सोम, मंसिर ८, २०८३
Mon, November 23, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
गायक नारायण बाबुको स्वरमा ‘तिम्रो शहर’मा सार्वजनिक(भिडियो)

गायक नारायण बाबुको स्वरमा ‘तिम्रो शहर’मा सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
गायक नारायण बाबुको स्वरमा रहेको गीत ‘तिम्रो शहर’मा सार्वजनिक भएको छ । रत्न गुरुङको शब्द रचना विक्रम थापाको सङ्गीत र विष्णु मान्नधरको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/PUCMpE5XZJs जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा रजनी के सी र दृश्य सुबेदीको अभिनय रहेको छ । लाइमलाइट प्रोडक्सनमा बनेको भिडियोमा उत्सव दाहालको छायाँकन र टेकेन्द्र शाहको सम्पादन छ । भिडियोलाई ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । ...
गुड मर्निङ्ग नेपालको १२ औं रक्तदान कार्यक्रम

गुड मर्निङ्ग नेपालको १२ औं रक्तदान कार्यक्रम

समाचार, समाज
गुड मर्निङ्ग नेपालले आफ्नो १२ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कपन वरपर रहेका जागरुक ४० जना समाजसेवीहरुको पहलमा स्थापना भएको सामाजिक संस्था गुड मर्निङ्ग नेपालले कपनमा १२ औं रक्तदान कार्यक्रम आयोजना गरि सफलता पूर्वक सम्पन्न गरेको छ । स्वास्थ्य संगै समाजसेवा भन्ने भाव बोकेर विहानी पख मर्निङ्ग वाकमा निस्कने समूहहरुलाई एकजुट बनाएर संस्थाको स्थापना गर्दै हाल ८० जना सदस्य रहेको संस्थाका अध्यक्ष कुल बहादुर बस्नेतले जानकारी दिए । उल्लेख्य संख्यामा उपस्थित समाजसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए । कार्यक्रम सम्पन्नका लागी योगदान दिएका समाजसेवीलाई संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गरिएको थियो ।समाजमा निस्वार्थ सेवा भावले लागेका समाजसेवीहरुको विशेष पहलमा रक्तदान वाहेक असाहयहरुको सेवामा निरन्तर लागी पर्दै आएको छ । ...
नेकपा फुटेर होइन जुटेर जानुपर्छ

नेकपा फुटेर होइन जुटेर जानुपर्छ

राशिफल, समाचार
-डा.डिआर उपाध्याय, मुलुक यतिबेला राजनीतिक सङ्कटबाट गुज्रिरहेको छ । प्रतिनिधिसभा विघटन भएको छ । यसो हुनुमा मुख्यत नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेतृत्वको व्यक्तिगत र गुटगत स्वार्थ हो । जसको परिणाम यो अवस्था सृजना भएको छ । तीन वर्ष अघि दुई कम्युनिस्ट पार्टी मिलेर नेपाल कम्युनिस्ट पार्टी निर्माण भयोे र मिलेरै चुनावमा जादा झण्डै दुईतिहाई बहुमत प्राप्त भई सरकार पनि बन्यो । सुरुवाती दिनमा जनता खुशि पनि भए । अहिले नेकपा दुई खेमामा बिभाजित हुँदा नेकपा संकटमा छ । र, नेकपाको यो गतिविधि देख्दा जनता निरास छन् ।जसले गर्दा नेपाली कम्युनिस्ट आन्दोलनको सात दशक लामो ऐतिहासिक विकासक्रममा अवरोध खडा भएको छ । नेताहरूको व्यक्तिगत स्वार्थ र अहङ्कारले नेकपा दुई खेमामा विभाजन भएको हो । नेकपालाई नेपाली जनताको जनसमर्थन रहँदारहँदै पनि नेकपा दुई खेमामा भई विभाजन हुनु मुलुकको लागि दुर्भाग्य हो । नेकपा भित्रको ...
प्रजातन्त्र दिवस र यसको आफ्नै महत्व

प्रजातन्त्र दिवस र यसको आफ्नै महत्व

राजनीति, समाचार
डा.डिआर उपाध्याय, हिजो फागुन ७ गते प्रजातन्त्र दिवस मनाइयो । यो प्रजातन्त्र दिवसको आफ्नै महत्व छ । राजनीतिक परिवर्तनको जग २००७ फागुन ७ गते बसेको हो । त्यसकारण यस प्रजातन्त्र दिवसलाई विशेष रूपमा मनाउने गरिएको छ । यस अवसरमा नेपाल सरकारको निर्णयअनुसार राज्यभर र विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा समेत हर्षोल्लासपूर्वक प्रजातन्त्र दिवस भव्यताकासाथ मनाइँयो । देशमा पटक पटक राजनीतिक परिवर्तन भएका छन् । तर परिवर्तनबाट जनताले सोँचे बमोजिमका अपेक्षा पुरा नभएको पाइन्छ । जब देशमा राजनीतिक परिवर्तन हुन्छ ,त्यसको सुरुवाती दिनदेखि केही समय जनता उत्साहित हुन्छन् । जब समय बित्दै जान्छ ,तब कुनै पनि शासनबाट जनता सन्तुष्टि हुन सक्दैनन् । र आफ्नो अधिकारको लागि भन्दै कुनै समूह वा पार्टीको समर्थन गरेर विद्रोह गरेको हामीले इतिहासमा पाउँछौँ । जुनसुकै राजनीतिक परिवर्तनबाट प्राप...
नेपाल महिला चेम्बरको रक्तदान कार्यक्रम

नेपाल महिला चेम्बरको रक्तदान कार्यक्रम

आर्थिक, समाचार
काठमाडौं, ०७ फाल्गुण-नेपाल चेम्बर अफ कमर्श ७० बर्ष पुगेको अवसरमा नेपाल महिला चेम्बरले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार ललितपुरको मंगलबजारमा आयोजित सो कार्यक्रमको विधीवत उद्धघाटन कार्यक्रमका प्रमुख अतिथी नेपाल चेम्बर अफ कमर्शका वरिस्ठ उपाध्यक्ष राजेन्द्र मल्लले गरेका थिए । उद्धघाटन पस्चात कार्यक्रमलाई सम्बोधन गर्दै वरिस्ठ उपाध्यक्ष मल्लले नेपाल चेम्बर अफ कमर्श ७० बर्ष पुगेको अवसरमा नेपाल महिला चेम्बरले रक्तदान जस्तो पुण्य कार्य गरेकोमा धन्यवाद ज्ञापन गर्दै महिला उद्यमशिलता विकाससँगसगै सामाजिक उत्तर दायित्वलाई पुरा गर्ने निस्वार्थ भावनाका साथ अघि बढेको भन्दै साधुवाद व्यक्त गरे । साथै वरिस्ठ उपाध्यक्ष मल्लले नेपाल चेम्बरको शाखा संजाल देशैभर बिस्तारित रहेको सन्दर्भ उल्लेख गर्दै अन्तर जिल्ला र नगर स्तरमा व्यवसायिक उत्पादनलाई प्रबर्धन गर्न केन्द्रले समन्वयको भूमिका निर्वाह गर्ने...
निशान भट्टराईको स्वरमा रहेको गीत ‘देखे सन्ततीले, छलेको कहानी’ सार्वजनिक(भिडियो)

निशान भट्टराईको स्वरमा रहेको गीत ‘देखे सन्ततीले, छलेको कहानी’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
निशान भट्टराईको स्वरमा रहेको गीत ‘देखे सन्ततीले, छलेको कहानी…’ सार्वजनिक भएको छ । टिका भट्टराई नेपालको शब्द, नरेन्द्र प्यासीको सङ्गीत र अमोस तामाङको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । यो गीत ‘प्रिती’ एल्वममा समावेश छ । छोराछोरीले वृद्धाआश्रमसम्म कसरी पुर्‍याउछन् भन्ने कथा गीतमार्फत सन्देश दिन खोजिएको छ । गीतको भिडियोमा बुहारीले बृद्धाआश्रमबाट घरमा फिर्ता लेराएको देखाइएको छ । दिनेश राज शर्माले निर्देशन गरेको गीतको भिडियोमा उत्तम केसी नेपाल, टिका भट्टराई नेपाल, झापाली कान्छा, देवीचरण भण्डारी निर्मला चौलागाई, प्रतिक नेपाललगायतको अभिनय गर्नुभएको छ । https://youtu.be/i-Gd3g_x0FE झापाको कोटीहोम दोमुखा माईधार आसपासमा छायाँकन गरिएको गीतको भिडियोमा सन्तोष राना मगरको छायांकन तथा सम्पादन छ । भिडियोलाई दर्शन प्रोडक्सनको युटुव च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतको भिडियोमा न...
भावातित ध्यान विचार गोस्ठी माझ ‘महर्षि सन्देश’ सार्वजनिक

भावातित ध्यान विचार गोस्ठी माझ ‘महर्षि सन्देश’ सार्वजनिक

शिक्षा, समाचार
काठमाडौं, ०६ फाल्गुण- भावातित ध्यान विचार गोस्ठी माझ भावातित ध्यान बिशेशांक ‘महर्षि सन्देश’ विहिवार सार्वजनिक गरिएको छ । नेपाल महर्षि वैदिक फाउण्डेसनद्वारा प्रकाशित उक्त पुस्तकको विमोचन कार्यक्रमका प्रमुख अतिथी स्वामी ज्ञानानन्द सरस्वती, नेपाल महर्षि वैदिक फाउण्डेसनका अध्यक्ष तथा पुर्व मन्त्री दिपक प्रकाश बाँस्कोटा, नेपाल महर्षि वैदिक फाउण्डेसनका अन्तरराष्ट्रिय निर्देशक डा. किन्सली बुक, स्वामी वासुदेव प्रपन्नाचार्य, वरिस्ठ अभिनेत्री मनिषा कोइराला, नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. जगदिश चन्द्र पोखरेलले संयुक्त रुपमा गरे । सो अवसरमा पुस्तकको समिक्षा गर्दै भरत राज पौडेलले पुस्तक ५ खण्डमा विभक्त रहेको जानकारी गराउदै भावातित ज्ञानको आवश्यकता, महत्व, अबलम्बन विधी आदीको बारेमा विस्तृत रुपमा वर्णन गरिएको र पुस्तक जीवनमा एक पटक पढनै पर्ने खालको ...
शैक्षिक बेरोजगारी दर बढ्दैः गरिखाने शिक्षा आजको आवश्यकता

शैक्षिक बेरोजगारी दर बढ्दैः गरिखाने शिक्षा आजको आवश्यकता

शिक्षा, समाचार
डा.डिआर उपाध्याय आज म मैले जाने बुझेको ,भोगेको , देखेको हाम्रो देशको शिक्षा नीतिको बारेमा केही कुरा लेख्ने प्रयास गरिरहेको छु । हुन त म शिक्षा क्षेत्रको विज्ञ होइन ,तर यस बारेमा केही लेख्न मन लाग्यो । आज हाम्रो देशको शिक्षानीति समय अनुकुल नभई परम्परागत ढंगले पठनपाठन हुँदै आएको छ । आज हाम्रो देशका विश्वविद्यालयहरु शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखानाका रुपमा परिणत भएका छन् । यो हाम्रो देशको विडम्वना हो । हाम्रो देशको शिक्षा व्यवाहारिक नभइ घोकन्तेमा आधारित छ । परीक्षामा जसले पाठ घोकेर जान्छ उही विद्यार्थीले जाँचमा राम्रो अंक ल्याउछ ,अनि उसले मार्कसेटको सख्या बढाउँछ ,धेरै विषयमा डिग्री बढाउछ तर दुर्भाग्य उसले न रोजगार पाउँछ न त उसँग बिषगत पर्याप्त ज्ञान एवं सीप हुन्छ । कारण के हो भने घोकन्ते शिक्षा ।घोकन्ते शिक्षा भनेको भरेको खर्च जस्तै हो । हाम्रो देश कृषिप्रधान देश हो । तर कृषि सम्...
तारा अधिकारीको “लाली ओठैमा” सार्वजनिक(भिडियो)

तारा अधिकारीको “लाली ओठैमा” सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । गीतकार तारा अधिकारीको नयाँ गीत लाली ओठैमा को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुनौलो तारा युट्युब च्यानलबाट दर्शकमाझ आएको गीतमा स्वरुपराज आचार्य र रचना रिमालको स्वर छ । गीतमा संगीत राजनराज शिवाकोटी र संगीत संयोजन उदयराज पौडेलको छ । ए वान म्युजिसियन रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड भएको हो । गीतलाई किशोर थापाले मिक्सिङ गरेका हुन् । गीतको भिडियोमा पल शाह, गरिमा शर्मा र कुमार न्यौपानेलाई देख्न सकिन्छ । रमेश थापाको निर्देशनमा तयार भएको भिडियोलाई करण चैसिरको छाँयांकन र सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । म्युजिक भिडियोको चन्द्र बिनायक फिल्म प्रोडक्सनमा पोष्ट प्रोडक्सनको काम गरिएको हो । चपली हाइटका विभिन्न स्थानमा छाँयांकन गरिएको भिडियोमा पल र गरिमाको केमेस्ट्री छ । राजीव समरको उत्कृष्ट कोरियोग्राफी भिडियोमा छ । https://youtu.be/YxRQJ7z42pw यो गीतको भिडियोलाई पनि दर्शक...
भागरथी भट्टको हत्यारा सार्वजानिकः पीडित परिवारले न्याय पाउने आशा

भागरथी भट्टको हत्यारा सार्वजानिकः पीडित परिवारले न्याय पाउने आशा

समाचार, समाज
डा.डिआर उपाध्याय पीडित परिवारले न्याय पाउने आशा बलात्कारका घटना दिन प्रतिदिन बढदै जानु हाम्रो समाजको अगाडी तेर्सिएको गम्भिर चुनौति हो । कतिपय यस्ता घटना छिपिएका र दविएका पनि छन । बास्तविक दो्षिलाई पक्राउ गर्न कठिन पनि भएको छ ।हाम्रो देशमा पनि अरु देशमा जस्तो बलात्कारीविरुद्ध कठोर कानुनी व्यवस्था हुनु पर्छ । अनुसन्धान गर्ने हाम्रा नेपाल प्रहरी दक्ष नभएका होइनन । बलात्कारको सूचना पाउँदा समयमै घटनास्थल पुग्छन । तर परिणाम के हुन्छ भने समयमै दोषि पक्राउ पर्दैन समस्या यो हो । बैतडीकी किशोरी भागरथी भट्टको माघ २१ गते बलात्कारपछि भएको हत्या,सर्वत्र चासो र चर्चाको विषय बनिरहेको बेला हिजो मात्र उनको हत्यारा सार्वजानिक गरिएको छ । यस घटनामा प्रहरीलाई ठूलो सफलता मिलेको छ । विगतको निर्मला पन्तकै जस्तो घटना फेरि हाम्रो समाजमा दोहोरिए पनि भागरथी भट्टको हत्या आरोपी सार्वजानिक भएसँगै पिडित परिवारले न्...