आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
‘मिस्टर एण्ड मिस हिमालय लिटिल स्टार तथा मिस हिमालय’सम्पन्न

‘मिस्टर एण्ड मिस हिमालय लिटिल स्टार तथा मिस हिमालय’सम्पन्न

मनोरन्जन, समाचार
भक्तपुर । भक्तपुरमा एपी व्यूटि पार्लरको आयोजनामा ‘मिस्टर एण्ड मिस हिमालय लिटिल स्टार तथा मिस हिमालय नेपाल’को दोश्रो संस्करण भव्य रुपमा सम्पन्न भएको छ । प्रतिनिधि सभाकी उपसभामुख ईन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगीतामा जुनियर मिस्टर तर्फ लिविस किसीले उपाधी हात पार्न सफल भए भने मिस तर्फ अभिषा ढकालले उपाधी जितेकी थिईन । यसैगरि सो प्रतियोगीतामा दिपिका क्षेत्री फस्ट रनर अप साशा श्रेष्ठ सेकेण्ड रनर अप र प्रज्ञा श्रेष्ठ थर्ड रनर अप भएका थिए ।पूर्व मिस नेपाल नम्रता श्रेष्ठ,नायक सलोन बस्नेत,शिक्षाकर्मी मन कुमारी पोखरेल तथा मेकअप आर्टिष्ट टेकराज पाण्डे निणार्यक मण्डलमा रहेर निर्णय गरेका प्रतियोगीतामा मिस हिमालय नेपालको दोश्रो संस्करणकी उपाधी कल्पना बुढाथोकीले जित हात पार्न सफल भएकी थिईन भने फस्ट रनर अपमा बिनिता मानन्धर सेकेण्ड रनर अपमा प्रतिक्षा र थर्ड रनर अपमा सम्पदा खवास...
ग़्रेस इभेन्टको आयोजनामा ‘अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस’

ग़्रेस इभेन्टको आयोजनामा ‘अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस’

मनोरन्जन, समाचार
काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा मिस ग्रेस एयर होस्टेस सफलतापूर्वक सम्पन्न भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमको अध्यक्षता ग्रेस इभेन्ट्सका प्रमुख कार्यकारी अधिकृत एवम् संस्थापक सुरज थापाले गरेका थिए । नेपालका लोकप्रिय कलाकारहरुको प्रस्तुती समेत रहेको कार्यक्रम चावहिल स्थित नवदुर्गा पार्टी प्यालेसमा सम्पन्न भएको थियो । अष्ट सम्मान २०८१ का मुख्य व्यक्तित्वहरूः अष्ट सम्मान २०८१ ले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गरेको छ । सो सम्मान पाउनेमा प्रसिद्ध सामाजिक अभियन्ता­ अनुराधा कोइराला, प्रसिद्ध गायक­ आनन्द कार्की, विमान विज्ञ­ भावना पन्त, संचारकर्मी­ जगदीश खरेल, नेपालकी पहिलो एक खुट्टा नर्तकी­ रोमा न्यौपाने, वाताबरण संरक्षक­ राजेश कटवाल, युव...
‘नेपाल स्काउट सुद्धिकरण अभियान’घाेषणा

‘नेपाल स्काउट सुद्धिकरण अभियान’घाेषणा

समाचार, समाज
नेपाल स्काउटले ‘नेपाल स्काउट सुद्धिकरण अभियान’ सञ्चालन गरेकाे छ। नेपाल स्काउटभित्र विद्यमान रहेको विकृति, अनियमितता र अपारदर्शितालाई हटाएर शैक्षिक अभियानको आधारभूत सिद्धान्त पुनर्स्थापना गर्न उक्त अभियान गरिएकाे हाे। काठमाडाैँ बागबजारकाे हार्दिक हाेटलमा पत्रकार सम्मेलन गरि अभियानकाे घाेषणा गरेकाे हाे। नेपाल स्काउटले तत्काल शुद्धीकरणको आवश्यकतालाई महसुस गर्दै स्काउटप्रति आस्थावान् युवा वर्ग, स्काउटमा आबद्ध स्काउटर राष्ट्रिय प्रशिक्षक लगायत शुभचिन्तकहरूको सहकार्य तथा समन्वयमा यस नेपाल स्काउट शुद्धिकरण अभियानको गठन गरेकाे जनाएकाे छ। नेपाल स्काउटलाई सही दिशातर्फ अगाडि बढाउन बाधक बन्ने तत्वहरू तथा उद्देश्य र मर्म विपरीतका कार्यहरू गर्ने विरुद्ध आवाज उठाई नेपाल स्काउटको पवित्रतालाई जोगाइ राख्ने उदेश्यले यस नेपाल स्काउट शुद्धिकरण अभियानको आयाेजना गरिएकाे हाे...
सौगातजंग थापाको “बाँचेकै छ भनिदिनु” सार्वजनिक(भिडियो)

सौगातजंग थापाको “बाँचेकै छ भनिदिनु” सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
कृष्ण कार्कीको शब्द,सौगात जंग थापाको संगीतमा “बाँचेकै छ भनिदिनु” सार्वजनिक भएको छ। कृष्ण कार्कीको शब्द,सौगात जंग थापाको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक सौगात जंग थापाको सुमधुर स्वर रहेको छ। अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्। https://youtu.be/2sBfYTlQCvo युबराज खत्रीको निर्देशन रहेको उक्त भिडियोमा सौगात जंग थापा,रोशन श्रेष्ठ र अर्जुन थामीको अभिनय रहेको छ। सुजन श्रेष्ठले छायाँङ्कन गरेको भिडियोलाई युबराज खत्रीले सम्पादन,कलर गरेका हुन्। सौगात जंग थापाको प्रस्तुती रहेको “बाँचेकै छ भनिदिनु” म्यूजिक भिडियो Saugat Jung Thapa युट्युब च्यानल मार्फत् बजारमा आएको छ। ...
गोमा अधिकारीले बानेश्वरमा संचालन गरिन ‘बाटिक क्रियसन बुटिक’

गोमा अधिकारीले बानेश्वरमा संचालन गरिन ‘बाटिक क्रियसन बुटिक’

मनोरन्जन, समाचार
अभिनेत्री प्रियंका कार्की, गायिका रेखा शाह र लेखक एवम् नेपाली खाना बिज्ञ रोहिणी राणाले काठमाडौँको थापा गाउँमा रहेका बाटिका क्रियसन बुटिकको उद्घाटन गरेका छन् । शनिवार अभिनेत्री प्रियंका, गायिका रेखा र नेपाल खाना बिज्ञ रोहिणीले यो बुटिकको रिबन काटेर उद्घाटन गरेका हुन् । यो बुटिकलाई मिसेस् हिमालयन नेपाल तथा फेशन व्यवसायी गोमा अधिकारी धितालले स्थापनासँगै सञ्चालन गर्दै आएकी हुन् । अभिनेत्री प्रियंका कार्कीले आफूले चाहे अनुसारका विभिन्न शैली र डिजाइनका पहिरन बाटिका क्रियसन बुटिकमा रहेकाले आफूले पनि बाटिका क्रियसनको पहिरन प्रयोग गर्ने बताइन् । सबै प्रकारका पहिरन एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्य सहित स्थापित बाटिकाको सफलताको लागि प्रियंकाले गोमालाई शुभकामना दिइन् । चलचित्र, म्युजिक भिडियोको छायांकन तथा विभिन्न समारोहमा अतिथिको रूपमा सहभागी हुन तुरुन्तै कपडा चाहिने हुँदा त्यस्ता कपडा बाटिका क...
चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

मनोरन्जन, समाचार
नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी ल्यान्ड नेपाल को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रलाई सयानम अधिकारी ले लेखन तथा निर्देशन गरेका छन् । ३५ दिन को अवधिमा सम्पन्न गरिएको यसको छायाङ्कन काठमाडौं, ललितपुर, भक्तपुर, र पर्साको ठोरी क्षेत्रमा गरिएको हो । यसको कथा काठमाडौंको अँध्यारो पक्ष, मानव तस्करी, हत्या, अपहरण र अपराधका कथालाई उजागर गर्ने खालको रहेको निर्देशक अधिकारीले बताए । “एक दाजुले आफ्नी १९ बर्सिया बहिनीको खोजीमा अपराधीहरूसँगको सङ्घर्ष गर्ने कथावस्तुमा आधारित ‘कालमाण्डू’ एक्सन, थ्रिलर र सस्पेन्स विधामा निर्माण गरिएको छ,” निर्देशकले भने । यस चलचित्रमा गजित बिस्ट, अञ्जन थापा, अनिलराज पौडेल, राजन अधिकारी, अलिशा बास्तोला, रोशनी कार्की, ललना चिमारिया, सुगत करणजित, विशाल पहारी, राकेश कलागाईं, र शिव...
मेघ सुवेदीले अमेरिकामा खोले सामाजिक संस्था ‘स्याडो सपोर्ट फाउण्डेसन’

मेघ सुवेदीले अमेरिकामा खोले सामाजिक संस्था ‘स्याडो सपोर्ट फाउण्डेसन’

समाचार, समाज
समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट फाउन्डेसनको औपचारिक उद्घाटन गरिएको छ । संस्थाका संस्थापक अध्यक्ष सुवेदीले विभिन्न कार्यक्रमहरूबारे प्रकाश पार्दै कठिन परिस्थितिमा रहेका व्यक्तिहरूको जीवन सुधार गर्ने योजनाहरू प्रस्तुत गरेका थिए ।  फाउन्डेसनले समाजमा सकारात्मक प्रभाव पार्ने र मानिसहरूको दैनिक जीवन तथा ब्यवसायलाइ मजबुत बनाउने लक्ष्य राखेको बताएका छन् ।कार्यक्रममा संस्थाका सह- संस्थापक तथा निर्देशक मण्डलका सदस्य चरण सुवेदीले” श्याडो सपोर्ट फाउन्डेसनको लक्ष्य, उद्देश्य र भावी योजनाबारे जानकारी गराएका छन् । सुवेदीले फाउन्डेसनले समाजका कमजोर वर्गका व्यक्तिहरूलाई सहयोग गर्दै उनीहरूको जीवनमा आशा तथा अवसरको उज्यालो ल्याउने प्रतिबद्धता जनाएका छन् । निर्देशक मण्डलका सदस्य नारायण भारतीले कार्यक्रममा आएका सम्पूर्ण अतिथिहरूलाई स्वागत गरेका थिए भने संस्थाका कार...
अनु चौधरी र सिडी विजयको युगल स्वरमा ‘नींद न आइ’ सार्वजनिक (भिडियो)

अनु चौधरी र सिडी विजयको युगल स्वरमा ‘नींद न आइ’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं ।  ‘भ्यालेन्टाइन डे’को अवसर पारेर गीतकार केदार उप्रेतीले नयाँ रोमान्टिक गीत ‘नींद न आइ’ सार्वजनिक गरेका छन् । अनु चौधरी र सिडी विजय अधिकारीको स्वर रहेको गीतलाई सिडी विजयले नै संगीत भरेका हुन् । गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ । https://www.youtube.com/watch?v=gzPzHz2l_c8 क्रियटिभ युवा निर्देशक प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा गीता ढुंगाना र लक्षु शर्मा फिचर्ड छन् ।उत्तम हुमागाईंको छायांकन , माधव बेल्बासेको सम्पादन रहेको भिडियोलाई ”क्रिस्टल क्रियसन ”को अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । अमेरिकाको पेन्सलभेनिया निवासी गीतकार उप्रेतीको यसअघि पनि धेरै गीत ,साहित्यिक रचनाहरु आइसकेका छन् । ...
बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण

बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण

मनोरन्जन, समाचार
नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति, वरिष्ठ कवि तथा मुन्धुमविद् बैरागी काइँलासम्बन्धी ग्रन्थ लोकार्पण गरिएको छ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले हालै राजधानीमा एक कार्यक्रम आयोजना गरी ‘बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ’ लोकार्पण गरेको हो । ग्रन्थको लोकार्पण काइँलासहित डा. गोविन्दराज भट्टराई, डा. अभि सुवेदी, राससका महाप्रवन्धक सिद्धराज राई, समाजसेवी मकरध्वज वनेमलगायतले लोकार्पण गर्नुभएको थियो । प्रतिष्ठानद्वारा दुई वर्षअघि धरानमा काइँलालाई नागरिक अभिनन्दन गरेको थियो । समारोहमा नेपाली भाषा-साहित्य र कलामा उल्लेखनीय योगदान पुर्‍याउने दुई सर्जकलाई सम्मान र पुरस्कार अर्पण गरिएको थियो । ताप्लेजुङ निवासी राजेश्वर थापालाई प्रतिभा सम्मान र सिक्किम निवासी सन्ध्या सिङजाङगो सुब्बालाई प्रतिभा पुरस्कार अर्पण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि बैरागी काइँलाले थापालाई माला, टोपी, सम्मा...
गीतकार युवराज अधिकारीले ल्याए ‘तिम्रो प्रीत’ (भिडियो)

गीतकार युवराज अधिकारीले ल्याए ‘तिम्रो प्रीत’ (भिडियो)

मनोरन्जन, समाचार
भ्यालेन्टाइन्स् डे को अवसर पारेर गीतकार युवराज अधिकारीको नयाँ कोशेली सार्वजनिक भएको छ ।  अधिकारीको शब्द रचना हरेको ‘तिम्रो प्रीत’ गीतको भिडियो शुक्रबार सार्वजनिक भएको हो । गीतकार अधिकारी नेपाल वायुसेवा निगमका  कार्यकारी अध्यक्ष समेत हुन् । गीतकार अधिकारी रचित यस अघिका गीतहरुले अवार्ड समेत हात पार्न सफल भएको थियो । https://youtu.be/Ouq2tjK37Sw सुरजकुमार थापाको स्वर रहेको गीतमा संगीत संयोजन र एरेन्ज पनि थापाकै रहेको छ । थापाको युट्युब च्यालनमा सार्वजनिक भएको गीतको भिडियोमा एक प्रेमिल जोडीको समधुर प्रेम सम्बन्धलाई प्रस्तुत गरिएको छ । सुरजकुमार थापा र निहारिका थापाको अभिनय रहेको भिडियोलाई सविन गोदारले खिचेका हुन् । भिडियोको सम्पादन, रङ संयोजन र निर्देश राजकुमारले गरेका हुन् । ...