आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
केआईईसीले ‘मल्टीडेस्टीनेसन एजुकेशन फेयर–२०२४’ आयोजना गर्ने

केआईईसीले ‘मल्टीडेस्टीनेसन एजुकेशन फेयर–२०२४’ आयोजना गर्ने

शिक्षा, समाचार
काठमाडौँ– शैक्षिक परामर्श दातृ संस्था केआईईसी प्रालीले शनिवार एक दिने मल्टीडेस्टीनेसन एजुकेशन फेयर–२०२४ आयोजना गर्ने भएको छ। केआईईसीले पुतलिसडक स्थित आफ्नो नवनिर्मित भवनमै विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श प्रदान गर्र्ने उद्देश्यले मेला आयोजना गर्न लागेको हो। मेलामा विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधिबाटै विद्यार्थीले त्यहाँको भौतिक शैक्षिक पूर्वाधार, बसोबास, शिक्षा नीति, लागत खर्च, छात्रवृत्ति लगायतका विषयमा जानकारी लिन सक्ने प्राली प्रवन्ध निर्देशक राजेन्द्र रिजालले जानकारी दिए। केआईईसीले मेलामा सहभागि हुने विद्यार्थीलाई विदेशका प्रमुख शैक्षिक गन्तव्यबारे जानकारी दिनुका साथै उनीहरूलाई विभिन्न छुट र अफरहरूको घोषणा समेत गरेको छ। अष्ट्रेलिया, क्यानडा, अमेरिका, न्यूजील्याण्ड, युके लगायतका मुलुकमा विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई यस मेलामा सम्पूर्ण जानकार...
रोयल एजुकेसनले शुक्रबार ‘अमेरिका क्यानाडा एड्मीसन डे’ आयोजना गर्ने

रोयल एजुकेसनले शुक्रबार ‘अमेरिका क्यानाडा एड्मीसन डे’ आयोजना गर्ने

शिक्षा, समाचार
शुक्रवार नयाँ बानेश्वरस्थित मुख्य कार्यालयमा रोयल एजुकेसन फाउन्डेसनले उच्च शिक्षा हासिल गर्न जान चाहने विद्यार्थीहरूका लागि ‘अमेरिका-क्यानाडा एड्मिसन डे-२०२४’ आयाेजना गर्ने जनाएको हो। रोयल एजुकेसन फाउन्डेसनका प्रवन्ध निर्देशक विष्णुहरी पाण्डेले अमेरिका र क्यानाडामा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूका लागि उक्त ‘एड्मिसन डे’ कार्यक्रम सञ्चालन गर्न लागिएको बताए। उनले भने,‘एड्मिसन डे मार्फत अभिभावक र विद्यार्थीहरूले एकै ठाउँ, एकै समयमा धरै भन्दा धेरै कलेजहरूको बारेमा बुझ्न सक्नुहुनेछ। विश्वविद्यालय प्रोग्राम, ट्युसन फी, रिक्वायरमेन्ट आदिका कुराहरू सम्बन्धित विश्वविद्यालयका प्रतिनिधिहरूबाट बुझ्न पाउनुहुनेछ’। एड्मिसन डेमा विद्यार्थी तथा अभिभावकहरूले अमेरिका र क्यानाडाका विभिन्न विश्वविद्यालयहरूको बारेमा उपलब्ध कोर्षहरू, ट्युसन फी, लाग्ने लागत, भिजा प्रोसेस लगायतका बारेमा जानकारी लिन सक्...
रमा थापाको स्वरमा ‘लेट्स डान्स’ गीतको भिडियो सार्वजनिक(भिडियो)

रमा थापाको स्वरमा ‘लेट्स डान्स’ गीतको भिडियो सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । गीतकार,संगीतकार तथा गायिका रमा थापाको स्वरमा ‘लेट्स डान्स’ गीतको भिडियो सार्वजनिक भएको छ । उनको आफ्नै युट्यब च्यानल ‘रमा थापा आर जे फिल्मस्’बाट सार्वजनिक भिडियोमा स्वयं थापा फिचर्ड छिन भने उनलाई मोडल दिक्षा जिसी र अन्य मोडलअरु ईभा श्रेष्ठ,ओजिना मगर,आध्याश्री पौडेल,अर्चना पाण्डे,पवन चौधरी र दिपेन्द्र रावतले साथ दिएका छन । https://youtu.be/q5zfFeCqDxw डान्सिङ बिटमा रहेको गीतको एरेन्जर विशाल निरौला हुन । मुकेश हुमागाईको छायांकन रहेको भिडियोलाई विनोद बमले सम्पादन एवं कलर ,आशिष रुम्बाले कोरियोग्राफी र शोभा जिसीले निर्देशन गरेकी हुन । लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय रमा थापाका केहि गीतहरु लोकप्रिय छन । भने केहि गीतहरु सार्वजनिक हुने तयारीमा छन । ...
सरानाको स्वर तथा निर्देशनमा ‘तिमि जुन जस्तै लाग्छ प्यारो’(भिडियो)

सरानाको स्वर तथा निर्देशनमा ‘तिमि जुन जस्तै लाग्छ प्यारो’(भिडियो)

मनोरन्जन, समाचार
बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको शब्द रचना रहेको गीत ‘तिमि जुन जस्तै लाग्छ प्यारो’ सार्वजनिक भएको छ । आफ्नो श्रीमती प्रति समर्पित उक्त गीतलाई मदनकृष्णका सुपुत्र तथा गायक यमन श्रेष्ठले संगीत भरेका छन्। उनका सुपुत्री तथा गायिका सराना श्रेष्ठले गीतमा स्वर दिएकी छिन भने गीतको भिडियो समेत उनले नै निर्देशन गरेकी हुन । https://www.youtube.com/watch?v=bxv7iQAlgdU सराना भिडियो निर्देशनका साथै जनचेतनामुलक भिडियो समेत निर्माण निर्देशन गर्दै आईरहेकी छिन । सरानाको नै कन्सेप्ट र निर्देशनमा तयार भएको भिडियोलाई उत्तम हुमागाईले खिचेका छन्। हरि हुमागाईले सम्पादन गरेको भिडियोमा मदनकृष्ण र छोरी सराना फिचर्ड रहेका छन्। ...
‘के भुल गरें थिएँ र मैंले’ भन्दै उमा श्रेष्ठ (भिडियो)

‘के भुल गरें थिएँ र मैंले’ भन्दै उमा श्रेष्ठ (भिडियो)

मनोरन्जन, समाचार
गायिका उमा श्रेष्ठको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो। उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यता सम्पन्न भिडियो सार्वजनिक कार्यक्रममा संचारकर्मीको बाक्लो उपस्थिति रहेको थियो। सार्वजनिक ‘के भुल गरें थिएँ र मैंले’ बोलको गीतमा शब्द रचना अर्जुन थेबेको र संगीत देवराज आले मगरको रहेको छ। कमल एक्चै मगरले निर्देशन गरेको भिडियोको छायाँकन चक्र महर्जनले गरेका हुन्। भिडियोमा सन्तान नहुँदाको पारिवारिक तनाबलाई देखाउन खोजिएको छ। https://youtu.be/Nhsj1l-X3vs भिडियोमा अभिनेता सिमान्त उदास र गायिका उमा श्रेष्ठ फिचर्ड छन्। बिशाल निरौलाको संगीत संयोजन रहेको गीतको भिडियोको सम्पादन निर्देशक स्वयम् कमलको रहेको छ भने कलर संयोजन राजेन्द्र मोक्तानले गरेका छन्। भिडियो सार्वजनिक कर्यक्रममा मेची नगर लेडी जेसिजका संस्थापक क...
गायिका संगम लामिछानेको नयाँ गित‘ए गौरी’(भिडियो)

गायिका संगम लामिछानेको नयाँ गित‘ए गौरी’(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौंँ । चर्चित लोक तथा दोहोरी गायिका संगम लामिछानेको नयाँ गित ‘ए गौरि’ सार्वजनिक भएको छ । बद्री सापकोटा र संगम लामिछाने को स्वर भएको उक्त गितमा कृष्ण लामिछाने को शब्द तथा बद्री सापकोटाको संगित रहेको छ । उक्त गित मा बिनोद बाजुरालि को संगित संयोज रहेको छ भने चर्चित मोडल अञ्जली अधिकारी तथा बिमल अधिकारी साथै रिया खड्का र दिपक पौड्याल को अभिनय रहेको उक्त गित संगम लामिछाने युटुब च्यानल बाट सार्बजनिक भएको छ । https://www.youtube.com/watch?v=BEHZdI6px3A मौसम हिमाली को निर्देशन रहेको उक्त गित नवराज उप्रेतिले खिचेका हुन्। रामेछाप जिल्ला स्थाई घर भएकी बहुचर्चित काठे गित हे मेरो सानु कि गायिका संगम लामिछाने काठ क्षेत्रकी बहुत चर्चित गायिका हुन । काठ क्षेत्र मात्र नभएर पश्चिमि गित सम्म गाउन खप्पिस गायिका लामिछानेले यसपालि भने पश्चिमि गित बजार मा लेराएकि हुन। बहुचर्चित गित बस बस पियार...
नायक संजित भण्डारी र समाजसेवी मेग सुवेदीको ‘साथी’ (भिडियो)

नायक संजित भण्डारी र समाजसेवी मेग सुवेदीको ‘साथी’ (भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । गायकद्वय यम बराल र विश्व नेपालीको स्वरमा रहेको गीत ‘साथी’ को भिडियो सार्वजनिक गरिएको छ । बुधवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको यस गीतमा किरण के उप्रेतीको शब्द, पुष्कर सुनुवारको एरेन्ज र सङ्गीत, विप्लव अधिकारीको रेकर्ड र मिक्सिङ छ । गीतको भिडियोमा सन्जीत भण्डारी र मेग सुवेदीको अभिनय रहेको छ । भिडियोमा बाल्यकालदेखि वयस्क अवस्थाका साथीको कथालाई प्रस्तुत गरिएको छ । कुवेर तामाङको निर्देशन रहेको भिडियोमा मेग सुवेदीको कन्सेप्ट, बुद्ध थापा एन्ड टिमको छायाङ्कन, विवेक सुनारको सम्पादन, श्याम कुँवरको कलर, उत्सव पौडेलको स्किृप्ट, मोहन सुनुवार(नवीन)को सहायक निर्देशन, निर्मल न्यौपानेको प्रोडक्सन डिजाइन छ । सेजल एन्ड सिस्टरको प्रस्तुतिमा निर्माण भएको भिडियो सेजल एन्ड सिस्टर युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । कार्यक्रममा गायक यम बरालले  गीतको शब्दल...
विश्वशान्तिका लागि पत्रकारकाे भूमिका रचनात्मक हुनुपर्छ : अध्यक्ष लामा

विश्वशान्तिका लागि पत्रकारकाे भूमिका रचनात्मक हुनुपर्छ : अध्यक्ष लामा

समाचार, समाज
भारत- सार्क पत्रकार मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामाले शान्तिको स्थापना र मानवअधिकारकाे प्रत्याभूतिदिन भगवान गाैतम बुद्ध र गुरु महावीरको मार्गमा हिँड्नु वर्तमान विश्वको आवश्यकता रहेको बताएका छन्। भारतको विहार राज्यमा पर्ने वैशाली जिल्लाको स्वर्णजयन्ती समापन समारोहका अवसरमा वाेल्दै अध्यक्ष लामाले सार्क पत्रकार मञ्चले विश्वमा शान्ति स्थापना र मानवअधिकारको प्रत्याभूतिका लागि दक्षिण एसियाली मुलुकका पत्रकारले रचनात्मक भूमिका खेल्ने बताए। उनले भने,’ भगवान् बुद्ध र महावीरको मार्गमा हिँड्नु अहिलेको आवश्यकता हाे।’ कार्यक्रममा बाेल्दै अन्तर्राष्ट्रिय लोकसंस्कृतिका संवाहक मरिससकी डा सरिता बुढुले भयावहता मानवताको ठूलो शत्रु भएकाले अहिंसाबाट मात्रै लोकतन्त्र र शान्ति स्थापना हुने बताइन्। मञ्चका महासचिव मोहम्मद अब्दुर रहमानले वैशालीले विश्वलाई प्रजातन्त्रको सन्देश दिएको र लोकतान्त्रिक विच...
बबिना भटराईको स्वरमा ‘माझी बनेर आयौ’सार्वजनिक (भिडियो)

बबिना भटराईको स्वरमा ‘माझी बनेर आयौ’सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
बबिना भटराईको स्वर र संगीतमा ‘माझी बनेर आयौ’ बोलको गीत सार्वजनिक काठमाडौँ : बबिना भटराईको स्वर र संगीत रहेको स्टुडियो भर्सनको ‘माझी बनेर आयौ’ बोलको गीत सार्वजनिक भएको छ । https://www.youtube.com/watch?v=CUaHB59rXcU गीतमा शब्द सुनिता प्रसाईँको रहेको छ भने संगीत संयोजन साहस शाक्यले गरेका छन् । नकुल कार्कीले रेकर्डिङ गरेको गीतलाई प्रकाश खरेलले मिक्सिङ मास्टरिङ गरेका हुन् । भिडियोलाई जस्केलो कृयसनले निर्माण गरेको हो । भिडियो बबिनाकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । ...
अष्ट्रेलियामा भव्य रुपमा मनाइयो टोपी दिवस र अँग्रेजी नयाँबर्ष

अष्ट्रेलियामा भव्य रुपमा मनाइयो टोपी दिवस र अँग्रेजी नयाँबर्ष

आर्थिक, समाचार
अष्ट्रेलियाको पर्थ सहरमा प्रवासी नेपालीहरुको प्यारो संगठन प्रवासी नेपाली मन्च पस्चिम अष्ट्रेलियाले एक भब्य र सभ्य तरिकाले नेपाली टोपी दिवस तथा नयाँबर्ष २०२४ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । बारबिक्यू सहित आयोजना गरिएको सो कार्यक्रममा बिभिन्न प्रकारका खेलकुद प्रतियोगिता समेत संचालन गरिएको थियो । बालबच्चा देखि सबै उमेर समुहका खेलहरुले सबैलाइ मनोरञ्जन प्रदान गरेको थियो । बिजेता तथा उपबिजेताहरुलाई पुरस्कार बितरण गरिएको थियो। मन्चका अध्यक्ष श्री तेजेंद्र बिक्रम मल्लको सम्योजकत्वमा भएको सो अनैपचारिक कार्यक्रमको संचालन मन्चका सचिब गोपाल घिमिरे ले गर्नु भएको थियो भने उपस्थिति सबैजना लाई एनआरएनए अन्तराष्ट्रीय कमिटी का सल्लाहकार भैरब ढकाल ले नेपाली ढाका टोपी निशुल्क बितरण गर्नु भएको थियो। उक्त अनौपचारिक कार्यक्रम मा प्रवासी नेपाली मंचका राष्ट्रीय सल्लाहकार तथा एन आर एन...