आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

काठमाडौंको नयाँ बजारमा ग्यास सिलिण्डर बिस्फोट

असोज २९ काठमाडौं । काठमाडौं महानगरपालिका–१६, नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्यास सिलिण्डर बिस्फोट भएको छ । बिहीबार दिउँसो नयाँ बजारको फलफूल चोकस्थित एक घरमा किरियापुत्री बसेको कोठामा ग्यास बाल्ने क्रममा विस्फोट भएको हो ।

महानगरीय प्रहरी परिसरका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार घटनामा ११ जना घाइते भएका छन्। उनीहरूको पिपुल्स र मनमोहनमा उपचार भइरहेको छ । ती मध्ये चार जना गम्भीर घाइते भएका छन् । विस्फोटले झ्यालका सीसा फुटेको छ । भित्ता भत्किएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *