सोम, मंसिर ८, २०८३
Mon, November 23, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
साईप्रसका लागि नेपाल चेम्बर अफ कमर्शको अवैतनिक व्यापार प्रतिनिधिमा रंजित महतो नियुक्त

साईप्रसका लागि नेपाल चेम्बर अफ कमर्शको अवैतनिक व्यापार प्रतिनिधिमा रंजित महतो नियुक्त

आर्थिक, समाचार
काठमाडौं, २३ माघ- नेपाली राजदूतावास, तेलअबिबको सिफारिसमा नेपाल चेम्बर अफ कमर्शले साइप्रस निवासी रञ्जित महतोलाई साईप्रसका लागि नेपाल चेम्बर अफ कमर्शको अवैतनिक व्यापार प्रतिनिधि नियुक्त गरेको छ । उनलाई नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले आज आयोजित भर्चुअल कार्यक्रमका बीच उक्त जिम्मेवारी प्रदान गरेका हुन । अवैतनिक व्यापार प्रतिनिधिमा नियुक्त महतोलाई शुभकामना दिँदै राजदूत डा. अन्जान शाक्यले नेपाल-साईप्रस कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पूरा भइसक्दा समेत अत्यन्तै सानो आकारमा व्यापार रहेकोले द्विदेशीय व्यापार बढाउन भूमिका खेल्न आग्रह गरिन । साथै उनले अधिकांश मुलुकसँग जस्तै साईप्रससँग समेत नेपालको व्यापार घाटा रहेको परिप्रेक्ष्यमा साईप्रसबाट नेपालमा लगानी भित्र्याउँदै नेपालको निर्यात व्यापार बढाउन तर्फ ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखिन् । कार्यक्रममा चेम्बरका अध्यक...
चकलेटी नायक संजित भण्डारी अभिनित “जुन दिन मलाई” सार्वजनिक (भिडियो)

चकलेटी नायक संजित भण्डारी अभिनित “जुन दिन मलाई” सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
लोकप्रिय हाँस्यकलाकार गोपाल ढकाल छन्दे निर्देशित तथा संचारकर्मी राज लुईटेल द्धारा वियोगान्त कथामा निर्मित “जुन दिन मलाई” बोलको आधुनिक गीतको म्युजिक भिडियो आज सार्वजनिक भएको छ । छन्दे च्यानल नामको युट्यूबबाट सार्वजनिक गरिएको भिडियो एभरग्रीन वल्र्र्ड वाईड ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो । https://youtu.be/C6e2qBs744M गायक कृष्णराज भण्डारीको स्वर,शब्द,संगीत रहेको गीतको मुख्य भुमिकामा चकलेटी नायक तथा मोडल संजित भण्डारी,श्रीदेब भट्टराई तथा नव मोडल चन्दा कुईकेल रहेका छन् अन्य कलाकारहरुमा प्रेम पाण्डे,रोहित कार्की,शुशिला बिडारी लगायत रहेका छन् । यस गीतको भिडियोमा तारा थापा किम्भेको सम्पादन, हर्कमान वाईवा (रिदम)को छायांकन, युमिशा पाण्डेको श्रृङ्गार, मनोज ढकालको प्रकाश व्यबस्थापन रहेको छ । अडियो तर्फ सबिन लिम्बुको म्युजिक एरेन्ज, राजा बाबु,अजय कार्की रेकर्डिस्ट, चन्द्र चौधरी...
बन्द हड्तालको प्रभाव

बन्द हड्तालको प्रभाव

राजनीति, समाचार
डा.डिआर उपाध्याय हिजो गरिएको आम हड्तालमा सर्व साधरण जनताले दुःख बेहोर्नुप–यो । सत्तास्वार्थको राजनीतिले मुलुकलाई बन्धक बनायो । यस्तो राजनीतिले देश र जनताको हित गर्दैन । हिजोको आम हड्तालमा ट्याक्सी ,ट्रकमा बन्दकर्ताले तोडफोड र आगजनी गरे । यो देश र जनताको हित विपरित कार्य भयो । आफू सत्तामा हुँदा बन्द र हड्तालको विरोध गर्ने आफु सत्ता देखि बाहिर हुँदा बन्द र हड्ताल गर्ने यो कस्तो राजनीति हो ? बन्द हड्ताल ,चक्काजाम जस्ता गतिविधिले जनतालाई दुःख दिने काम गरेको छ ।विभिन्न राजनीतिक दल र केही समूहले आब्हान गरेका सडक संघर्षबाट जनता आजित भएका छन्। संसद् विघटनपछि मुलुकमा राजनीतिक संकट उत्पन्न भएको छ । राजनीतिक संकटलाई समाधान गर्ने बाटोतर्फ कोही पनि अग्रसर छैनन् । अहिलेको वर्तमान राजनीतिक घटनाक्रमलाई विभिन्न राजनीतिक दलहरूले आआफ्नै तर्क गरिरहेका छन् ।अहिले साना साना विषयमा उत्पन्न भएका विवादलाई स...
हेमन्त शर्माको ‘यस्तो बतास’ सार्वजनिक(भिडियो सहित)

हेमन्त शर्माको ‘यस्तो बतास’ सार्वजनिक(भिडियो सहित)

मनोरन्जन, समाचार
काठ्माण्डौ, लोकप्रिय गायक हेमन्त शर्माको स्वरले सुसज्जित ‘यस्तो बतास”को भिडियो सार्वजनिक भएको छ । रोमान्टिक शैलीमा रहेको गीतको भिडियोलाई शशान कँडेलले निर्देशन् गरेका छन भने बिशाल श्रेष्ठ र कञ्चन फिचर्ड छन । https://www.youtube.com/watch?fbclid=IwAR0TX8OYMhVkk6RCqivXz95ofYoRR7pmSOhNT6aGGVK-lcN_MajUYabhScs&v=ga6yFZszcmI&feature=youtu.be भिडियोमा सुरज खनालको छांयाकन रहेको छ भने सम्पादन बिकास दाहालको रहेको छ । गीतमा शुवास गौतको शब्द, वरिष्ठ संगीतकार सुरेश अधिकारिको संगीत तथा चांड सिंहको संगीत संयोजन रहेको छ । सुरज इन्टर्टेन्मेन्टको सर्वाधिकार रहेको अडियो भिडियोलाई कम्पनीकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ भने दर्शकश्रोताले तथा सम्पूर्ण शुभचिन्तकले हेरेर माया गरिदिनु हुन निर्देशक शशान कँडेलले आग्रह पनि गरेका छन । ...
लोकप्रिय बाल कलाकार प्रिन्स अभिनित’पिरती को फन्डा ‘सार्बजनिक(भिडियो)

लोकप्रिय बाल कलाकार प्रिन्स अभिनित’पिरती को फन्डा ‘सार्बजनिक(भिडियो)

मनोरन्जन, समाचार
सानै उमेर देखी स्टेज शो तथा फेशन शोहरुमा देखिने लोकप्रिय बाल कलाकार प्रिन्स प्रसिद सिंह थापा र प्रसिना बास्तोलाद्धारा अभिनय रहेको म्यूजिक भिडियो ‘पिरती को फन्डा ‘सार्बजनिकभएको छ । दिपक राज सुनार को निर्देशनमा बनेको यो भिडियो दश म्यूजिक नेपालको युट्युव च्यानलबाट सार्बजनिक गरिएको हो । https://youtu.be/IqkdSEnBHqw गायिका एन्जिला रेग्मी र गायक पुष्पराज बसेलको आवाजमा सजिएको यस गीतको भिडियोमा ,प्रिन्स प्रसिद सिंह थापाको साथमा जिबेस सिंह गुरुङ, रोसनी कार्की ,प्रसिना बास्तोला लगायतको अभिनय रहेको छ । भिम बिसीको कम्पोज रहेको गीतको ऐरेन्ज उदयराज पौडेलले गरेका छन । गीतलाई मिक्स तथा मास्टरिङ स्याम स्वेत रसाइलीले गरेका छन । ...
आम हड्ताल के को लागी ?

आम हड्ताल के को लागी ?

राजनीति, समाचार
-डा.डिआर उपाध्याय नेपाल बन्द,हड्ताल र चक्काजाम सदाको लागि अन्त्य गर्नु पर्छ भनेर प्रतिबद्धता जनाएका दलहरुले नै सरकार देखि बाहिर हुँदा उनैले नै आफुले गरेको प्रतिबद्धतालाई उलङ्घन गर्ने प्रयास गरेका छन् । दलिय स्वार्थका लागि आम हड्ताल गरेर सर्बसाधरणदेखि आम नागरिकलाई सास्ती दिने काम राम्रो होइन । गरि खाने नागरिकलाई यस्ता बन्द, हड्तालले नराम्रो प्रभाव पारेको हुन्छ । एक दिनको बन्द हड्तालले देशको अर्थतन्त्रमा करोडौँ नोक्सान पु–याएको हुन्छ । आम हड्ताल के को लागी ? यो विषयमा राजनीतिक दलहरु किन गम्भिर बन्न सकेनन् ? बन्द हड्तालका कारण बिरामी ,विद्यार्थी ,ज्याला मजदुर लगायत विभिन्न क्षेत्रमा यसको प्रभाव पर्दछ ।बन्दका कारण यातायात सुचारु हुन नसक्दा विगतमा पनि कैयौँ सिकिस्त बिरामी र प्रसुति व्यथाले च्यापेका महिलाले समयमा उपचार नपाउँदा अकालमा ज्यान गुमाउनु परेका प्रशस्त उदाहरण छन् । आज हुने भनिएको...
वर्तमान संकट र यसको निकास

वर्तमान संकट र यसको निकास

राजनीति, समाचार
डा.डिआर उपाध्याय संसद् विघटन पछि देशमा एकाएक सडक आन्दोलनको रमिता भैरहेको छ । संसद् विघटनले देश अस्थिरतातर्फ उन्मुख बनेको छ । अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल नेपाल समूह, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, नागरिक समाज लगायतले आन्दोलन गरिरहेका छन् । यो आन्दोलनमा जनताको त्यति सहभागिता देखिदैन । किनभने जनता राजनीतिक दलसँग असन्तुष्टि छन् । सडकमा उठेको आन्दोलन केवल सत्तामा जान र केपी ओलीको ठाउँमा प्रचण्ड, माधव नेपाल वा शेरबहादुर देउवा प्रधानमन्त्री हुन मात्रै आन्दोलन सञ्चालन भइरहेको हो भन्ने जनताको गुनासो छ । आन्दोलनले नयाँ सरकार बन्न सक्ने अवस्था छैन । वर्तमान संकटको निकास भनेको चुनाव हो । अब मुलुकमा आन्दोलन गरेर द्वन्द निम्ताउने काम कुनै दलले पनि गर्नु हुँदैन । देशमा विकास समृद्धि र सुशासन कायम गर्नु पर्ने आवश्यकता देखिएको छ । अब सरकारले समाजवादको आधार निर्माण गरि प्रभावका...
पेचिलो बन्दै गयो संघीयता

पेचिलो बन्दै गयो संघीयता

राजनीति, समाचार
डा.डिआर उपाध्याय नेपालमा यति बेला संघीयता पेचिलो बन्दै गएको छ । संघीयता लागु गर्नु भन्दा अघि यो बिषयमा कहिल्यै छलफल गरिएन । नेपालमा संघीयताको बारेमा कहिल्यै जनतालाई जानकारी गराइएन । जनआन्दोलनमा संघीयताको विषय कहीँ कतै उठेको थिएन । संघीयता भनेको नै सबै जनतालाई सशक्त बनाउने, सम्पूर्ण अधिकार प्रदान गर्ने माध्यम हो ।संघियताको अभ्यासमा नेपालमा त्यस्तो देखिएन । अन्तरिम संविधान जारी हुँदा समेत यो बिषय उठेको थिएन । संघीयता नेपालमा एक्कासी घुसाइएको एजेन्डा हो । किनकि निरंकुश राजतन्त्रविरुद्ध २०६३ सालमा आन्दोलन भयो तर संघीयताको बारेमा एक शब्द कहीँकतै उच्चारण भएन । आन्दोलन सफल भए पछि देशमा लोकतन्त्र पुनर्वहाली भयो । २०६३ सालमा नेपालको अन्तरिम संविधान जारी भएपछि त्यसबाट असन्तुष्ट भई मधेसमा अकस्मात आन्दोलन भयो । त्यतिबेलाको मधेस आन्दोलनले विशेष गरी पूर्वी तराईका जिल्लामा साम्प्रदायिकता भड्किन...
“ लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल २०२१” छनौट कार्याक्रम सम्पन्न

“ लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल २०२१” छनौट कार्याक्रम सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौं, माघ /सिजन मिडियाद्धारा आयोजीत विवाहीत महिलाहरुमा केन्द्रित “ लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल २०२१” चौथो संकरणको अडिसन शनिवार सिजन मिडियाको कार्यालयमा सम्पन्न भएको छ । विवाहित महिलाहरुको सहभागीता लाइ ध्यानमा राखि सिजन मिडियाले यो निरन्तरता दिदै चौथो चरणको लागि कार्यक्रम गर्न लागेको वताउछन सिजन मिडियाका कार्यक्रम निर्देशक रोजिना तुलाधर । महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज एउटा सक्षम महिला र जिम्मेवार व्यक्तिको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले यो कार्यक्रम आयोजना गर्दै आइरहेका हौं । विगत एघार वर्ष देखि काठमान्डौमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको म...
फेव्रुअरी महिना भरि सचेतनामुलक कार्यक्रम गर्दै आयोडिन मन्थ मनाईने

फेव्रुअरी महिना भरि सचेतनामुलक कार्यक्रम गर्दै आयोडिन मन्थ मनाईने

समाचार, स्वास्थ्य
-नेपाल सरकारले प्रत्येक बर्ष अंग्रेजी क्यालेण्डर अनुसार फेव्रुअरी महिनालाई आयोडिन मन्थका रुपमा मनाउदै आएको छ ।  सोहीको निरन्तरता स्वरुप यस बर्ष पनि सरकारले फेव्रुअरी महिनालाई आयोडिन मन्थका रुपमा मनाउदै छ ।  आयोडिनको कमीबाट हुने विकृति रोकथामका लागि  जनचेतना जगाउने उदेश्यका साथ फेव्रुअरी महिनालाई  आयोडिन मन्थका रुपमा मनाउने गरिएको हो । नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई आयोडिन मन्थका रुपमा घोषणा गरी आयोडिन सम्बन्धी चेतनामूलक गतिविधि संचालन गरिदै आईएको छ । त्यसो त, जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको हुनाले नेपालमा नुनमा आयोडिन मिसाई प्रत्येक घर घरमा आयोडिनयुक्त नुनको पहुँच बिस्तारको नीति नेपाल सरकारले लिएको छ ।  हरेक नेपालीको घर दैलो एवम् चुलो चौकोसम्म आयोडिनयुक्त नुनको पहुँच प्रभावकारी रुपमा पुगोस् भन्ने हेतुले सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशन...