कशिस दाहाल अभिनित चलचित्र ‘रोशनी’को नयाँ गीत (भिडियो)
चलचित्र ‘रोशनी’को नयाँ गीत सार्वजनिक भएको छ । निर्माण टिमले फिल्म ‘रोशनी’को गीत ‘अधुरो छु म तिमी बिना’ युटुबमार्फत रिलिज गरेको हो। सार्वजनिक भएको फिल्मको गीतमा ओम सुनार र अन्जु पन्तको आवाजमा सजिएको छ भने शब्द संगीत ओमले नै गरेका छन्।गीतको भिडियोमा फिल्मका मुख्य कलाकार कशिस दाहाल र रमेश अब्जुले अभिनय गरेका छन्।
गीत रिलिज भएपछि अभिनेत्री दाहाल निकै उत्साहित भएकी छन्। उनले फिल्म निकै राम्रो बनेको र यस फिल्मले आफुलाई उचाईमा पुर्याउन सहयोग गर्ने बताईन।माया प्रेम र द्धन्दमा आधारित फिल्ममा कशिस र रमेशका अलवा नितल पल,सुरज राना,मेनुका गिरी लगायतको मुख्य भुमिका रहेको छ। फिल्मलाई अभिनेता रमेशले नै लेखेका हुन् भने निर्देशन खुब बहादुर सुनार रहेका छन्।
https://youtu.be/etBhfuf7lIM
सम्पादन गौतमराज खड्का,एक्सन गोपाल परियार र बीर मास्टर र डिओपी अर्नुन कुमार सुनार रहेका छन्। यस फिल्ममा अर्जुन पो...









