बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखसँग भेटेर छलफल

 प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतवार) दिउँसो चारवटै सुरक्षा निकायका प्रमुखसँग भेटेर छलफल गरेका छन् ।

प्रधानमन्त्रीको बोलावटमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु बालुवाटार पुगेका हुन् ।

बालुवाटार स्रोतका अनुसार पार्टीभित्र विवाद रहेको बेला नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख डा. गणेश अधिकारीलाई भेट्नुलाई धेरैले आशंकित भएर हेरेतापनि यो नियमित भेटघाट हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *