महाकाव्यकार खेमनाथ दाहालको ‘लालीगुराँसको साटो…
काठमाडौं । ‘लालीगुराँसको साटो रक्तरञ्जित भो वन, द्यौराली अनि पाखामा लासको टाकुरा किन ?’ यो पंक्ति केवल गीत होइन, हाम्रो इतिहासको घाउ बोलेको कविताजस्तो लाग्छ । महाकाव्यकार खेमनाथ दाहालले २०६० सालमै लेखेको काव्य ‘योद्धा’ भित्रको यो श्लोक फेरि संगीतसहित पुनर्जीवित भएको छ । मंगलबार राजधानीमा मिलापको आयोजनामा गरिएको विशेष समारोहमा गीतको भिडियो सार्वजनिक हुँदै गर्दा सभाहल केवल विमोचनस्थल बनेन, बरू साहित्य, संगीत र इतिहासको संगम स्थलमा रूपान्तरित भयो । गीतमाथि कार्यक्रमस्थलमा व्यक्त भएका धारणा सुन्दा लाग्थ्यो-साहित्य र संगीतबीचको पुल बलियो हुँदै गएको छ ।
दाहालको कलमबाट बगेका शब्दहरू र सन्तोषको स्वरबाट घन्किएको धुनले उपस्थितलाई केवल गीतमात्र होइन, एक ऐतिहासिक सन्देश सुनाइरहेको थियो । समारोहमा प्रमुख अतिथि प्राडा.शैलेन्द्रु प्रकाश नेपालले गीतको भिडियो स्विच अन गरेर सार्वजनिक गर्नुभएको थियो । उह...









