शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

नेप्से साताको पहिलो दिन आज (आइतबार) दोहोरो अंकले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आज (आइतबार) दोहोरो बढेकोे छ । आज नेप्से ४६.४३ अंकले बढेर दुई हजार १० दशमलब ४५ विन्दुमा पुगेको छ भने ४ अर्ब ८९ करोड ९४ लाख ८४ हजार १३१ रुपैयाँ बराबरको कारोबार भएको छ । 
 
नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये तीन समूहबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । आज सबैभन्दा बढी लगानीकर्ताहरु जीवन बीमा समूहमा झुम्मिएका छन् । जुनमा समूह ५२८.४३ अंकले बढेको छ ।

नेप्सेका अनुसारआज महुली लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले सबैभन्दा बढी ९.९४ प्रतिशतले नाफा कमाएका छन् भने अपर तमाकोशी हाइड्रोपावरका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.८४ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको उच्च कारोबार भएको छ । नेपाल लाइफको ६७ करोड १ लाख ७२ हजार ४ सय २१ रुपियाँ बराबरको शेयर किनबेच भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *