शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

चीनको दाबी भारतीय सैनिकले एलएसीमा गोली चलाए

भदाै २३ काठमाडाैं । सोमबार एलएसीमा तैनाथ भारतीय सैनिकले एकपटक पुनः गैरकानूनी तरिकाले वास्तविक सीमा रेखा पार गरेको र चीन सीमामा तैनाथ सैनिकमाथि चेतावनी स्वरुप गोली (वार्निङ शट्स) चलाएको चीनले आरोप लगाएको छ ।

चीनका अनुसार चिनियाँ सैनिक कुराकानी गर्ने योजनामा थिए । यसबारे भारतको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।

चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले चिनियाँ सेनाका एक प्रवक्तालाई उद्धृत गर्दै स्थितीलाई स्थिर राख्नका लागि चिनियाँ सैनिकले बाध्य भएर जवाफी कारवाही गर्नुपरेको जानकारी दिएको छ ।

भारतीय समाचार एजेन्सी एएनआईले पनि एलएसीमाथि पूर्वी लद्दाखमा गोलीबारी भएको जानकारी दिएको छ ।  चिनियाँ सेनाका प्रवक्ता वरिष्ठ कर्नल जांग शियूलीले एक बयान जारी गर्दै भने, ‘भारतीय सैनिकले भारत–चीन सीमाको पश्चिमी हिस्सामा एलएसी पार गरे र पंन्गोंग त्यो लेकको दक्षिणी किनारा नजिकै शेनपाओ पहाठको इलाकामा प्रवेश गरे ।’

बयानका अनुसार भारतीय सेनाको यो कदमले दुबै पक्षबीच जुन सहमति बनेको थियो, यो त्यसको गम्भीर उल्लंघन हो र यसले इलाकामा तनाव बढाइदिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *