अनलाईन डान्स कम्पिटिसन-२०२० को उपाधी सगुन श्रेष्ठ लाई
काठमाडौं — कार्तिक २६, २०७७। ग्लोवल अनलाईन पे को प्रस्तुती तथा ईनोभेशन ईभेन्ट मेनेजमेन्टको आयोजनामा सम्पन्न ‘अनलाईन डान्स कम्पिटिसन,२०२०’ को बिजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । विश्वव्यापी आतंकको रुपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गरी भौतिक दुरी कायम गर्दै बिजयीहरुलाई राजधानीको नयाँ बानेश्वरमा एक कार्यक्रमविच आयोजकले पुरस्कृत गरेका हुन् । घरबाटै नृत्य प्रतियोगितामा सहभागी भएर प्रथम हुने सगुन श्रेष्ठ, दोश्रो हुने अभिनव श्रेष्ठ , तेश्रो हुने गर्दिष्मा मल्ललाई पुरस्कृत गरिएको हो । यस्तै, उत्कृष्ट ६ भित्र पर्न सफल रहेका सदिक्षा पौडेल, सेरेना महर्जन र सिद्दार्थ श्रेष्ठलाई समेत सम्मानित गरिएको थियो। विजेताले ‘अनलाईन डान्सिङ एण्ड सिङ्गिङ स्टार-२०२०’ को उपाधी सहित नगद रु १५,०००/-, द्धितिय हुनेले नगद रु १०,००/- र तृतिय हुनेले नगद रु ५,०००/- प्राप्त गरेकाछन भने अन्य उत्कृष्ट ६ भित्र पर्न सफ...









