see exam

मंसिर ४ काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणमा परेका विद्यार्थीलाई पनि परीक्षा लिन सक्ने गरी व्यवस्था मिलाइएको जनाइएको छ । सङ्क्रमित विद्यार्थीको परीक्षा अन्य साधारण विद्यार्थीको तुलनामा १५ मिनेटपछि परीक्षा सुरु गरिने र अन्य विद्यार्थीको परीक्षा सकिएको १५ मिनेटपछि सकिनेछ ।

साधारण विद्यार्थीसित सङ्क्रमित विद्यार्थीको सम्पर्क भेटघाट नहोस् भन्ने हिसाबले १५ मिनेटपछि परीक्षा सुरु गर्ने व्यवस्था मिलाइएको जानकारी परीक्षा नियन्त्रक जोशीले दिनुभयो । सङ्क्रमित विद्यार्थी परीक्षाका लागि तोकिएको समयभन्दा १५ मिनेट ढिला गरी परीक्षा केन्द्रमा पुग्नुपर्नेछ ।

सङ्क्रमित विद्यार्थीलाई परीक्षा केन्द्रमा अलग्गै कोठामा राखेर परीक्षा लिने व्यवस्था मिलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here