आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

‘जातको प्रश्न’का कारण नराम्रोसँग विबादमा तानिए महानायक राजेश हमाल

असोज २७ काठमाडौं ।अहिलेसम्म निर्विबाद रहेका महानायक राजेश हमाल एउटा कार्यक्रमका कारण नराम्रोसँग विबादमा तानिएका छन् । समता फाउन्डेसनको लगानीमा हमालले सञ्जालन गर्दै आइरहेको कार्यक्रम ‘जातको प्रश्न’ मा क्रिश्चियनको लगानीमा नेपालमा हिन्दू धर्ममाथि प्रहार भएको भन्दै कार्यक्रम संचालनक हमालको चर्को विरोध भइरहेको छ ।

सामाजिक संजालमा हमालको चर्को विरोध भइरहेका बेला मंगलबार राष्ट्रिय एकता अभियानको अगुवाइमा काठमाडौंको भीमसेनगोलामा हिन्दू समर्थकहरुले उनको पुत्ला लजाएका छन् । पुत्ला जलाएका दृश्यहरु अहिले सामाजिक संजालमा भाइरल बनिरहेका छन् ।

कार्यक्रममा विभिन्न क्षेत्रमा अतिथिहरुले नेपालमा भइरहेको जातीय विभेद र छुवाछुतका बारेमा आफ्नो धारणा राख्दै आएका थिए । कार्यक्रमको चर्को विरोध भएसँगै निर्माता समता फाउन्डेसनले एक विज्ञप्ति जारी गर्दै कार्यक्रमले कुनै निश्चित जात, धर्म, लिंग तथा क्षेत्रप्रति पूर्वाग्रह नराखेको दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *