काठमाडौं । रोजगारीका लागि होस वा व्यापार व्यबसायका लागि विदेशमा रहेका नेपालीहरुलाई सधैं देशको मायाले सताउने गर्छ । त्यसै कारण पनि आफुले परिश्रम र पसिना बगाएर आर्जन गरेका केही रकम नेपालमा विभिन्न सामाजिक कार्यहरुमा खर्च गर्दै आईरहेका हुन्छन । प्रवासमा रहेका नेपालीहरुमा भातृत्व अझै जीवितै छ देशको माया प्रति सदा ऊर्जावान रहेका हुन्छन ।

नेपालमा वेला वेलामा आईपर्ने दैवी विपत्तीहरुमा जस्तो सुकै कठिन समयका बावजुद परदेशमा रहेर पनि आफनो माटो प्रति को स्नेह , मुलुक प्रतिको गहिरो माया र अट्टु सम्बन्ध राख्दै आउने नेपालीहरुमा पर्छ विष्णु तिवारी ।

आफ्नो समाजिक यात्रालाई थप टेवा पुग्ने मनसायले आफ्नो अभियान मार्फत आर्थिक , भौतिक , समाजिक रूपमा सहयोग गर्ने उद्देश्यका लागि रन्जिता फाउण्डेशनलाई दुई लाख चार हजार चार सय चौबीस रुपैया नगद प्रदान गर्नु भएको छ । चौतारी समूहका पदाधिकारी तथा अन्य समाजसेवी सदस्यहरुबाट संकलित उक्त रकम बाट बेवारिसे लासको दाहसंस्कार, प्राकृतिक प्रकोप , दैबि प्रकोप बाट प्रताडित मानिसहरूको बृहतर हित को निम्ति प्रदान गर्नका लागि उक्त फाउण्डेसनलाई हस्तान्तरण गरिएको एनआरएनए अष्ट्रेलियाका ,दक्षिण अस्ट्रेलिया एनसीसी मेम्बर मा निर्बिरोध निर्वाचित एबम नवलपुर समाज अस्ट्रेलियाका अध्यक्ष समेत रहनु भएका विष्णु तिवारीले जानकारी दिनुभयो ।

विगत लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहंँदै आएको फाउण्डेशनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय दातृ संस्था एवं व्यक्तिबाट सहयोग प्रदान हुँदै आएको छ । फाउण्डेसनलाई आर्थिक सहयोग गर्ने परोपकारी संस्था र व्यक्तिप्रति फाउण्डेशनका अध्यक्ष रन्जिता गुरुङले आभार प्रकट गरिन् ।

रन्जिता फाउण्डेशनका अध्यक्ष समेत रहेका समाजसेवी रन्जिता गुरुङ्गले लामो समयदेखि विभिन्न समाजिक कार्यहरु गर्दै आईरहनु भएको छ । रन्जिता फाउण्डेसनले विगत लामो समयदेखि घरवार विहिनहरुका लागि विभिन्न स्थानमा घर निर्माणदेखि शिक्षा दिक्षाबाट वन्चित वालवालिकाहरुलाई संरक्षण एवं शिक्षा आर्जनका निमित्त पहल गर्दै आईरहेको छ ।
फाउण्डेशनले उक्त प्राप्त आर्थिक सहयोगलाई बेवारिसे शवको दाहसंस्कार, प्राकृतिक प्रकोप, दैविक प्रकोपबाट प्रताडित मानिसहरूको उद्धारका लागि खर्चिने पनि अध्यक्ष गुरुङले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here