कात्तिक ५ झापा। प्रतिनिधिसभाकी सांसद धर्मशिला चापागाईँले दशैं भत्तावापत्को आफ्नो रकम नारी सञ्चार गृह र शहीद प्रतिष्ठान नेपालको झापा शाखालाई प्रदान गर्नुभएको छ ।कोरोना महामारीका बेला दशैं भत्ता लिन उपयुक्त नहुने बताउँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद चापागाईले उक्त रकम झापाका दुई संस्थालाई वितरण गर्नुभएको हो ।
सञ्चार गृहकी अध्यक्ष भीमा शिवाकोटीले संस्थाको खातामा रु ३२ हजार प्राप्त भएको जानकारी दिनुभयो । नेकपाले दशैं भत्ताको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको पनि सांसद् चापागाईँले पार्टीको निर्णयगावै भत्ता नलिने र दुई सामाजिक संस्थालाई प्रदान गर्ने घोषणा गरिसक्नुभएको थियो ।(रासस)
