शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

आइतबार सुनको मुल्य स्थिर

असोज ४ काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मुल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार पनि सुनको मूल्य शुक्रबारकै बराबर रहेको छ ।बजारमा छापावाल सुनको मूल्य ९७ हजार रुपैयाँ तथा तेजाबी सुनको मूल्य ९६ हजार ५ सय तोकिएको छ ।

चाँदीको मूल्य भने तोलाको १५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १ हजार ३३० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार ३१५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *