थाइल्यान्ड । चलचित्र लम्फुबाट डेब्यु गरेका नायक संजित भण्डारीले ग्लोबल इन्टरनेशनल अवार्डमा बेस्ट नवनायकको अवार्ड हात पारेका छन्। वल्डवाइड मिडिया नेटवर्कले थाइल्यान्डको पटयामा आयोजना गरेको ग्लोबल इन्टरनेशनल अवार्ड कार्यक्रममा नायक भण्डारीलाई थाइल्याण्डका प्रसिद्द पर्यटन ब्यवसायी एनोथाई थोङ्गथानोम तथा राम कृष्ण श्रेष्ठले ग्लोबल इन्टरनेशनल अवार्ड ,सम्मान पत्र तथा ट्रफी प्रदान गरेका हुन् । सोही समारोहमा वरिष्ठ गायक सिताराम पोखरेललाई ग्लोबल ईन्टरनेशनल सम्मान, ईभेन्ट निर्देशक लब वहादुर कार्कीलाई उत्कृष्ट ईभेन्ट डाईरेक्टर, चर्चित कमेडियन गोपाल ढकाल छन्देलाई उत्कृष्ट हास्य कलाकार, नायक श्रीदेव भट्राईलाई ग्लोबल ईन्टरनेशनल दशक सम्मान, व्यबसायी भिमसेन गिरीलाई उत्कृष्ट व्यबसायी, संचारकर्मी सोनी शर्मालाई ग्लोबल पत्रकारिता सम्मान तथा संचारकर्मी राजेन्द्र लुईटेललाई उत्कृष्ट ग्लोबल ईन्टरनेशन संचारकर्मी सम्मान प्रदान गरिएको थियो ।

भारतको पुणेमा अभिनय सिकेर आएका भण्डारीले कतारमा भएको स्टार ईन्टरनेशनल अवार्डमा पनि चलचित्र लम्फुबाट डेब्यु नायकको अवार्ड र थाईल्याण्डमै भएको पहिलो छाँयाछवि अन्तराष्ट्रिय अनर अवार्डमा पनि भण्डारीले चलचित्र लम्फुबाटै डेब्यु नायकको अवार्ड हात पारेका थिए। नायक भण्डारीले सगरमाथा रोइरहेछ,अपेक्षा र थोरै भएपुगिसरी टेलीचलचित्रमा सशक्त अभिनय गरेर दर्शकको मनजितेका छन् भने ६ वटा म्युजिक भिडियो ,स्टेज कार्यक्रम तथा बिभिन्न बिज्ञापनमा अभिनय गरेका छन्।
