शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
खुमन र शिलुको “यहीँ हो मेरो”तिज गीत सार्वजनिक(भिडियो)

खुमन र शिलुको “यहीँ हो मेरो”तिज गीत सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । नेपाली नारीहरुको महान चाड तीज नजिकिदै गर्दा बजारमा थुप्रै तीज गीतहरु आईरहेका छन् । यस्तै क्रममा गायिका शिलु भट्टराईको ‘यहीँ हो मेरो थुतुनो‘ तिज गीत सार्वजनिक भएको छ । https://www.youtube.com/watch?v=exTCFN2-mm8 बाबुराम बिस्वकर्माको शब्द खुमन अधिकारीको लय सिर्जना रहेको यश गीतमा शिलु लाई खुमन अधिकारीले साथ दिएका छ्न् । शिलु भट्टराई अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको यश गीतको म्युजिक भिडियो जेरि भन्डारीले निर्देशन कोरियोग्राफी गरेका छ्न् । भिडियोमा खुमन अधिकारी, शिलु भट्टराई , जेरि भण्डारी , जुनु एस डि, श्री पोखरेल ,सरोज पुर्जा लगायतको अभिनय देख्न सकिन्छ। रमाइलो र ठट्यौली शब्द मा तयार भएको यश गीतलाई करन चैसिरले खिचेका हुन भने सुजन कोइरालाले सम्पादन गरेका छ्न । ...
कृष्णराज भण्डारीको स्वर तथा शव्दमा ‘भाग्य खुलाई देउ सार्वजनिक'(भिडियो)

कृष्णराज भण्डारीको स्वर तथा शव्दमा ‘भाग्य खुलाई देउ सार्वजनिक'(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं ।  कृष्णराज भण्डारीको स्वर तथा शव्दमा भाग्य खुलाई देउ बोलको तिज गीत सार्वजनिक भएको छ । गायक भण्डारीसंगै सन्तोष प्रगड,सिम्रन श्रेष्ठ र पुष्प कार्कीको समेत स्वर रहेको गीतलाई शैलेस पहरीले संगीत दिएका छन । सन्तोष प्रगडकै एरेन्ज,मिक्सिङ्ग,रेकर्डिस्ट र मास्टरिङ्ग रहेको गीतको अडियो भिडियो साईमान पिक्चर्सले बजारमा ल्याएको हो । https://www.youtube.com/watch?v=jhQ1Zl8Ene4 शैलेस पहारी को युट्यूब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा शैलेस पहारी,भरत खड्का र दिव्या वयलकोटीको अभिनय रहेको छ। भिडियोलाई सागर लामाले निर्देशन गरेका हुन भने छायाँकन अमित बिक र सम्पादन राजेश वोहिराले गरेका हुन । ...
दुबईमा चम्कियो जेएनडी ज्वलेरी: सपना शर्मा ‘मिनु’को अन्तर्राष्ट्रिय सफलता

दुबईमा चम्कियो जेएनडी ज्वलेरी: सपना शर्मा ‘मिनु’को अन्तर्राष्ट्रिय सफलता

आर्थिक, समाचार
दुबई —व्यवसायमा नाम कमाउने सपना सजिलो हुँदैन। तर, जब त्यो सपना मिहिनेत, आत्मविश्वास र दृढसंकल्पसँग जोडिन्छ, असम्भव पनि सम्भव बन्न जान्छ। यस्तै प्रेरणादायी यात्रा पूरा गर्दै नेपालकी प्रख्यात ज्वेलरी व्यवसायी सपना शर्मा ‘मिनु’ले दुबईको बरदुबईमा आफ्नो (जय नवदुर्गा ज्वलेरी ) जेएनडीज्वेलरी  शोरुम भव्य रूपमा सञ्चालनमा ल्याएकी छिन्। ज्वेलरी व्यवसायमा आफ्नो अद्वितीय योगदान र उत्कृष्ट सेवाका कारण पहिचान स्थापित गरेकी सपना शर्मा ‘मिनु’ले व्यवसायिक यात्रा अब अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याएकी छिन्। नेपालकै लोकप्रिय जेएनडी ज्वलेरीको व्यवसायिक सफलता पछि उनले  आफ्नो शाखा विस्तार गर्दै दुबईको बरदुबईमा पाँचौ शोरुम सञ्चालनमा ल्याएकी हुन्। शोरुमको उद्घाटन  टिका सानु र पुरुषोत्तम भण्डारी ‘पुर्खे बा’ले संयुक्त रुपमा रिबन काटेर गरेका थिए। सो अवसरमा दुबईस्थित नेपाली समुदायका प्रतिनिधि, व्य...
रोजिन शाक्य ‘मिसेस नेपाल अष्ट्रेलिया २०२५’ का आधिकारिक कोरियोग्राफर

रोजिन शाक्य ‘मिसेस नेपाल अष्ट्रेलिया २०२५’ का आधिकारिक कोरियोग्राफर

मनोरन्जन, समाचार
अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्यलाई मिसेस नेपाल अष्ट्रेलिया २०२५ का लागि आधिकारिक कोरियोग्राफरको रूपमा औपचारिक रूपमा नियुक्त गरिएको छ। हिमाली कल्चर ग्रुप मेलबर्न र इभेन्ट्स नेपाल अष्ट्रेलियाको सहकार्यमा आयोजना हुने यो प्रतियोगिता अष्ट्रेलियामा बसोबास गर्ने विवाहित नेपाली महिलाहरूको प्रतिभा, पहिचान र सामर्थ्यलाई उजागर गर्ने उद्देश्यले सुरु गरिएको एक प्रेरणादायक पहल हो। शाक्यको नियुक्तिसँगै प्रतियोगितामा सहभागी हुने प्रतिस्पर्धीहरूलाई अन्तर्राष्ट्रिय स्तरको नृत्य, प्रस्तुति र व्यक्तित्व विकास सम्बन्धी तालिम प्रदान गरिनेछ। कार्यक्रममा इभेन्ट व्यवस्थापनको नेतृत्व १६ वर्षभन्दा बढीको अनुभव बोकेको ख्यातिप्राप्त संस्था सिजन मिडियाले गर्नेछ। दुई दशकभन्दा बढीको अनुभव बोकेका शाक्यलाई नेपालको सबैभन्दा सफल फेसन कोरियोग्राफरहरूमध्ये एक मानिन्छ। उनले १२०० भन्दा बढी कार्यक्रमहरू कोरियोग्र...
संगीता र सुनितामीको “सिउँदोमा सिन्दुर​” सार्वजनिक

संगीता र सुनितामीको “सिउँदोमा सिन्दुर​” सार्वजनिक

मनोरन्जन, समाचार
नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। हिन्दु नारीहरुको महान चाड हरितालिका तीज आउन बाँकी नै छ। तर पनि तीज गीतहरु आउनेक्रम जारी छ। सोही क्रममा लोकगायिका सुनितामी परियारको विशेष प्रस्तुती, संगीता परियारको सुमधुर स्वर र कलाकार नितु कोइरालाको अभिनय रहेको नयाँ तीज गीत “सिउँदोमा सिन्दुर​” सार्वजनिक गरिएको छ। यस गीत सुनितामी परियारको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। मुम्बईमा छायाङ्कन गरिएको यस गीतको निर्देशन कर्ण चापागाईंले गरेका छन। गीतमा लक्ष्मण रायमाझी र विमल कौशलको शब्द, जीवन परियार र लक्ष्मण रायमाझीको संगीत तथा सुनितामी परियार र संगीता परियारको स्वर रहेको छ। गीतमा महेश पाण्डेको एरेञ्ज, विमल छिनालको मिक्सिङ, लक्ष्मण सेञ्चुरी स्टुडियोमा रेकर्डिङ गरिएको हो। सिनेमाटोग्राफी बेद प्रसाद पाण्डेले गरे...
खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’

खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’

मनोरन्जन, समाचार
काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’ विमोचन गरिएको छ । काठमाडौंमा आइतबार एक विशेष समारोहबीच नेपाल संस्कृत विश्वविद्यालयका कुलपति प्राडा.कुलप्रसाद कोइरालको प्रमुख आतिथ्यता र वरिष्ठ पत्रकार, साहित्यकार एवं हिमालय टाइम्स दैनिकका प्रधान सम्पादक पुरुषोत्तम दाहालको सभापतित्वमा उक्त गीतको भिडियो स्विच अन गरेर विमोचन गरिएको हो । कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको स्वर र संगीत रहेको यो गीत महाकाव्यकार दाहालको ‘श्वेतपत्र’ महाकाव्यबाट साभार गरिएको हो । राजु कार्कीको संगीत संयोजन, एसबी मुस्कानको संगीत सञ्चयक, प्रकाश मिश्रको संगीत सम्पादक रहेको गीतलाई अकस्टिक स्टुडियोमा रेकर्डिङ गरिएको हो । राजन खरेलको छायांकन एवं दृश्य सम्पादन रहेको गीतको भिडियोमा खेमनाथ दाहाल, उषा दाहाल, सन्तोष श्रेष्ठ र कृष्ण भुसाललाई फिचरिङ गरिएको छ । गीतको दृश्य सम्पादन कक्ष कलिउड हव ...
“क्युटी केयर ब्युटी हबलाई ग्लोबल स्टार अवार्ड: फेसन र श्रृङ्गार क्षेत्रमा नयाँ उचाइ”

“क्युटी केयर ब्युटी हबलाई ग्लोबल स्टार अवार्ड: फेसन र श्रृङ्गार क्षेत्रमा नयाँ उचाइ”

मनोरन्जन, समाचार
काठमाडौं । क्युटी केयर ब्युटी हप एण्ड ट्रेनिङ सेन्टर को निमन्त्रणामा फेसन आर्टिस्ट तथा फेसन इन्टरप्रेनर विशाल गुरुङले श्रृङ्गारमा आबद्ध भएका ब्युटिसियनहरूलाई आफ्नो फेसन यात्राका साथै जीवनका कठिनाई हरूलाई कसरी पार गर्ने भन्ने महत्त्वपूर्ण टिप्सहरू बताए। वरिष्ठ सौन्दर्यविद क्युटी केयर ब्युटी हप ट्रेनिङ सेन्टरकी सञ्चालिका चन्दा पुन भन्छिन्,- म मेरो विद्यार्थीहरूलाई एक सक्षम अनुशासित र आत्मनिर्भर भएको हेर्न चाहन्छु। फेसन, श्रृङ्गारको क्षेत्रमा स्थापित व्यक्तिहरुलाई निम्त्याएर उहाँहरूको अनुभवलाई ब्युटिसियनहरू माझ निकै नै प्रभावकारी साथै उनीहरूको मनोबल बढ्ने आशा राखेकी छु। फेसन आर्टिस्ट विशाल गुरुङ भन्छन् – गन्तव्यसम्म पुग्नको लागि लगनशीलता मेहनत र धैर्यता आवश्यक रहेको बताए। आज महिलाहरू आफ्नो घर सम्हाल्नेदेखि अफिसको कामहरू पनि सहज रूपले गर्न सक्ने भएका छन्। यो निकै नै खुसीको कुरा हो। जति ...
युवराज छन्त्याल र लक्ष्मी रेग्मीको स्वरमा तीज गीत ‘भयो डामाडोल’(भिडियो)

युवराज छन्त्याल र लक्ष्मी रेग्मीको स्वरमा तीज गीत ‘भयो डामाडोल’(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं – चर्चित गायक युवराज छन्त्याल र गायिका लक्ष्मी रेग्मीको स्वरमा नयाँ तीज गीत ‘भयो डामाडोल’ सार्वजनिक भएको छ। हाल वहुविवाहलाई मान्यता दिने विषयमा बहस भइरहेका बेला आएको यस गीतले सोही विषयलाई रोचक तरिकाले प्रस्तुत गरेको छ। गीतमा “घरकी भन्दा बाहिरकी राम्री लागेको” अवस्थालाई व्यङ्ग्यात्मक रूपमा चित्रण गरिएको छ। प्रतिमा शर्मा चपाईको शब्दमा तयार भएको गीतमा सुर्य खड्काको संगीत र याम थापा मगरको संगीत संयोजन रहेको छ। रमाइलो नृत्य भरिएको भिडियोको कोरियोग्राफी र निर्देशन शिवम पोखरेलले गरेका छन्। भिडियोमा निर्मल क्षेत्री, रिना थापा, सिला पाण्डे र बिमल बस्नेतको जीवन्त प्रस्तुति देख्न सकिन्छ। छायांकन सरोज शाही र उमेश बहादुर शाहले गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहले गरेका हुन्। शृङ्गारको जिम्मा सरिता प्रजापतिले सम्हालेकी छन्। तीजमा नाच्न लायक गीतको खडेरी भएको बेला ‘भयो डामाडोल’ले श्रो...
न्युयोर्कमा सांसद ज्ञानेन्द्र शाहीसंग “मिट एण्ड ग्रिट” हुदै

न्युयोर्कमा सांसद ज्ञानेन्द्र शाहीसंग “मिट एण्ड ग्रिट” हुदै

राजनीति, समाचार
न्युयोर्क, अमेरिका — नेपाली राजनीतिमा युवाशक्ति र राष्ट्रवादी विचारधाराका प्रखर प्रवक्ता मानिनु भएका राप्रपा नेपालका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य माननीय ज्ञानेन्द्र शाही अब अमेरिकी भूमिमा नेपाली समुदायसँग प्रत्यक्ष संवाद गर्ने तयारीमा छन्। आगामी अगस्ट ९, २०२५ (शनिवार) साँझ, न्युयोर्कको क्विन्सस्थित सत्य नारायण मन्दिरको सभाहलमा एक भव्य “मिट एण्ड ग्रिट” तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने भएको छ। प्रवासी नेपालीको सक्रिय सहभागिता र उत्साहजनक सहभागितालाई ध्यानमा राख्दै हिमानी ट्रष्ट अमेरिका – न्युयोर्क ब्युरो, प्रवासी नेपाली एकता समाज (पानस) र दर्शन ठकुरी समाज न्युयोर्कको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न हुने भएको हो। कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहनु हुने सांसद शाहीसंगको यो भेटघाट कार्यक्रममा, अमेरिकामा बसोबास गर्ने नेपाली समुदायका व्यक्तिहरूले राजनीतिक अवस्था, राष्ट्र...
नम्रता, नीलम र बबीको ‘किन्दिने हो कल्ले’ मा सुन्तली, सनिशा र जुनाको छमछमी

नम्रता, नीलम र बबीको ‘किन्दिने हो कल्ले’ मा सुन्तली, सनिशा र जुनाको छमछमी

मनोरन्जन, समाचार
काठमाडौं । नेपालीहरुको मौलिक चाड तिज नजिकिँदै गर्दा बजारमा नयाँ नयाँ गीतहरु आउनेक्रम जारी छ । संगीतकर्मीहरु तीज गीतलाई बजारमा ल्याउनमा आतुर देखिन्छन् । तीजको मौलिकतासँगै सन्देशमूलक गीतहरु ल्याउनु आफैंमा चुनौतिमय देखिन्छ । भड्किलो गीतहरु बजारमा ल्याएर चर्चा कमाउने एकातिर छन् भने अर्कोतिर समाजलाई भड्किलो बनाउन हुँदैन भनेर सन्देशमूलक सिर्जना पनि ल्याउने गरेका छन् । यसैक्रममा गायिकात्रय नम्रता तामाङ, नीलम रोका कार्की र बबी नेम्वाङ लिम्बूको स्वरमा रहेको गीत ‘किन्दिने हो कल्ले ?’ सार्वजनिक भएसँगै चर्चामा पनि रहेको छ । पछिल्लो समयको सामाजिक परिवेशलाई लिएर निर्माण गरिएको यो गीतले भड्किलो तीजलाई एउटा सन्देश पनि दिएको छ । पारिवारिक स्थिति र भड्किलो समाज अनुसार फरक रुपमा गीतलाई प्रस्तुत गरिएको छ । गीतकार डीपी खनालको शब्द सिर्जना रहेको गीत ‘किन्दिने हो कल्ले ?’ मा दीपक शर्माको संगीत सिर्जना रहे...