आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
‘पाँचौ मिस गुरुङ्ग इन्टरनेसनल’को आवेदन खुल्ला

‘पाँचौ मिस गुरुङ्ग इन्टरनेसनल’को आवेदन खुल्ला

मनोरन्जन, समाचार
भाषा, सभ्यता, संस्कृति, भेष–भुषा आदिको संरक्षण गर्ने उदेश्यले आयोजना हुँदै आइर्रहेको मिस गुरुङ्ग इन्टरनेसनल सौन्दर्य प्रतियोगिताको पाचौँ सस्करण मृगतृष्णा फेसन हाउसले यही भाद्र १० गते देखी सुरु गर्दैछ । मिस गुरुङ्ग इन्टरनेसनल पाचौँ सस्करणको अडिसन काठमाडौं, पोखरा, चितवन, बुटवल, गोरखा, इटहरी र सिक्किममा समेत हुनेकुरा आयोजक संस्थाकि अध्यक्ष तृष्णा गुरुङले जानकारी गराइन | छानेका उल्लेखित शहरहरुबाट छानिएर आएका प्रतियोगिहरुलाई काठमाडौंमा ब्यक्तित्व बिकास, भाषा–संस्कृति, जीवन बिज्ञान लगायतका बिभिन्न बिषयहरुमा सम्बन्धित क्षेत्रका बिशेषज्ञहरुबाट २१ दिने तालिम तथा ज्ञान प्रदान गरिएसँगै उनीहरुलाई बिभिन्न सामाजिक कार्यहरुमा समेत संलग्न गराए पश्चात एक बिशेष समरोहका बीच असोज २९ गते “मिस गुरुङ्ग इन्टरनेसनल” लगायत बिभिन्न शीर्षकका बिजेताहरु घोषणा गरिनेछ । मिस गुरुङ्ग इन्टरनेसनल पाचौँ सस्करणमा सहभागी...
‘मिस ग्रेस एसइइ’को ताज रीतु र चोनिफाईलाई

‘मिस ग्रेस एसइइ’को ताज रीतु र चोनिफाईलाई

मनोरन्जन, समाचार
अन्तरनिहित प्रतिभा उजागर तथा उनीहरुको ब्यक्तित्व विकासमा सहयोग पुर्याउने उदेश्यका साथ साइपाल एकडेमीको प्रस्तुतीमा ग्रेस ईभेन्टले आयोजना गरेको मिस ग्रेस एसइइको शिर्ष ताज  रीतु कार्की तथा चोनिफाई तामाग्ङ ले चुमेका छन् भने फस्ट रनर अपमा मनिषा लामिक्षाने, सेकेण्ड रनर अपमा  स्वस्तिका सिग्देल , ब्राण्ड एम्बेसडरमा  प्रशुना भुजेल  र फेस अफ ग्रेसमा अनुपा हमाल ठकुरीले क्रमशः ताज जितेका छन् । काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघर मा शनिवार आयोजित प्रतियोगितामा अन्य प्रतिस्पर्धीलाई उछिन्दै उनीहरुले सो ताज पहिरिएका हुन । विधागत तर्फ भने मिस ग्रेस  नेपाल तर्फका बिजेता  रीतु कार्कीले मिस र्याम्प वाक र मिस वेष्ट फिगरको अवार्ड आफ्नो हातमा पार्दा मिस ग्रेस एसइइ तर्फकी बिजेता  चोनिफाई तामाग्ङ ले मिस बव्ली र मिस एथ्लेटको अवार्ड समेत हात पारिन । उक्त प्रतियोगिता को फस्ट रन...
भारतकै प्रतिष्ठित ‘हिन्दुस्तान रत्न अवार्ड’ नेपालका गायक तथा मोडल म्याक्सलाई

भारतकै प्रतिष्ठित ‘हिन्दुस्तान रत्न अवार्ड’ नेपालका गायक तथा मोडल म्याक्सलाई

मनोरन्जन, समाचार
मुम्बई । गायक तथा मोडल म्याक्स नेपाललाई भारतको मुम्बईमा भएको एक भव्य कार्यक्रमका वीच ‘हिन्तुस्थान रत्न अवार्ड’ प्रदान गरिएको छ । चर्चित गायक उदित नारायण झा,चर्चित म्यूजिक डाईरेक्टर स्माईल दरवार,भारतिय फाईट डाईरेक्टर टिनु बर्माले संयुक्त रुपमा गायक म्याक्सलाई अवार्ड प्रदान गरेका हुन ।मुम्बई ग्लोबल प्रेजेन्ट्स हिन्दुस्तान रत्न अवार्ड २०२३ को द क्लब, मुम्बईमा राजकुमार तिवारीद्वारा भव्य रूपमा आयोजना गरिएको थियो। भारतका चर्चित कलाकार रोनित रोय लगायत धेरै सेलिब्रेटीलाई यस प्रतिष्ठित अवार्डबाट सम्मानित गरिएको थियो । प्रख्यात कोरियोग्राफर तथा निर्देशक रेमो डिसुजा प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने गेस्ट अफ अनर डा।बु अब्दुल्लाहको उपस्थिति थियो । कार्यक्रमका सह आयोजक वैभव शर्मा थिए, जसले आफ्नो निर्दोष एङ्करिङले पनि सबैलाई मोहित बनाएका थिए ।समारोहमा रोनित रोय, रेमो डिसुजा, उदित नारायण, इस्माइल दरब...
परिचयको मेल भर्सन बजारमा(भिडियो)

परिचयको मेल भर्सन बजारमा(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौँ । नेपाली गीत संगीत र साहित्यको क्षेत्रमा नमिता दवाडी परिचित नाम हो । लामो समयदेखि न्युजल्याण्डमा बस्दै आएकी गीतकार नमिता दवाडीको ले परिचय बोलको गीतको भिडियोको फिमेल भर्सनको सफलतासँगै मेल भर्सन पनि बजारमा ल्याएकी छिन् । श्रेया अगस्तीको स्वर रहेको सार्वजनिक गीतमा नमिता दवाडीको शब्द शृजना, ज्ञानेन्द्र गिरीको संगीत तथा विशाल निरौलाको एरेन्ज रहेको छ । भिडियोले पुरुष शरीर भित्रको महिला मनोविज्ञानमा आधारित तेस्रो लिंगी (एलजिबिटीक्यूए) हरुको अस्तित्वको खोज र जीवन संघर्षको कथालाई देखाउन खोजेको गीतकार दवाडी बताउँछिन् । समाजमा तेस्रो लिंगीहरुले भोग्नु परेको पिडा र हेयको दृष्टीमाथिको प्रश्न सार्वजनिक गीतको भिडियोमा उठाइएको छ । गीतले तेस्रो लिंगीहरुले पनि समाजमा ससम्मान, समान अधिकार पाएर बाँच्न पाउनु पर्छ भन्ने आशय व्यक्त गरेको गीतकार दवाडी बताउँछिन् । भिडियोमा कमल सिंह मुख्य भूमिकामा रहेका छ...
पिम नेपाल फिल्म फेष्टिवलको पाँचौ संस्करण सम्पन्न

पिम नेपाल फिल्म फेष्टिवलको पाँचौ संस्करण सम्पन्न

मनोरन्जन, समाचार
पहिलो चलचित्र आमाकी अभिनेत्री भुवन चन्दलाई दिर्घसाधना सम्मान प्रदान गर्दै पाँचौ पिम नेपाल फिल्म फेष्टिवल भब्य रुपमा सम्पन्न भएको छ । साँस्कृतिक संस्थानमा तीन दिन सम्म चलेको फेष्टिवलको समापन समारोहमा बिभिन्न बिधाका उत्कृष्ट चलचित्र, कलाकार तथा प्राबिधिकहरूलाई अवार्ड प्रदान गरिएको हो । जहाँ आर्यन सिग्देल र प्रमिला कार्कीले उत्कृष्ट अभिनेता अभिनेत्रीको अवार्ड प्राप्त गरेका छन् । फेष्टिवलमा सिग्देलले चलचित्र डिडेम्बर फल्स र कार्कीले चलचित्र बगानबाट उक्त अवार्ड प्राप्त गरेका हुन् । यस्तै चलचित्र लाखेबाट सम्राट बस्नेतले उत्कृष्ट फिचर फिल्म निर्देशकको अवार्ड प्राप्त गरे भने सर्वोत्कृष्ट फिचर फिल्मको अवार्ड चलचित्र प्रकाशबाट निर्देशक दिनेश राउतले प्राप्त गरेका छन् । चलचित्र प्रकाशबाटै सर्वोत्कृष्ट फिचर फिल्म लेखकको अवार्ड बिकास सुबेदीले प्राप्त गरे भने सर्वोत्कृष्ट भिएफएक्स आर्टिष्टको अवार्ड स...
आजबाट राजधानीमा पाँचौं पिम नेपाल फिल्म फेस्टिबल

आजबाट राजधानीमा पाँचौं पिम नेपाल फिल्म फेस्टिबल

मनोरन्जन, समाचार
काठमाडौंको जमल स्थित सांस्कृतिक संस्थानको हलमा बुधबारबाट तीन दिवसीय ‘पाचौं पिम नेपाल फिल्म फेस्टिबल–२०२२’ सुरु भएको छ । नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले बुधबार यो फेस्टिबलको उद्घाटन गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रथम उपराष्ट्रपति झाले यस्तो प्रकारका महोत्सबले चलचित्र क्षेत्रका कलाकार प्राविधिक र निर्माताहरुलाई थप उर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै फेस्टिबलको सफलताको कामना गरे । महोत्सबमा बसेर उनले नेपाली चलचित्र प्रकाश पनि हेरे ।महोत्सको उद्घाटन समारोहमा चलचित्रसँग सम्बन्धित ८ वटा संस्थाका नवगठित कार्यसमितिका पदाधिकारीलाई बधाई पत्र प्रदानसहित आगामी सफल कार्यकालको कामना गरियो । कार्यक्रममा नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्देशक समाज, चलचित्र पत्रकार संघ नेपाल, चलचित्र नृत्य संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र द्धन्द्ध कलाकार संघ र चलचित्र संघका...
यस वर्षको ‘मिस्टर एण्ड मिस एसईई आइकन’को उपाधी खत्री र केसीलाई

यस वर्षको ‘मिस्टर एण्ड मिस एसईई आइकन’को उपाधी खत्री र केसीलाई

मनोरन्जन, समाचार
काठमाडौ । “यदि तपाइँ विश्व नेताहरूसँग सामाजिक मुद्दामा छलफल गर्ने मौका पाउनुभयो भने, कुन सामाजिक मुद्दा हुनेछ? किन?” भन्ने प्रश्नको सर्वउकृष्ट उत्तर दिएर मिस तर्फ प्रतियोगि नं. ३३ का प्रजीता के.सी.विजेता भए । भने, मिस्टर तर्फ सम्पूर्ण खत्री विजेता भएका थिए । एएनपी मिडिया हाउसद्वारा राजधानीको जमलस्थित राष्टिय नाचघरमा सम्पन्न ‘मिस्टर एण्ड मिस एसईई आइकन, २०२३’ को फाइनल भएको थियो । प्रतियोगितामा यस वर्ष एसईई दिएका ५४ विद्यार्थीहरुले भाग लिएका थिए । एसईई दिएका छात्र–छात्राहरु वौद्धिक विकास तथा नैतिक क्षमता अभिवृद्धिका तालिम लिएर फाइनल प्रतिस्पर्धामा उत्रिएका थिए। सम्पूर्ण खत्रीले मिस्टर तर्फको शिर्ष उपाधी सहित विधागत तर्फ मिस्टर परफेक्ट र मस्ट डिजर्भिङको अवार्ड पनि हात पार्न सफल भए भने प्रजिता के.सी ले मिसतर्फको शिर्ष ताजसहित विधागत तर्फ मस्ट स्टाइलिस्ट र पब्लिक च्वाइस अवार्ड हात पारिन ।त्य...
समाजसेवी गुरुङको आफ्नो सामाजिक संस्था रन्जिता फाउण्डेसन मार्फत लमजुङका विद्यालयका विद्यार्थीलाई सहयोग

समाजसेवी गुरुङको आफ्नो सामाजिक संस्था रन्जिता फाउण्डेसन मार्फत लमजुङका विद्यालयका विद्यार्थीलाई सहयोग

समाचार, समाज
लमजुङ । लमजुङको बेसीशहर नगरपालिका ६ स्थित चण्डेश्वरी प्राथामिक विद्यालयका बालबालिकालाई शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गरिएको छ । रन्जिता फाउण्डेशनले उक्त विद्यालयका २५ जना बालबालिकाहरुलाई स्कुल व्याग, पोशाक,कापी,कलम,फुटबल लगायत विविध सामाग्रीहरु वितरण गरेको हो । लामो समयदेखि समाजसेवामा सक्रिय रन्जिता गुरुङले व्यक्तिगत पहलमा गरिव निमुखाहरुका लागि आवास निर्माण देखि लिएर विभिन्न खाद्यान्न वितरण गर्दै आईरहेकी छिन । संस्थागत रुपमा संस्था दर्ता पश्चात पहिलो पटक रन्जिता फाउण्डेसन मार्फत उक्त विद्यालयमा शैक्षिक एवं खेलकुद सामाग्री वितरण गरिएको हो । शैक्षिक सामाग्री वितरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी फाउण्डेशनका अध्यक्ष गुरुङले विद्यालयको शैक्षिक गुणस्तरलाई माथि उठाउन आवश्यक सहयोग गर्न सधै तयार रहेका र थोरै भए पनि विद्यार्थीलाई उपयोगी सामाग्री सहयोग गर्न पाँउदा खुशी व्यक्त गर्नु भ...
चौथो जिनियस म्युजिक अवार्डको मनोनयन सार्वजनिक हुँदै

चौथो जिनियस म्युजिक अवार्डको मनोनयन सार्वजनिक हुँदै

मनोरन्जन, समाचार
काठमाडौं । ‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा, सांगीतिक क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साहन एवं सम्मान गर्दै उनीहरूको योगदानको कदर गर्नु जिनियस म्युजिक अवार्डको मूल उद्देश्य रहेको जनाइएको छ । जिनियस म्युजिक प्रा.लि.ले आफ्नो आफ्नो स्थापनाको दशौं वर्ष पूरा गरेको सु-अवसर पारेर ‘जिनियस म्युजिक अवार्ड’ स्थापना गरी २०७६ जेठ ११ गते प्रथम ‘जिनियस म्युजिक अवार्ड-२०७५’ सम्पन्न गरेको थियो । यस संस्थाले आफ्नो हरेक वार्षिकोत्सवको अवसरमा वर्ष गीतसंगीतका लोकप्रिय श्रष्टालाई ‘जिनियस म्युजिक अवार्ड’द्वारा पुरस्कृत तथा सम्मान गर्दै आइरहेको छ । यही मेसोमा स्थापनाको १५औं वार्षिकोत्सवको सु-अवसरमा चौथो संस्करणको अवार्ड गर्न लागेको हो । कम्पनीका प्रबन्ध निर्देशक तथा ...
युनिग्लोव कलेजमा १२ औं व्यापार मेला सम्पन्न

युनिग्लोव कलेजमा १२ औं व्यापार मेला सम्पन्न

शिक्षा, समाचार
काठमाडौँको नयाँ बानेश्वरमा रहेको युनिग्लोब कलेज परीसरमा यही गत सोमबारदेखि शुक्रबारसम्म सञ्चालन भएको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । यस महोत्सवमा २५ भन्दा धेरै स्टल राखिएको छ र ती स्टलहरूमा खानेकुरा सहित बजारमा उत्पादन भएका सामानहरु राखिएको छ । कार्यक्रमका लागि कलेजले विद्यार्थीहरुलाई आर्थिक ऋण उपलब्ध गराउँछ र सो ऋणबाट नै विद्यार्थीहरुले आफ्नो व्यापार सुरु गर्दछन् । कार्यक्रमबाट विद्यार्थीहरुले आफ्नो उद्यमी क्षमता विकास गर्नुको साथसाथै उनीहरुलाई व्यापारको वास्तविक महत्व सिकाउने मुख्य लक्ष्य लिएको छ । यसैगरि उक्त कार्यक्रमबाट विद्यार्थीहरुले व्यवसायका लागि चाहिने बिजनेश प्रपोजल कसरी बनाउने, ऋण कसरी लिने देखि ब्यालेन्स सिट, मार्केटिङ, म्यानेजमेन्ट नेटवर्कीङको बारेमा विस्तिृत रूपमा बुझ्ने अवसर पाउनेछन् । ...