बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

प्रधानसेनापतिबाट रथी हमाललाई दर्ज्यानी चिह्न

 कात्तिक १७ काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले हालै पदोन्नति भएका ईश्वर हमाललाई रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

सैनिक मुख्यालय जङगी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति थापाले उनलाई रथीको दज्र्यानी चिह्न प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । मन्त्रिपरिषदको गत असार ६ गतेको बैठकले उपरथी हमाललाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

सयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ कार्यको लागि सिरियामा तैनाथ मिशनमा रथी हमालले फोर्स कमाण्डरको जिम्मेवारी सम्हाली रहेका छन् । नेपाली सेनामा हाल दुई रथीको दरबन्दी रहेको छ । रथी हमाल सैनिक संगठनमा वौद्धिक व्यक्तित्वका रुपमा परिचित छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *