असोज ७ काठमाडौं । भदौ १७ गतेदेखि बन्द रहेको रसुवागढी नाका बिहीबारदेखि खुल्ने भएको छ।
रसुवागढीस्थित भन्सार कार्यालयका अनुसार बुधबार एक कन्टेनर आएकोले बिहीबारदेखि दैनिक ५ वटा कन्टेनर सामान आयात हुने भएको हो।
नेपाली कामदारमा कारोना संक्रमण देखिएपछि नाका २०दिनदेखि बन्द रहेको थियो।
