असोज ७ काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६३७ कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० कोरोना संक्रमित थपिएका छन् । आज (बुधबार) नेपालमा कोरोना संक्रमण पुष्टि भएका एक हजार २७४ जनामध्ये काठमाडौं उपत्यकाका ६३७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
जस अनुसार काठमाडौंमा १६८ महिला र ३२४ पुरुष, भक्तपुरमा ४७ महिला र ४८ पुरुष, ललितपुरमा २६ महिला र २४ पुरुषमा कोरोना संक्रमण देखिएको छ । मंगलबार काठमाडौंमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ गरी ६४७ कोरोना संक्रमित थपिएका थिए ।
सोमबार काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ गरी उपत्यकामा ६७४ कोरोना संक्रमित थपिएका छन् । आइतबार काठमाडौंमा ६०२ , भक्तपुरमा १०१ र ललितपुरमा ६४ गरी उपत्यकामा ७६७ कोरोना संक्रमित थपिएका थिए । शनिबार काठमाडौंमा पाँच सय ७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना गरी ७११ कोरोना संक्रमित देखिएका थिए ।
नेपालमा पछिल्लो २४ घण्टामा थपिएका हजार १७४ जनासहित नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८०६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
आज बुधबार थप एक हजार ८९३ जना संक्रमित उपचारपछि निको भएका छन् । हालसम्म ४९ हजार ९५४ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ४४९ जनाको पिसिआर परीक्षण भएको छ ।
