आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
दुई देशलाई रेल यातायातले जोड्ने विषय नेपाल र चीनले देखेका उत्तम सपना हुन् : चिनियाँ लगानीकर्ता

दुई देशलाई रेल यातायातले जोड्ने विषय नेपाल र चीनले देखेका उत्तम सपना हुन् : चिनियाँ लगानीकर्ता

आर्थिक, समाचार
काठमाडौँ — चैत्र १७ । चिनियाँ लगानीकर्ताले केरुङ–काठमाडौं रुटमा चाँडै रेल सञ्चालन हुने संकेत दिएका छन् । लगानी सम्मेलनको अन्तिम दिन शनिबारको पूर्वाधारसत्रमा सहभागी भएका चाइना रेल्वे इन्टरनेसनल ग्रुपका उपमहाप्रबन्धक वाङ लिजिईले सबैको ध्यान खिच्दै भने, ‘दुई देशलाई रेल यातायातले जोड्ने विषय नेपाल र चीनले देखेका उत्तम सपना हुन् ।’ उनी यतिमा मात्र रोकिएनन् । आफ्नो कुरा सुनेर उत्साही भएका सहभागीलाई सम्बोधन गर्दै भने, ‘चीनमा तत्कालीन अध्यक्ष माओले चीन र नेपाल रेलले जोड्ने सपना देखेका थिए । अब यो यथार्थमा परिणत हुँदै छ ।’ केपी ओली नेतृत्वको सरकार गठन भएयता सर्वाधिक चर्चामा रहेका विकास आयोजनामध्ये केरुङ–काठमाडौं रेल अग्रस्थानमा छ । यो परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) सकिएको छ । अब दुई देशका सम्बन्धित निकाय बसेर परियोजनालाई अघि बढाउने लिजिईले जानकारी दिए । यो आयोजनाका लागि ३ खर...
शसस्त्रले नष्ट गर्यो दुई रोपनी क्षेत्रफलमा लगाइएको अफिम

शसस्त्रले नष्ट गर्यो दुई रोपनी क्षेत्रफलमा लगाइएको अफिम

समाचार, समाज
रुकुम पश्चिम— चैत्र १७ । आठबीसकोट नगरपालिका १२ ठुलिबार्खूमा दुई रोपनी क्षेत्रफलमा लगाइएको अफिम शसस्त्र प्रहरीले नष्ट गरेको छ । शसस्त्र प्रहरी गुल्म नं. ४७ बाट नियमित गस्तीमा खटेको टोलीले ठूलिबार्खूका विभिन्न ठाउँको अफिम नष्ट गरेको हो । शसस्त्र प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पुर्ण कँवरका अनुसार फुल खेल्ने अवस्थाको अफिम नष्ट गरिएको हो । शसस्त्र प्रहरी निरीक्षक वीरेन्द्र जिसीको नेतृत्वमा खटिएको १६ जनाको टोलीले गहुँ बारीमा लगाएको अफिम नष्ट गरेको हो । उक्त गाउँमा कोही नभेटिएपछि अफिम कसले लगाएको हो भन्ने पत्ता नलागेको डीएसपी कँवरले बताए । प्रहरीले जिल्लाको विभिन्न ठाउँमा वर्षेनी अफिम फडानी गरेपनि हालसम्म कसैलाई कारवाही गरेको छैन् । प्रहरीका अनुसार अफिम लगाउने व्यक्ति पहिचान हुन नसक्दा कारवाही हुन नसकेको हो । गाउँघर भन्दा टाढा जंगलमा अफिम खेती हुने हुँदा खेती गर्नेको पहिचान खुल्न नसक...
सरकारलाई ७७ वटै जिल्लाबाट हिन्दु राष्ट्र पुनःस्थापनाका लागि हस्ताक्षर संकलन अभियान सुरु

सरकारलाई ७७ वटै जिल्लाबाट हिन्दु राष्ट्र पुनःस्थापनाका लागि हस्ताक्षर संकलन अभियान सुरु

राजनीति, समाचार
काठमाडौँ — चैत्र १७ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मुलुकमा हिन्दु राष्ट्र पुनःस्थापनाका लागि सरकारलाई दवाव दिन आइतबारबाट काठमाडौंलगायत देशभर हस्ताक्षर संकलन अभियान सुरु गरेको छ । ८१ प्रतिशत हिन्दुहरु रहेको मुलुकमा हिन्दु राष्ट्र पुनःस्थापनाका लागि सरकारलाई दवाव दिन राप्रपाले देशभर एकैसाथ हस्ताक्षर संकलन अभियान सुरु गरेको हो । उपत्यकाका तीन जिल्लाको हस्ताक्षर संकलन अभियान भने संयुक्त रुपमा काठमाडौंको बसन्तपुरबाट सुरु गरिएको छ । विश्वकै हिन्दुहरुको पहिचानका लागि पनि नेपाललाई हिन्दु राष्ट्र पुनःस्थापना गर्न एक हप्ते हस्ताक्षर संकलन अभियान संचालन गरिएको पार्टीका नेता बुद्धिमान तामाङले जानकारी दिए । संकलन गरिएको सो हस्ताक्षर आगामी चैत्र २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने राप्रपाले जनाएको छ । (नयाँ पत्रिका)...
सुनीता मृत्यु प्रकरणमा विवाहको दोस्रो महिनादेखि निरन्तर घर–गाडी दाइजो माग्दै यातना दिएको खुलासा

सुनीता मृत्यु प्रकरणमा विवाहको दोस्रो महिनादेखि निरन्तर घर–गाडी दाइजो माग्दै यातना दिएको खुलासा

मनोरन्जन, समाचार
वीरगन्ज — चैत्र १७ । थप दाइजो नपाएको निहुँमा सुनीता यादवको घरपक्षले उनलाई विवाहको दोस्रो महिनादेखि निरन्तर यातना दिएको खुलेको छ । उनको उफचारकै क्रममा शुत्रबार राति काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । सुनीताले ०६२ असार २ मा जिल्ला प्रशासन कार्यालय पर्सामा जीउज्यानको सुरक्षा माग्दै निवेदनसमेत दिएकी थिइन् । त्यस बेला उनका पति डा. सचितानन्द यादवले आइन्दा गल्ती नदोहोर्‍याउने भन्दै लिखित रुपमै माफी मागेको हरिखेतान बहुमुखी क्याम्पस प्रमुख भगवान यादवले बताए । उनी सुनीताका पारिवारिक सदस्य हुन् । नारायणी अस्पतालमा कार्यरत सचितानन्दसँग बारा, परवानीपुर–५ की सुनीताको ०५९ फागुन ९ मा विवाह भएको थियो । माइती पक्षले १२ लाख ५० हजार नगद, २ लाख ५० हजार रुपैयाँको गरगहना र अन्य सामान गरी झन्डै २० लाख रुपैयाँ खर्चेको थियो । बहिनीलाई पहिलोपल्ट माइती बोलाउन गएका दाजु मनोहरसँग सचितानन्दका...
देउवासँग छलफल गरेरै प्रमुख आयुक्तमा सिफारिस गरेको हो : प्रम केपी ओली

देउवासँग छलफल गरेरै प्रमुख आयुक्तमा सिफारिस गरेको हो : प्रम केपी ओली

राजनीति, समाचार
विराटनगर — चैत्र १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका प्रमुख आयुक्त नियुत्तिका विषयमा सरकारले एकलौटी निर्णय नगरेको दाबी गरेका छन् । प्रदेश १ का विभिन्न कार्यक्रमा भाग लिन आइतबार विराटनगर आइपुगेका प्रधानमन्त्री ओलीले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख आयुक्तको चयन गर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल भएको बताए । ‘एकलौटी हैन। हाम्रो पार्टीका मान्छे नियुक्त गरेको पनि छैन। कांग्रेस पार्टीका सभापति देउवासँग परार्मश गरिएको थियो। निर्णय गर्ने बैठकमा बस्न नमान्नु भएको मात्रै हो,’ उनले भने। प्रधानमन्त्री ओलीले सबैकुरामा प्रतिपक्षी कांग्रेसले भागवण्डा खोजेकोका कारण सरकारमाथी एकलौटी गरेको आरोप लगाएको दाबी गरे। उनले लगानी सम्मेलनमा खोट लगाउने ठाउँ नरहेको बताएका छन्। ‘सम्मेलन धेरै उत्साहपूर्ण रह्यो,’ प्रधानमन्त्री ओलीले भने, ‘सोचेभन्दा...
ओखलढुंगाको मानेभञ्ज्याङ्गमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ घाइते

ओखलढुंगाको मानेभञ्ज्याङ्गमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ घाइते

समाचार, समाज
काठमाडौँ — चैत्र १७ । ओखलढुंगामा आइतबार जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मानेभञ्ज्याङ्ग गाउँपालिका–६ हिलेपानीमा भएको दुर्घटनामा घटनास्थलमै ६ जनाको मृत्यु भएको हो । सोलुखुम्बुबाट काठमाण्डौ जाँदै गरेको रातो नम्बर प्लेटको बा १६ च २२०७ नम्बरको जीप दुर्घनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिए । उनका अनुसार ज्यान गुमाएका मध्ये चार पुरुष र दुई जना महिला छन् । दुर्घटनामा एक बालकसहित तीन जना गम्भीर घाइते भएका छन् । उनीहरुको उदयपुरको घुर्मीस्थित आस्था मेडिकलमा उपचार भइरहेको छ । श्रेष्ठका अनुसार दुर्घटनामा ताप्लेजुङका ५५ वर्षीय मिङमा शेर्पा, ४५ वर्षीय सांगेल शेर्पा, काठमाडाैं बौद्धका ३५ वर्षीय नर्वु शेर्पा र बौद्धकै ४० वर्षीय ङमङ शेर्पाकाे पहिचान खुलेकाे छ । चालक कृष्ण श्रेष्ठ घाइते घाइते छन् । प्रारम्भीक अनुसन्धानबाट तिव्र गतिका कार...
आज एनसीएल महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको लागि अक्सन हुँदै

आज एनसीएल महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको लागि अक्सन हुँदै

खेलकुद, समाचार
काठमाडौँ — चैत्र १७ । एनसीएल स्पोर्टस प्रालिको आयोजनामा विराटनगरमा हुने एनसीएल महिला ट्वान्टी–२० क्रिकेट लिगका लागि आज खेलाडी किनबेच (अक्सन) हुँदैछ । यो नेपाली महिला क्रिकेटमै पहिलोपल्ट हुन लागेको दुई फ्रेन्चाइज लिगमध्ये एक हो । मोरङको बैजनाथपुर क्रिकेट मैदानमा हुने प्रतियोगितामा विराटनगर रोरिङ लियोनेस, भैरहवा क्विन्स, धनगढी वण्डर वुमेन र काठमाडौं सुपर च्याम्पियन्स गरी ४ टोली समावेश छन्। राष्ट्रिय टोलीका कप्तान रुबिना क्षेत्री, उपकप्तान सीता रानामगर, पूर्व कप्तान नेरी थापा र करुणा भण्डारी मार्की खेलाडी यसअघि नै घोषणा गरिसकिएको छ। रुबिना भैरहवा, सीता धनगढी, नेरी काठमाडौं र करुणा विराटनगरका मार्की खेलाडी छन्। मार्की खेलाडीले १ लाख रुपैयाँ पारिश्रमिक पाउँछन्। आज हुने अक्सनमा सहभागी खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा विभाजन गरिएको छ। अक्सनमा ८० जना खेलाडी छन्। ‘ए’ श्रेणीका खेला...
मेस्सीको गोलले स्पेनिस लिग फुटबलमा बार्सिलोनाले इस्पानियोललाई हरायो

मेस्सीको गोलले स्पेनिस लिग फुटबलमा बार्सिलोनाले इस्पानियोललाई हरायो

खेलकुद, समाचार
काठमाडौँ — चैत्र १७ । स्पेनिस लिग फुटबलमा शिर्ष स्थानको बार्सिलोनाले इस्पानियोललाई २–० ले हराएको छ । घरेलु मैदानमा बार्सिलोनालाई विजयी गराउन दुबै गोल कप्तान लियोनल मेस्सीले गरे । खेलको ७१ औं मिनेटमा पहिलो गोल गरेका मेस्सीले ८९ औं मिनेटमा दोस्रो गोल गर्दै बार्सिलोनाको जित पक्का गरे । यो सँगै मेस्सीले जारी सिजनमा ४० गोल पुरा गरेका छन् । गएरातीको जितसंगै शीर्ष स्थानको बार्सिलोनाले लिगमा १४ अंकको अग्रता बनाएको छ । बार्सिलोनाले २९ खेलबाट ६९ अंक जोडेको छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको ५६ अंक रहेको छ । एक खेल कम खेलेको रियाल मड्रिड ५४ अंकको साथ तेस्रो स्थानमा रहेको छ । (ईमेज खबर)...
आईपीएलमा दिल्लीको दोस्रो जित, सन्दिपले लिए एक विकेट

आईपीएलमा दिल्लीको दोस्रो जित, सन्दिपले लिए एक विकेट

खेलकुद, समाचार
काठमाडौँ — चैत्र १७ । नेपाली खेलाडी सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सले भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जित निकालेको छ । गएराती भएको खेलमा कोलकाता नाइट राइडर्सलाई सुपर ओभरमा पराजित गर्दै दिल्लीले दोस्रो जित निकालेको हो । दिल्लीस्थित फिरोज शाश कोट्ला रंगशालामा कोलकाताले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८५ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा दिल्ली विजयी भयो । यो खेलमा नेपालका लेृग स्पिनर सन्दिप लामिछानेले एक विकेट लिए । आईपिएल क्रिकेटको १२ औं संस्करणमा पहिलो पटक खेलेका सन्दिपले ४ ओभरमा २९ रन खर्चिएर १ विकेट लिएका हुन् । उनले अर्का एक खेलाडीलाई रन आउट समेत गराए । जितसंगै दिल्लीले ३ खेलबाट ४ अंक जोडेको छ । दिल्ली लिगको दोस्रो स्थानमा रहेको छ । कोलकाताले भने पहिलो हार व्यहोरेको छ । ३ खेलब...
बिहे भएको ४ महिनामै बलिउड तथा हलिउड अभिनेत्री प्रियंकाको सम्बन्धविच्छेद ?

बिहे भएको ४ महिनामै बलिउड तथा हलिउड अभिनेत्री प्रियंकाको सम्बन्धविच्छेद ?

मनोरन्जन, समाचार
मुम्बई – चैत्र १७ । बलिउड तथा हलिउडमा समेत आफ्नो स्थान बनाइसकेकी अभिनेत्री प्रियंका चोपडाले गत डिसेम्बरमा अमेरिकी पप गायक निक जोनससँग बिहे गरिन् । राजस्थानको जोधपुर शहरमा बिहे गरेका प्रियंका र निकको विवाहले लामो समयसम्म सञ्चार माध्यममा चर्चा पाइरह्यो । लगभग ११ वर्षको वर्ष जेठी प्रियंकासँग विवाह बन्धनमा बाँधिएका २५ वर्षिय निक विवाहका हरेक तस्बिरमा प्रियंकासँगसँगै हरेक पलमा भाइरल भइरहे । उनीहरुको विवाहपछि हरेक सयम सञ्चार माध्यमको नजरमा परिरहेका प्रियंका र निकको विवाह भएको ४ महिना मात्रै पुगेको छ । तर, ४ महिना नबित्दै यी दुईको बीचमा टकराव भएको हल्ला चलेको छ । एक भारतीय म्यागाजिनका अनुसार यी दुईको बीच आजभोलि मनमुटाव सुरु भएको छ । र दुवैले छुट्टिने निर्णय लिने सोचमा रहेको बताइएको छ । सुत्रको अनुसार उनीहरुको बीचमा हरेका कुरामा लडाईं झगडा सुरु भएको छ । भारतीय सञ्चार माध्यममा उल्लेख भएअनु...