आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

गाई सम्झेर अझै ‘रुँदै’ छन् कमल थापा

मंसिर १ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टी चुनाव चिह्न (गाई) गुमाउनुपर्दा पीडा बोध भएको बताएका छन् ।

यमपञ्चक (तिहार)अन्तर्गत आज (आइतबार) गोवर्द्धन पूजाका दिन गाई पूजा गरेको तस्वीर सामाजिक सञ्जालमा शेयर गर्दै थापाले पार्टी एकताका क्रममा ‘गाई’ चुनाव चिह्न गुमाउनु पर्दाको पीडा पुनः एकपटक बोध भएको बताएका छन् ।

थापाले ‘गाई’ चुनाव चिह्न नै ठीक हुन्छ भनेर पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनीलाई सहमत गराउन नसक्नु आफ्नै कमजोरी भएको पनि स्वीकार गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *