भरतपुर महानगरपालिकाले केहीदिन अघि भरतपुर १ मा आइसोलेसन स्थापना गरेको छ ।७५ शय्याको उक्त आइसोलेसन हालका लागि पर्याप्त रहेको र आवश्यक परेको खण्डमा तत्कालै सोही स्थानमा थप गर्न सकिने भरतपुर महानगर प्रमुख मेयर रेनु दाहालले बताइन् ।
दुई सय शय्या सम्म थप्न सकिने उनको भनाइ छ । केहीदिन अघि भएको महानगरको ४६ औं पूर्ण बोर्ड बैठक कोरोना महामारीमा केन्द्रित रही आयोजना गरिएको थियो ।
भर्चुअल विधिबाट आयोजना गरिएको उक्त बैठकमा बोल्दै मेयर दाहालले महानगरबासीको स्वास्थ्य सुरक्षाको विषय महत्वपूर्ण भएकाले यसका लागि महानगरले कुनै पनि कसर बाँकी नराख्ने बताइन् । साथै उनले महामारीवीच काम गर्नका लागि महानगर टिम सशक्त लागि परेको बताइन् ।
बोर्ड बैठकले भरतपुर महानगर कोभिड १९ आइसोलेसन केन्द्र संचालन कार्यविधि पारित गरेको उनले बताइन् । आपुर्वेदिक र प्राकृतिक विधि अनुसार संक्रमितको उपचार चिकित्सालयमा थालिएको छ ।
