तथा प्रदेश नं १ को...
उपत्यकाको निषेधाज्ञा एक साता आर्थिक गतिविधिलाई चलाउमान गर्न  लुजडाउन गर्ने

उपत्यकाको निषेधाज्ञा एक साता आर्थिक गतिविधिलाई चलाउमान गर्न लुजडाउन गर्ने

समाचार, समाज
गृह मन्त्रालयले कोभिड–१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ ।  जेठ २१ गतेबाट जेठ ३१ गतेसम्म कडा लकडाउन गरेकोमा अब भने कोरोना सक्रमण दर अलि घट्दै गएकाले अब आर्थिक गतिविधिलाई चलाउमान गर्न आवश्यक भएकाले पनि स्वास्थ्य मापदण्ड अपनाएर लकडाउनलाई थोरै खुकुलो बनाएर लुजडाउन गर्ने विषयमा छलफल भइरहेको छलफलमा सहभागी एक प्रमुख जिल्ला अधिकारीले बताए ।  कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न जारी काठमाडौँ उपत्यकाको निषेधाज्ञाको मोडालिटीमा थोरै परिवर्तन गरेर अझै एक साता लकडाउन लम्बिने भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले शुक्रबार आन्तरिक छलफल गर्दै यस्तो तयारी गरेका छन् । उपत्यकाको संक्रमणदर थोरै घटे पनि अझै जोखिमकै अ...
विश्वविद्यालयले स्नातक तह परीक्षाको नतिजा यसै साताभित्र प्रकाशन गर्ने

विश्वविद्यालयले स्नातक तह परीक्षाको नतिजा यसै साताभित्र प्रकाशन गर्ने

शिक्षा, समाचार
विश्वविद्यालयले स्नातक तह परीक्षाको बाँकी नतिजा पनि यसै साताभित्र प्रकाशन गर्ने जनाएको छ । स्नातक तहमा मानविकी सङ्कायतर्फ तेस्रो वर्षको नियमिततर्फका विद्यार्थीको नतिजा प्रकाशित हुन बाँकी छ । अन्य सङ्काय तथा अध्ययन संस्थानका चौथो वर्षका विद्यार्थीको परीक्षाफल प्रकाशित हुन सकेको छैन । त्रिविमा हाल स्नातक तहमा तीनवर्षे र चारवर्षे कार्यक्रम सञ्चालनमा छन् । शिक्षाध्यक्ष भुसालले नतिजा प्रकाशनका लागि काम भइरहेको जानकारी दिए । उत्तरपुस्तिका परीक्षण सकिएको र उपत्यका बाहिरबाट उत्तरपुस्तिका आउने क्रममा रहेको उनले जानकारी दिए । उत्तरपुस्तिका परीक्षणको काम सकिएकाले अब केही दिनमा नतिजा प्रकाशन गरिने उनको भनाइ छ । बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय परिसरमा पाल टाँगेर भए पनि प्राध्यापकलाई काम पूरा गरिदिन आग्रह गरिएको छ । कोरोना भाइरस महामारीका कारण विश्वविद्यालयका प्राध्यापकहरू डराएकाले परीक्षण ...
आज शनिवारको राशिफल

आज शनिवारको राशिफल

राशिफल, समाचार
मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ  स्वास्थ्य स्थिती ठीक हुनेछ। आफ्ना परिवारका सदस्यहरू प्रति तपाईंको हावी मनोवृत्तिले मात्र अनावश्यक तर्क सुरु हुनेछ र दोषारोपण ल्याउन सक्छ। तपाईंका प्रियले प्रतिबद्धता खोज्नेछन् , पुर्याउन नसक्ने प्रतिज्ञा नगर्नुहोस्। आज तपाईंको बातचीतको पक्ष बलियो हुनेछ। आफ्नो जोडीको स्वास्थ्यले तपाईंलाई चिन्तित राख्न सक्छ। बृष–इ, उ, ए, ओ, बा, बि, बु, बे, बो  एउटा लाभदायी दिन हो र तपाईं दीर्घ रोगबाट राहत पाउन सक्षम हुन सक्नुहुनेछ। आफ्नो परिवारको हितको लागि कठिन काम गर्नुहोस्। तपाईंको कार्य प्रेम र सकारात्मक दृष्टिद्वारा गरिएको हुनुपर्छ, तर लोभद्वारा होइन। आफ्नी प्रेमीकाको उट्पट्याङ्ग व्यवहारले तपाईंको मुड उदास बनाउन सक्छ। आफ्नो ठूलो भरोसाको फाइदा लिएर बाहिर जानुहोस् र केही नयाँ सम्पर्क र मित्र बनाउनुहोस्। ठूलो खर्चको कारण आफ्नो जोडीसँग तप...