मंसिर ३ काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी दल (जसपा)का नेता डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउँनै पर्ने बताएका छन्।
हाल नेकपाभित्र देखिएको विवाद नेकपाको आन्तरिक झगडा मात्रै नभएको भन्दै डा.भट्टराईले ओली सरकार विरुद्ध अब प्रतिपक्षीदलहरु एक ठाउँमा आउँनुपर्ने समेत बताएका छन्।
अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगाएको गम्भीर आरोपपछि हाल नेकपाभित्र विवाद उत्कर्षमा पुगेको छ।
उक्त विवाद मिलाउँनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी देखी नेपाल स्थित चिनियाँ राजदूत होउ यान्छी सक्रिय रहेको खबर सार्वजनिक भइरहेका छन।
भट्टराईले नेकपाको आन्तरिक विवादमा राष्ट्रपति र चिनियाँ राजदूतले हस्तक्षेप गर्न खोजेको भन्दै त्यसो गर्न नमिल्ने बताएका छन्।
नेता भट्टराइले ट्विटरमा लेखेका छन्, ‘नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला तर यी राज्य र जनताका मुद्दा प्रतिपक्षी दल र जनताले उठाउनैपर्छ है! १) राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन २)ओली सरकारको असफलतारभ्रष्टाचारवारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ।’
