आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०८३ भव्य रूपमा सम्पन्न

राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०८३ भव्य रूपमा सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौं। ‘कर्मअनुसार आ–आफ्नो पहिचान, विभिन्न विधाका व्यक्तित्वहरूलाई सम्मान’ भन्ने आदर्श वाक्यलाई आत्मसात् गर्दै आयोजित राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०८३ सभ्य र भव्य रूपमा सम्पन्न भएको छ। एभरग्रीन वर्ल्डवाइड इन्टरटेन्मेन्टले आफ्नो स्थापनाको १४औँ वर्ष प्रवेशको गौरवमय अवसरमा २०८३ साल साउन १५ गते शुक्रबार, नेपाली मौलिक परम्पराअनुसार खीर खाने दिनको अवसर पारेर काठमाडौंस्थित चलचित्र विकास बोर्डको सभाहलमा कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा चलचित्र, स्वास्थ्य, शिक्षा, व्यवसाय, सौन्दर्य, पर्यटन, पत्रकारिता, गीत–संगीत, साहित्य, समाजसेवा तथा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका ५० जना व्यक्तित्वलाई दशक सम्मान, विशेष सम्मान तथा प्रोत्साहन सम्मानद्वारा सम्मानित गरिएको थियो। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम...
राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३ का लागि आवेदन खुला

राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३ का लागि आवेदन खुला

मनोरन्जन, समाचार
काठमाडौं - नेपाली भाषा, साहित्य र सिर्जनशील लेखनको प्रवर्द्धन तथा उत्कृष्ट साहित्यकारहरूको सम्मान गर्ने उद्देश्यले आयोजना हुन लागेको राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३ का लागि आवेदन खुल्ला गरिएको छ। अवार्डको आयोजक संस्था रेस्पोन्सिभ मिडिया प्रालिद्धारा जारी विज्ञप्ती अनुसार गुरु पुर्णिमाको अवसर पारेर अवार्डको आवेदन फारम खुल्ला गरेको जनाएको छ । आयोजक समितिका अध्यक्ष मनोज थापाले देश तथा विदेशमा रहेका नेपाली साहित्यकार, लेखक, कवि, समालोचक, अनुवादक तथा साहित्यिक क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई आवेदन दिन आग्रह गरेका छन्। उनका अनुसार अवार्डका विधाहरु सर्वोत्कृष्ट कविता, सर्वोत्कृष्ट महाकाव्य, सर्वोत्कृष्ट खण्डकाव्य, सर्वोत्कृष्ट गीत, सर्वोत्कृष्ट गजल, सर्वोत्कृष्ट मुक्तक, सर्वोत्कृष्ट हाइकु, सर्वोत्कृष...
बुद्धका शान्ति र पञ्चशीलका सन्देश मानव जीवनका मार्गदर्शक

बुद्धका शान्ति र पञ्चशीलका सन्देश मानव जीवनका मार्गदर्शक

समाचार, समाज
थारु भाषामार्फत गौतम बुद्धका उपदेशको महत्व उजागर गर्दै प्रदेश सभा सदस्य पाठकले भने– पञ्चशीलको पालना गरे मानव समाज दुःख र अशान्तिबाट मुक्त हुन सक्छ कैलाली, बसन्ता ।सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय धर्मराज पाठकको प्रमुख आतिथ्यतामा कैलारी गाउँपालिका–७, बसन्तास्थित बुद्ध विहार, बुद्ध मन्दिर तथा सुईती सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा ३ महिने वर्षावास अधिष्ठान कार्यक्रम–२०८३ सम्पन्न भएको छ। बसन्ता मिनिपार्कको प्राङ्गणमा आयोजित उक्त धार्मिक तथा सामाजिक कार्यक्रममा बुद्ध विहारका अध्यक्ष कमल बहादुर पुन मगरको अध्यक्षता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य धर्मराज पाठकले बौद्ध भिक्षुहरूको तीन महिने वर्षावास अधिष्ठान कार्यक्रमको महत्वमाथि प्रकाश पार्दै यसले अनुशासन, आध्यात्मिक चिन्तन र सामाजिक सद्भाव अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उ...
लिम्बू गीत ‘युप्पारुङ्‘’ को म्युजिक भिडियो सार्वजनिक

लिम्बू गीत ‘युप्पारुङ्‘’ को म्युजिक भिडियो सार्वजनिक

मनोरन्जन, समाचार
प्रिमियरसहित सार्वजनिक गरिएको छ । हाल अमेरिका बसोबास गर्दै आएका निर्देशक किशोर सुब्बाको परिकल्पना, निर्माण तथा निर्देशनमा तयार भएको यस म्युजिक भिडियोको सम्पूर्ण छायांकन अमेरिकाको न्युयोर्क आसपासका विभिन्न रमणीय स्थानमा गरिएको हो। भिडियोको छायांकन सम्पन्न गर्न करिब ७ महिना लागेको निर्माण पक्षले जनाएको छ। निर्देशक सुब्बाका अनुसार भिडियोमा हिउँद, वर्षा र गर्मी गरी तीनै मौसम, साथै गाउँ–सहरको परिवेश र विभिन्न चाडपर्वलाई समेट्ने उद्देश्यले लामो समय लगाएर छायांकन गरिएको हो। करिब १० लाख नेपाली रुपैयाँ लागतमा निर्माण गरिएको यो भिडियो किशोर सुब्बाले अमेरिकामा निर्देशन गरेको सातौं म्युजिक भिडियो समेत हो। गीतमा बिवस वेनामको शब्द, मनि ताम्लिङको संगीत, एरेन्ज, मिक्सिङ, मास्टरिङ तथा रेकर्डिङ रहेको छ। स्वरमा सुनिता थेगिम र मनि ताम्लिङ रहेका छन्। भिडियोको कोरियोग्राफी चर्चित नृत्य निर्देशक गोबिन्द र...
मिसेस नेपाल वर्ल्ड २०२६ को आवेदन खुल्यो

मिसेस नेपाल वर्ल्ड २०२६ को आवेदन खुल्यो

मनोरन्जन, समाचार
काठमाडौं- नेपाली विवाहित महिलाहरूको प्रतिष्ठित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२६ को आवेदन खुला गरिएको छ।आयोजक संस्था रिबन इन्टरटेनमेन्ट प्रालिले बुधबार ललितपुरकोे पुल्चोकस्थित द स्क्वायर होटलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको औपचारिक घोषणा गर्दै योग्य तथा इच्छुक नेपाली महिलालाई प्रतियोगितामा सहभागी भई आफ्नो प्रतिभा, क्षमता र व्यक्तित्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न आह्वान गरेको छ।महिला सशक्तीकरण, नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि, सामाजिक उत्तरदायित्व तथा प्रतिभा प्रदर्शनको सशक्त मञ्चका रूपमा स्थापित मिसेस नेपाल वर्ल्डले एक दशकदेखि नेपाली विवाहित महिलाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्दै आएको छ।पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले यस वर्षको प्रतियोगिता अझ भव्य, व्यवस्थ...
विजय गुरुङको अभिनय, शव्द र निर्देशनमा  ‘तिमी हिँड्ने बाटो’ सार्वजनिक(भिडियो)

विजय गुरुङको अभिनय, शव्द र निर्देशनमा ‘तिमी हिँड्ने बाटो’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । सुमधुर स्वरकी गायिका तृप्ति खड्का गुरुङ र गायक लिला गौतमको संयुक्त आवाजमा सजिएको नयाँ नेपाली प्रेमगीत ‘तिमी हिँड्ने बाटो’ सार्वजनिक गरिएको छ। लामो समयदेखि प्रतीक्षामा रहेको यो रोमान्टिक गीत डिजिटल प्लेटफर्ममार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको हो। गीतमा विजय गुरुङको  शब्द सिर्जना रहेको छ भने संगीत गायिका तृप्ति खड्का गुरुङ स्वयंले तयार गरेकी हुन्। गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ नरेश पाण्डेले गरेका छन्। गीतको सम्पूर्ण रेकर्डिङ सारेगम स्टुडियोमा सम्पन्न गरिएको निर्माण पक्षले जनाएको छ। गीतसँगै सार्वजनिक गरिएको म्युजिक भिडियो पनि आकर्षक ढंगले निर्माण गरिएको छ। भिडियोको निर्देशन गीतकार विजय गुरुङले गरेका हुन्। भिडियोमा विजय गुरुङ र उदयमान मोडल निर्जरा केसी मुख्य भूमिकामा देखिएका छन्। उनीहरूको स्वाभाविक अभिनय र रोमान्टिक प्रस्तुतिले गीतको भावलाई प्रभावकारी रूपमा अभ...
अप्सना नेवाको नेतृत्वमा एपी ब्युटि सलोनको १६ वर्षे सफलता, ७० प्रशिक्षार्थी सम्मानित

अप्सना नेवाको नेतृत्वमा एपी ब्युटि सलोनको १६ वर्षे सफलता, ७० प्रशिक्षार्थी सम्मानित

आर्थिक, समाचार
काठमाडौं । भक्तपुरको सूर्यविनायकमा अवस्थित एपी ब्युटि सलोन एण्ड ब्युटि ट्रेनिङ सेन्टरले आफ्नो सफल यात्राको १६औँ वर्षमा प्रवेश गरेको अवसरमा भव्य वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ। सौन्दर्य सेवा, सीप विकास र महिला सशक्तीकरणको क्षेत्रमा निरन्तर योगदान दिँदै आएको संस्थाले वार्षिकोत्सवलाई प्रशिक्षण, सम्मान र नयाँ योजनाको घोषणासहित विशेष रूपमा मनाएको हो। कार्यक्रममा नेपाली चलचित्रका चर्चित अभिनेता सलोन बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। समारोहमा संस्थाबाट विभिन्न सौन्दर्यसम्बन्धी तालिम पूरा गरेका ७० भन्दा बढी प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो। साथै संस्थासँग सहकार्य गर्दै आएका विभिन्न सहयोगी संस्था तथा व्यक्तित्वलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। डेढ दशकदेखि सौन्दर्य क्षेत्रको प्रेरणादायी यात्रा एपी ब्युटि सलोन एण्ड ब्युटि ट्रेनिङ सेन्टरकी संस्था...
‘तीन तीघ्रे क्या बिग्रे’ चलचित्रको औपचारिक घोषणा, यसै सातादेखि छायाङ्कन सुरु

‘तीन तीघ्रे क्या बिग्रे’ चलचित्रको औपचारिक घोषणा, यसै सातादेखि छायाङ्कन सुरु

मनोरन्जन, समाचार
काठमाडौं । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ को औपचारिक घोषणा गरिएको छ। काठमाडौंको दिव्यश्वरी टाउन प्लानिङस्थित म्याड्रिक्स रेस्टुरेन्टमा आयोजित विशेष कार्यक्रममा चलचित्रको घोषणा गरिएको हो। कार्यक्रममा चलचित्रका कलाकार तथा प्राविधिक टोलीसँगै नेपाली चलचित्र क्षेत्रका विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, चलचित्र निर्देशक समाजका अध्यक्ष अरुणकुमार प्रधान, निर्देशक मिलन चाम्स तथा सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले चलचित्रको सफलताको शुभकामना व्यक्त गरेका थिए। अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको यस चलचित्रको छायाङ्कन यही सातादेखि सुरु हुने निर्माण पक्षले जनाएको छ। चलचित्रका निर्माता रघुनाथ सापकोटा हुन्। कार्यक्रममा बोल्दै निर्माता ...
राजाराम पौडेलदेखि प्रिया कार्कीसम्म निर्णायक भूमिकामा, ‘मिस एण्ड मिसेस ब्युटिफुल’को पहिलो अडिशन

राजाराम पौडेलदेखि प्रिया कार्कीसम्म निर्णायक भूमिकामा, ‘मिस एण्ड मिसेस ब्युटिफुल’को पहिलो अडिशन

मनोरन्जन, समाचार
मिस एण्ड मिसेस ब्युटिफुल’को ११औं र १०औं संस्करणको पहिलो अडिशन शनिबार काठमाडौंको मध्यबानेश्वरस्थित घरना लाउन्ज एन्ड बारमा सम्पन्न भएको छ । दक्ष इन्टरनेशनलको आयोजनामा भएको अडिशनमा मिस र मिसेस दुवै विधामा दुई दर्जनभन्दा बढी प्रतिस्पर्धी सहभागी भएको आयोजकले जनाएको छ । अडिशनमा वरिष्ठ हास्यकलाकार तथा अभिनेता राजाराम पौडेल, वरिष्ठ लोकगायक बोमबहादुर कार्की, पेजेन्ट कोरियोग्राफर अश्विनी झा तथा मिसेस ब्युटिफुल नेपाल २०२५ की विजेता प्रिया कार्की निर्णायकको भूमिकामा रहनुभएको थियो । आयोजक समितिका अध्यक्ष तथा दक्ष इन्टरनेशनलका प्रमुख टेकराज पाण्डेले छनोट भएका प्रतिस्पर्धीलाई आगामी सातादेखि एक महिनाको व्यक्तित्व विकास तथा पेजेन्टसम्बन्धी प्रशिक्षण दिइने जानकारी दिनुभयो । उहाँका अनुसार प्रशिक्षणमा मिडिया कम्युनिकेसन, सार्वजनिक वक्तृत्वकला, एमसीइङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, फिटनेस, योग, ...
सुदूरपश्चिमका पहिलो नायक अम्बिका आचार्यकी छोरी स्तुति परिवार नियोजन संघको कार्यसमितिमा

सुदूरपश्चिमका पहिलो नायक अम्बिका आचार्यकी छोरी स्तुति परिवार नियोजन संघको कार्यसमितिमा

समाचार, समाज
कैलाली । नेपाल परिवार नियोजन संघ, कैलाली शाखाको ३३औँ अधिवेशनबाट जनकराज जोशी अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ। निर्वाचन परिणामअनुसार शाखाको कोषाध्यक्षमा चिरञ्जीवी पाठक निर्वाचित भएका छन्। त्यस्तै महिला सदस्यतर्फ भगवती बडाल र भुवनेश्वरी मल्ल विजयी भएका छन्। विशेषज्ञ सदस्यतर्फ विभिन्न क्षेत्रका प्रतिनिधिहरू चयन भएका छन्। जसमा अपाङ्गता क्षेत्रबाट कुश्मा जोशी, कानुनतर्फ सुभाषचन्द्र उपाध्याय, अर्थतर्फ रञ्जना जोशी र प्रजनन स्वास्थ्यतर्फ कालीप्रसाद पडाल निर्वाचित भएका छन्। त्यसैगरी किशोर–युवा सदस्यतर्फ मोनिका वड र स्तुति आचार्य तथा युवा सदस्यमा रोशनी चौधरी चयन भएकी छन्।स्तुति आचार्य सुदुर पश्चिमका पहिलो नायक भनेर परिचित अम्बिका आचार्यकी सुपुत्री हुन । नवनिर्वाचित कार्यसमितिले आगामी तीन वर्षमा परिवार नियोजन सेवा विस्तार, प्रजनन स्वास्थ्य प्रवर...