आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

शिर्या धर्मगुरु मौलाना डाक्टर कल्बे सादिकको निधन

अल इन्डिया मुस्लिम पर्सनल ला बोर्डका उपपाध्यक्ष बरिष्ठ गुरु शिर्या धर्मगुरु मौलाना डाक्टर कल्बे सादिकको ८३ वर्षको उमेरमा निधन भएको छ ।

उनी लामो समयदेखि क्यान्सर पिडीत थिए । उनलाई निमोनिया पनि भएको थियो जसको कारण श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

नोभेम्बर १७ मा उनलाई लखनऊको एक अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उनलाई भेन्टिलेटरमा राखिएको थियो । त्यही उपचारको क्रममा उनको निधन भएको बीबीसीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *