असोज ४ काठमाडौँ । कोरोना कहरको त्रासले बन्द गरिएको हिन्दुहरुको आस्थाको धरोहर पशुपतिनाथ मन्दिरमा लामो समयदेखि स्थगन गरिएको पूजाआजको काम अब सुचारु गरिने भएको छ ।कोरोनाको नेपालमा संक्रमण नै सुरु नहुँदै डरै डरमा बन्द गरिएको मन्दिर अहिले काठमाडौँ उपत्यकामा दैनिक ७ सय बढी संक्रमित फेला परेका बेला दर्शन खुला गर्ने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कोषका अनुसार दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपतिनाथ मन्दिर खुला गर्ने तयारी गरिएको छ । अब मन्दिर दुईरदुई मिटरको भौतिक दूरी कायम गर्दै दर्शन गर्न पाउने व्यवस्था गर्ने तयारी गरिएको छ ।
महामारीको यो समयमा भने पश्चिमद्वार हुँदै भुवनेश्वरीबाट प्रवेश गराउने तयारी गरिएको कोषले जनाएको छ । कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडाका अनुसार यो महामारीको समयमा मन्दिरभित्र प्रवेश गरेपछि पूरै परिक्रममा गर्ने छुट भने छैन ।दर्शनार्थीले दुरी कायम गरे मुल ढोकाबाट नै दर्शन गरी लामो समय नलगाई तत्कालै फर्किनुपर्नेछ ।
