काठमाडौँ। गायक युनिष शाहीको स्वरमा समाबेश नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘प्रतिक्षा’ बोलको गीतमा शब्द तथा संगीत गायक स्वयमको रहेको छ। चानस पुन मगरको सम्पादन तथा निर्देशन रहेको भिडियोमा प्रियना आचार्य र रमेश शाही फिचर्ड छन्।

भिडियोमा यात्रा संगै माया प्रेमको कथालाई समेटिएको छ। अनिश स्याङ्गेदनले छायाँकन गरेको भिडियोको पोस्ट प्रोडक्सन रे अफ आर्टमा भएको हो। रोमान्टिक शैलीको गीतको भिडियो उत्कृस्ट बनेको छ। भिडियो रे अफ आर्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here